१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

समाजवाद उन्मुख अर्थतन्त्र निर्माणमा जोड

कर्णाली प्रदेशका प्रदेश प्रमुख तिलक परियारले संघीय लोकतान्त्रिक गणतन्त्र घोषणापछि उल्लेख्य उपलब्धी प्राप्त भएको बताउँदै अब देशलाई समाजवाद उन्मुख अर्थतन्त्रतर्फ अघाडि बढाउनुपर्ने बताएका छन्।

१५औं गणतन्त्र दिवसको अवसरमा कर्णाली प्रदेश सरकारले आयोजना गरेको कार्यक्रममा प्रदेश प्रमुख परियारले संघीयता, गणतन्त्र, धर्मनिरपेक्षाता र समानुपातिक समावेशीता नेपाली जनमानसमा मानसिक र भौतिक रुपले संस्थागत भएको बताए।

‘नेपालको संविधानले सार्वभौमसत्ता र राजकीय सत्ता नेपाली जनतामा निहित गरेको छ,’ प्रदेश प्रमुख परियारले भने, ‘यस प्रकारको प्राप्त अधिकार र उपलब्धीको रक्षा, प्रयोग र थप विकास गर्दै समाजवाद उन्मुख अर्थतन्त्र निर्माण गर्ने प्रेरणा गणतन्त्र दिवसले प्राप्त गरोस्।’

कार्यक्रममा मुख्यमन्त्री जीवनबहादुर शाहीले संघीय लोकतान्त्रिक गणतन्त्र उन्नत र आधुनिक व्यवस्था भएको बताए। ‘समय सापेक्ष जनताको आवश्यकता र चाहना अनुसार यसलाई सुदृढ गर्दै लैजानुपर्छ,’ मुख्यमन्त्री शाहीले भने, ‘जनताको इच्छा, आकांक्षा र चाहनालाई तीन तहका सरकारले प्रभावकारी रुपमा सम्बोधन गर्न आवश्यक छ।’

मुख्यमन्त्री शाहीले संघीय लोकतान्त्रिक गणतन्त्रामक शासन व्यवस्थामा व्यक्ति सबैभन्दा महत्वपूर्ण हुने बताए। उनले कर्णाली, भेरी, तीला नदी प्रदेशभित्र बग्नु र हामी अँध्यारोमा बस्नुको दोष अरूलाई दिन नहुने बताए। ‘यो प्रदेशभित्र कर्णाली, भेरी र तीला नदी बग्नु र हामी अँध्यारोमा बस्नुको दोष अरुलाई दिन मिल्दैन्,’ उनले भने, ‘यसका दोषि हामीनै हौं।’

कर्णालीको अथाह प्राकृतिक सम्पदा हुँदा पनि गरिबीको बिल्ला भिर्नुपरेको यथार्थलाई चित्रण गर्दै आगामी दिनमा यसको सर्वागिंण विकासका लागि एकजुट हुनुपर्ने धारणा व्यक्त गरे। सभामुख राजबहादुर शाहीले मुलुकको शासन व्यवस्थाबाट जनताले समृद्धिको अपेक्षा गरेको बताए। ‘विकसित मुलुकमा भएको विकास बमोजिम जनताका अपेक्षा बढेका छन्,’ उनले भने, ‘यि अपेक्षा पूरा गर्नु तीन तहका सरकारदेखि नागरिक तहसम्म सचेत भएर जिम्मेवारी वहन गर्न सक्नुपर्छ।’

प्रकाशित: १५ जेष्ठ २०७९ ११:३१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App