१६ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

कर्णाली नदीको धार परिवर्तन गरेर बाढी पूर्व तयारी

कर्णाली नदीमा भएको बहावको धार परिवर्तन।

कर्णाली नदीमा लगातार आइरहेको बाढीको जोखिम टार्न प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद वास्तोलाको पहलमा कर्णाली नदीको धारलाई पश्चिम तर्फ फर्काउँन सुरु गरिएको छ। गत वर्षको बाढीबाट स्ल्याप र पिलर क्षति पुगेपछि पश्चिम तर्फ धार परिवर्तन गरेर जोखिम न्यून गर्न प्रयास थालिएको हो।

धार परिवर्तन गरेर अघिल्लो वर्ष बाढीबाट पुगेको क्षति रोक्न र पुलका पिलर सुरक्षित गर्नका लागि नदीको मूख्य बहाव फर्काउँने काम भइरहेको छ। जसले गर्दा पुल र वस्तीमा बाढीको धार बस्ती छिर्न रोकथाप गर्ने प्राविधिकको भनाइ छ। हुलाकी सडक आयोजनाका समन्वयमा बर्दियाको राजापुर र कैलालीका टिकापुर नगरपालिका जोड्ने सत्तिघाट पुललाई थप क्षति पुग्न नसक्ने प्राविधिकको भनाइ छ।

बर्खा अगावै नदीको ठाउँ-ठाउँबाट च्यानल परिवर्तन गरेर जोखिम न्यूनकरण प्रयास सुरु गरिएको प्रमुख जिल्ला अधिकारी वास्तोलाले बताए। ‘कर्णाली नदीको बहाव रोक्न सबै ठाउँमा सम्भव देखिदैन, त्यसका लागि पक्की तठबन्ध हुनु पर्छ, उनले भने पूर्वी र पश्चीम नेपाल जोड्ने सत्ति घाट पुल र थप क्षति रोक्ने प्रयास मात्र हो।’

कर्णाली नदी नियन्त्रणका स्थापना गरेको कर्णाली नदी व्यवस्थापन आयोजनाको काम कछुवा गतिमा भइरहँदा बाढीबाट राजापुरको भवराटप्पा जोखिममा रहेको छ। कर्णाली नदीको गेरुवा भंगालोबाट धार परिवर्तन गरेर कैलाली र बर्दिया जिल्ला सीमा क्षेत्रबाट कर्णाली नदी सोझिदा गेरुवा गाउँपालिका र राजापुर नगरपालिका वस्तीबाट सयौं घर धुरी बर्सेनि विस्थापित हुन बाध्य छन्।

गत वर्ष कर्णाली नदीमा आएको बाढीबाट सत्तिघाट स्लाप भत्किदा पुल भत्किने जोखिम बढेको छ। टिहुनी र दौलतपुरमा बाढीले ड्याम भत्काएर लगिसकेको छ। एकतर्फी रुपमा बग्ने नदीको बहावका कारण कर्णाली नदी व्यवस्थापन निर्माण गरेको तटबन्ध ठाउँमा ठाउँमा भत्काएको छ।

पाँच वर्ष भित्रमा ४३ किलोमिटर तटबन्ध निर्माण गरेर कृषि योग्य जग्गा र बस्ती सुरक्षित गर्न स्थापित आयोजनामा राजनितिक पहुचको आधारमा सरुवा हुने कर्मचारी र नेताको प्रत्यक्ष हस्तक्षप भएका कारण अझैसम्म ७० प्रतिशत काम पुरानै अवस्थामा छ। २०७१ साल अघि स्थापना भएको कर्णाली विकास आयोजनामा बजेट अभाव नाममा आयोजना देखाएको प्रगति अवस्था नाजुक छ।

चारैतिर कर्णालि नदिले घेरेको राजापुर क्षेत्र अन्न उत्पादन हुने प्रसिद्धि कमाएको क्षेत्र हो। एक सिजनमा ८ लाख क्विन्टल धान उत्पादन हुने गरेको कृषि कार्यालयमा तथ्याकं छ। तटबन्धन निर्माणले सिजनमा उत्पादक बढ्ने दाबी गरेको आयोजना बजेट बालुवामा पानी हाले सरह भएको छ।

प्रकाशित: २१ जेष्ठ २०७९ १२:२३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App