५ आश्विन २०८१ शनिबार
image/svg+xml

जसले स्वतन्त्र उम्मेदवारी दिएर जिते

कर्णालीका चार पालिका प्रमुखमा स्वतन्त्र उम्मेदवारले चुनाव जितेका छन्। स्वतन्त्र उम्मेदवारहरु विजयी भएसंगै जनताहरुमा आशा भरोसा बढेको देखिन्छ।

कर्णालीका २२ पालिकामा कोको विजयी?

कर्णालीका २२ पालिकाको मत परिणाम सार्वजनिक भएको छ। उक्त मत परिणामअनुसार नेपाली काँग्रेस सबैभन्दा आगाडि छ।

कर्णालीका तीन मतदान केन्द्रमा मतदान हुँदै

विवादका कारण बैशाख ३० गते निर्वाचन सम्पन्न हुन नसकेका कर्णालीका तीन वटा केन्द्रमा मतदान भइरहेको छ। कालिकोटको रास्कोट नगरपालिका र पचालझरना तथा जुम्लाको गुठीचौर गाउँपालिकाको एक मतदान केन्द्रमा अहिले मतदान भइरहेको छ।

कर्णालीको पर्यटन क्षेत्रबाट ४८ लाख राजस्व संकलन

कर्णाली प्रदेशको पर्यटन क्षेत्रबाट रु ४८ लाख राजस्व संकलन भएको छ। यहाँका विभिन्न पर्यटकीयस्थल घुम्न आएका आन्तरिक तथा बाह्य पर्यटकबाट उक्त राजस्व संकलन भएको हो।

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताः पदक जित्नेलाई नगद पुरस्कार

कर्णाली प्रदेश सरकारले नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा पदक प्राप्त गर्ने खेलाडीहरुलाई नगद पुरस्कार दिने घोषणा गरेको छ।

कर्णाली प्रदेशसभाको नवौँ अधिवेशन अन्त्य

कर्णाली प्रदेशसभाको नवौँ अधिवेशन अन्त्य गरिएको छ। प्रदेश प्रमुख तिलक परियारले आज अधिवेशन अन्त्य गरेका हुन्।

बजेट निर्माणमा नागरिकसँग सुझाव

कर्णाली प्रदेश सरकार आर्थिक मामिला तथा योजना मन्त्रालयले आफ्नो वेबसाइटमा बजेट तर्जुमा कार्य प्रारम्भ भएको सूचना गर्दै त्यसलाई सहभागितामूलक बनाउन राय सुझावका लागि सरोकारवाला तथा विज्ञहरूलाई अनुरोध गरेको हो।

कर्णाली प्रदेश सरकारद्वारा सार्वजनिक बिदा थप

सरकारले सार्वजनिक बिदा गरेको निर्णय यही वैशाख ७ गते प्रदेशको राजपत्रमा प्रकाशित गरेको छ। राजपत्रका अनुसार धान दिवसका अवसरमा दुई दिन सार्वजनिक बिदा दिने भएको हो। ऐतिहासिक दिनका रूपमा चैत्र १२ गते जुम्लालाई मात्र र असार १५ गते जुम्लाबाहेक नौ जिल्लामा धान दिवसका अवसरमा बिदा दिने सरकारले निर्णय गरेको छ।

कर्णालीका ७९ वटा पालिकामा उम्मेदवारी दर्ता

कर्णालीका ७९ वटा स्थानीय तहमा नेपाली काँग्रेस, नेकपा एमाले, माओवादी केन्द्र, एकिकृत समाजवादी, राप्रपा नेपाल, राप्रपा र स्वतन्त्र उम्मेदवारले नगर तथा गाउँपालिका प्रमुखका लागि सोमवार तोकिएको अन्तिम समयसिमामा आफ्नो उम्मेदवारी दर्ता गराएका छन्।

अधिकार बाँडफाँटमा अन्योल

संघ र प्रदेशबीचको सम्बन्ध सुमधुर बनाउन अन्तर प्रदेश परिषद्को बैठक नियमित बसी अधिकार बाँडफाँटलगायत काम हुन नसकेको उनी बताउँछन्। म प्रदेश सरकारमा हुँदा यसबारे आवाज उठाउँथें र बैठक बस्थे, अहिलेको सरकारले त्यसो गर्न छाडेको छ,’ उनले भने। संघीयताको व्यवस्थित कार्यान्वयनका लागि परिषद्को बैठक नियमित बस्न आवश्यक रहेको गुरुङ बताउँछन्।

भूगोलसँगै जनसंख्यालाई आधार मानेर बजेट छुट्याइनुपर्छः मुख्यमन्त्री शाही

कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले जनसंख्याको आधारमा बजेट विनियोजन हुँदासम्म कर्णालीको विकास र समृद्धि संभव नभएको बताएका छन्।

कर्णालीमा उम्मेदवार छान्नै सकस

गठबन्धनबाट जित्ने निश्चित भएका स्थानीय पालिकाहरुमा आकांक्षी बढी देखिएका हुन्। आकांक्षी बढी हुँदा उम्मेदवार छान्न पालिकामा रहेका पार्टी कमिटिहरुलाई हम्मेहम्मे परेको हो। जसका कारण कर्णालीका अधिकाँस ठाउँमा पालिकाले जिल्लामा उम्मेदवारको नाम सिफारिस गरेको छ।

कर्णाली मन्त्रिपरिषद् बैठकः जगदुल्ला र अपर पराजुली खोलामा शेयर लगानी गर्ने निर्णय

कर्णाली प्रदेश सरकारले डोल्पामा निर्माण हुन लागेको जगदुल्ला र दैलेखको अपर पराजुली खोला जलविद्युत् आयोजनामा शेयर लगानी गर्ने निर्णय गरेको छ।

हुम्लासहित कर्णालीका जिल्लामा हवाई उडान ठप्प

हुम्लासहित कर्णाली प्रदेशका उच्च हिमाली जिल्लामा केही दिनयता हवाई उडान हुन सकिरहेको छैन्।

कर्णालीमा ६९ प्रतिशतलाई कोरोना खोपको दोस्रो मात्रा

कर्णाली प्रदेशमा ६९ प्रतिशतले कोरोना भाइरसविरुद्ध खोपको दोस्रो मात्रा लगाएका छन्। प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार नौ लाख ७३ हजार ६४८ जनाले खोपको दोस्रो मात्रा लगाएका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्