५ आश्विन २०८१ शनिबार
image/svg+xml

मुख्यमन्त्री शाही र स्विटजरल्याण्डका राजदूतबीच भेट: कर्णालीका द्वन्द्वपीडित बारे चासो

कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीसँग नेपालका लागि स्विटजरल्याण्डका राजदूत एलिजाबेथ भोन क्यापलरले शिष्टाचार भेट गरेकी छन्।

जीर्ण सडकले यात्रुलाई बर्खामा झन् समस्या

कर्णाली राजमार्ग अन्तर्गत प्रदेश राजधानी वीरेन्द्रनगरदेखि मुगु जिल्लाको सदरमुकाम गमगढीसम्मको दूरी २९४ किलोमिटर हो।

ग्लोबल आइएमई बैंक अब ७७ वटै जिल्लामा

ग्लोबल आइएमई बैंक लिमिटेडले कर्णाली प्रदेशको डोल्पा जिल्ला ठूलीभेरी नगरपालिका–३, दुनै बजारमा २८९औँ नयाँ शाखा कार्यालय संचालनमा ल्याएको छ।

कर्णाली प्रदेश सभामा एमालेकाे अवरोध जारी

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले कर्णाली प्रदेशसभाको दशौं अधिवेशनको १८औँ बैठक अवरोध गरेयता प्रदेशसभा बैठक सुचारु हुन् सकेको छैन्।

'कानून निर्माणमा संघीय सरकारले सहयोग गरेन'

प्रदेश सभा सचिवहरुले प्रदेश संसदलाई आवश्यक कानून निर्माण गर्ने अधिकार भएपनि संघीय सरकारले असहयोग गरेको गुनासो गरेका छन्।

'जलवायु परिवर्तको सबैभन्दा बढी असर महिलालाई'

प्रदेश सांसदहरुले नेपालमा जलवायु परिवर्तनको असर डरलाग्दो बन्दै गएको भन्दै सचेत हुनुपर्ने बेला आएको बताएका छन्।

बागलुङका पुनले जिते काँक्रेविहार म्याराथनको उपाधि

प्रथम काँक्रेविहार खुला पुरुष हाफ म्याराथनको उपाधि बागलुङका तिर्थकुमार पुनले चुमेका छन्। ‘कर्णाली दौडिन्छ’ भन्ने नाराका साथ पहिलो पटक प्रदेश राजधानी वीरेन्द्रनगरमा आयोजना गरिएको प्रतियोगितामा एक हजार प्रतियोगीलाई उछिन्दै पुनले उपाधि चुमेका हुन्।

सुर्खेतमा पेट्रोल अभाव

कर्णाली प्रदेशको राजधानी सुर्खेतमा पेट्रोल अभाव अँझै हट्न सकेको छैन। भारतीय नाकाबाट तेल नआउँदा ५ दिनदेखि पेट्रोलको अभाव भएको हो।

अधुरा योजना सम्पन्न गर्ने बजेट

कर्णाली प्रदेश सरकारले अधुरा योजना सम्पन्न गर्ने गरी आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गरेको छ। प्रदेश सरकारले बजेटमा १३२ वटा क्रमागत योजना, अघिल्ला वर्षमा काम सुरु भएका तर बजेट अभावले पूरा हुन नसकेका योजनालाई प्राथमिकता दिएको छ।

कर्णाली प्रदेश: प्रतिव्यक्ति आय ९६४ अमेरिकी डलर पुग्ने अनुमान

आर्थिक वर्ष २०७८/०७९ मा कर्णालीको कुल राष्ट्रिय गार्हस्थ्य उत्पादनको वृद्धिदर उपभोक्ताको मूल्यका आधारमा ५.८४ प्रतिशत र आर्थिक वृद्धिदर ५.४९ प्रतिशत रहने अनुमान प्रदेश सरकारको छ।

माथिल्लो कर्णाली जलविद्युत् परियोजनाको म्याद थप गर्न सिफारिस

लगानी बोर्डको ५१ औं बैंठकले ९ सय मेगावाट क्षमताको माथिल्लो कर्णाली जलविद्युत् परियोजनाको वित्तीय व्यवस्थापन २४ महिनाभित्र गर्ने शर्तसहित म्याद थप गर्न मन्त्रिपरिषद्मा सिफारिस गर्ने निर्णय गरेको छ।

कर्णाली प्रदेशः ‘६ ब’ केन्द्रित नीति–कार्यक्रम

कर्णाली प्रदेश सरकारले ‘६ ब’ बाटो, विजुली, बजार, वन, व्यवस्थापन र विचारलाई केन्द्रमा राखेर नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ। ठूलो भूगोल र कम जनसंख्या भएको कर्णालीका नागरिकहरुको सहज यातायातको पहुँचका लागि सडकलाई प्रदेश सरकारले प्राथमिकता दिएको छ।

फुकोट–कर्णाली जलविद्युत आयोजनाको इआइए प्रतिवेदन अन्तिम चरणमा

विद्युत उत्पादन कम्पनीले ईआइए प्रतिवेदन स्वीकृतिका लागि करिब एक महिनाअघि ऊर्जा मन्त्रालय पठाएको हो। ऊर्जाले वन तथा वातावरण मन्त्रालयमा स्वीकृतिका लागि पठाउने छ । वन मन्त्रालयले स्वीकृति दिएपछि प्रतिवेदनले अन्तिम रूप पाउने छ।

कर्णाली नदीको धार परिवर्तन गरेर बाढी पूर्व तयारी

कर्णाली नदीमा लगातार आइरहेको बाढीको जोखिम टार्न प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद वास्तोलाको पहलमा कर्णाली नदीको धारलाई पश्चिम तर्फ फर्काउँन सुरु गरिएको छ।

समाजवाद उन्मुख अर्थतन्त्र निर्माणमा जोड

कर्णाली प्रदेशका प्रदेश प्रमुख तिलक परियारले संघीय लोकतान्त्रिक गणतन्त्र घोषणापछि उल्लेख्य उपलब्धी प्राप्त भएको बताउँदै अब देशलाई समाजवाद उन्मुख अर्थतन्त्रतर्फ अघाडि बढाउनुपर्ने बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्