४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

नदीहरूको निरर्थक दोहन

नेपालमा उत्पादित बिजुली नेपालमा नै खपत नगरेर भारत निकासी गर्दा नेपालको अर्थतन्त्रलाई प्रतियुनिट ७४ देखि ७९ सेन्टसम्म घाटा हुन्छ।

कोठियाघाट नयाँ गन्तव्य

कर्णाली नदीको तीर कोठियाघाट शीतल छ। कोठियाघाटमा शनिबार बढी भिड हुन्छ। पछिल्लो समय संघसंस्थाले तालिम वा गोष्ठी गर्ने थलो बनेको छ कोठियाघाट।

कर्णाली राजमार्ग: दुई लेनको सडक यात्रा अधुरै

सुर्खेत बांगेसिमलबाट जुम्ला जोड्ने यो राजमार्गको लम्बाइ दुई सय ३२ किलोमिटर रहेको छ। यो राजमार्गलाई कर्णाली लोकमार्गको नामले पनि चिन्ने गरिन्छ।

कर्णाली प्रदेश: मन्त्रालय घटाइयो, मन्त्रीको संख्या पुरानै

दुई पार्टीबीचको सहमति अनुसार मन्त्रालय घटाएर पनि मन्त्रीको संख्या आठ पुर्‍याइएकोमा सत्ता साझेदार दल नेकपा एमाले असन्तुष्ट बनेको छ। एमाले स्थायी किमटी सदस्य एवम् संसदीय दलका नेता यामलाल कँडेल दुई पार्टीबीच सहमति कार्यान्वयन गर्ने दायित्व सरकारको नेतृत्व गरेको पार्टीको भएको बताउँछन्।

कर्णालीमा मन्त्री परिषद्ले पूर्णता पायो

कर्णाली प्रदेश सरकारले पूर्णता पाएको छ। बुधवार साँझ कर्णाली प्रदेश सरकारले मन्त्री मण्डललाई पूर्णता दिएको हो।

पहिरोका कारण कर्णाली राजमार्ग अवरुद्ध

कर्णाली राजमार्ग सडकखण्ड अन्तर्गत कालिकोटको तिलागुफा नगरपालिका - ४ राचुलीस्थित बर्षातका कारण पहिरो जाँदा अवरुद्ध सडक अवरुद्ध भएको जुम्लाका डिएसपी नरेन्द्र चन्दले बताए।

कर्णाली प्रदेश: सत्तारुढ दलबीच मन्त्रालय भागबण्डा टुंगियो

सत्तारुढ दल नेकपा माओवादी केन्द्र र नेकपा एमालेबीच मन्त्रालय भागबण्डा टुंगो लागेको छ। तीन दिनसम्मको लगातार छलफलपछि दुई दलबीच मन्त्रालयको भागबण्डा टुंगिएको हो।

समृद्धिको यात्रामा कर्णाली करिडोर

कर्णाली करिडोर खुलेमा राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको एक मात्रै जिल्ला हुम्ला जोडिने छ। यो राजमार्ग चीनको सिमाना जोडिएको हुम्लाको हिल्सादेखि बाँकेको भारतसँग सिमाना जोडिएको जमुनाह नाकासम्म विस्तार हुनेछ।

कर्णालीका मुख्यमन्त्री शर्मा विश्वासको मत लिँदै

प्रदेशसभाको दोस्रो कार्यकालको पहिलो अधिवेशनको छैटौं बैठकबाट उनले विश्वासको मत लिन लागेका हुन्।

सर्वाेच्चको आदेशपछि विद्युत् व्यापार सम्झौता अलपत्र

सर्वाेच्च अदालतका न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलासले कात्तिक १७ गते भारतीय कम्पनी जिएमआरलाई मन्त्रीपरिषद्को बैठकले थप दुई वर्ष समयावधि थप गरिएको विषय कार्यान्वयन नगर्न भन्दै अन्तरिम आदेश जारी गरेका थिए।

कर्णालीका विना विभागीय मन्त्रीः एक जना होटलमा, एक आफन्तको शरणमा

मुख्यमन्त्री नियुक्त भएकै दिन राजकुमार शर्मा मुख्यमन्त्रीको निवासमा सरेका थिए। उनीसँगै विना विभागीय मन्त्री बनेका मंगल शाही वीरेन्द्रनगरको एक होटलमा बसिरहेका छन् भने अर्का विनोद शाह आफन्तको घरमा छन्।

तिला–कर्णाली हाइड्रो पावर १२ वर्षदेखि अलपत्र

निर्माणको जिम्मा पाएको एसी पावर कम्पनीले २०६७ साल चैतमा सरकारसँग सम्झौता गरेको थियो। सम्झौता गरेको १२ वर्ष पुग्दासमेत तिला कर्णाली जलविद्युत् आयोजना अझैसम्म कम्पनीकै कब्जामा रहेको हो।

माघी हिमाल, पहाड र तराई जोड्ने मौलिक पर्वः प्रदेश प्रमुख परियार

प्रदेश प्रमुख परियारले माघी सबै भेग, क्षेत्रको सांस्कृतिक र भाइराचार सम्बन्ध कायम गर्ने विशिष्ट पहिचान बोकेको पर्व भएको उल्लेख गरेका छन्।

अझै साक्षर घोषणा हुन सकेन कर्णाली

आव २०७५-७६ को नीति तथा कार्यक्रममा तीन वर्षभित्र कर्णाली प्रदेशलाई साक्षर घोषणा गर्ने भनिएको थियो।

कर्णालीका विद्यालयमा सधैं पुस्तक अभाव

कर्णाली प्रदेशका विद्यालय तहका पुस्तक व्यवसायी चालु शैक्षिक सत्रकै पाठ्यपुस्तक कर्णालीमा नपुगेको गुनासो लिएर मंगलबार भक्तपुर, सानोठिमीस्थित जनक शिक्षा सामग्री केन्द्रमा आए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्