१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

कोठियाघाट नयाँ गन्तव्य

कर्णाली नदीको तीर कोठियाघाट शीतल छ। कोठियाघाटमा शनिबार बढी भिड हुन्छ। पछिल्लो समय संघसंस्थाले तालिम वा गोष्ठी गर्ने थलो बनेको छ कोठियाघाट। यो पिकनिक खाने थलो पनि बनेको छ। व्यस्त दैनिकीबाट छुट्कारा पाउन प्रायः कोठियाघाट पुग्छन्। परिवारसहित कोठियाघाट जान मन पराउनेको सङ्ख्या अधिक छ।  

कर्णाली नदीको गेरुवा भँगालोमा एक किलोमिटर लामो पक्की पुल छ। देशकै लामो यो पुलको लम्बाइ एक हजार १५ मिटर छ। हुलाकी पक्की सडक जोडिएको कोठियाघाट पुग्न सहज भइसकेको छ। कोठियाघाटवारी र पारी गरी ५० ओटा रेस्टुरेन्ट छन्। कोठियाघाटमा पुल बनेसँगै होटल चल्न थालेका छन्।

मिठो खाना पाइने भएकाले पनि मुलुकका कतिपय ठाउँ चर्चित छन्। त्यस्तै एउटा सुन्दर गन्तव्य बनेको छ कोठियाघाट। बाँकेबाट सुदुरपश्चिम यात्रा तय गर्ने सबै कोठियाघाटमा रोकिन्छन्। हुलाकी राजमार्ग पक्की भएसँगै कोठियाघाटमा खाना खाएर टीकापुर पार्क घुम्छन्। स्वाद फेर्ने मनहरू माछाको स्वादमा भुल्छन्। लोकल माछाका पारखी त्यहीं पुग्छन्। झिँगा, बाम, परनी मिठा माछामध्येमा पर्छन्। कोठियाघाट पुग्नेको पहिलो रोजाइमा महासेरको माछाको स्वाद पर्छ। महासेर माछाको झोलको स्वाद ओठै टोक्ने खालको हुने चर्चा गरिन्छ। पाँच केजीदेखि ३० केजीसम्म महासेर माछाको  

तौल हुन्छ। काँडा कम हुने महासेर माछाको स्वाद बेग्लै हुन्छ। महासेर खानका लागि विशिष्ट पाहुना कोठियाघाट पुग्छन्। परिवारका सदस्य मिलेर चलाएका होटलमा पारिवारिक वातावरण पाइन्छ। लोकल माछाको स्वाद पाइने कोठियाघाट रमणीय छ। कोठियाघाटको पुलबाट वन्यजन्तु अवलोकन गर्न सकिन्छ। हात्ती, गैंडा नदीबीचको नर्सरीमा बस्न थालेका छन्। सधैं शीतल हुने र मिठो स्वाद पाइने भएकाले बाँके र कैलालीका मानिस बारबार त्यहाँ पुग्छन्। लोकल कुखुराको झोलसहितको खाना सस्तो पनि छ। कोठियाघाटमा पुल र माछा बेचेर मात्र नपुग्ने देखिन्छ। कोठियाघाटमा स्तरीय होटलको आवश्यकता महसुसका साथ राम्रा होटल खुलिसकेका छन्। राजापुर क्षेत्रमा थारु समुदायको बाहुल्य रहेको छ। थारु सस्कृतिका गतिविधिलाई पर्यटनसँग जोड्दा सकारात्मक सन्देश जाने बुझाइ छ।  

राजापुरमा रहेको गणेशबाबा मन्दिर धार्मिक हिसाबले महŒवपूर्ण मानिन्छ। कोठियाघाट–पुल समृद्धिको सेतु बनेको छ। थारु संस्कृतिलाई पर्यटन व्यवसायसँगै अघि लैजानुपर्ने हुन्छ। त्यहाँ तीन हजार रूपैयाँको प्याकेजमा होटल बस्न पाइन्छ। प्याकेजमा एक जोडीलाई डिनर, बेड र ब्रेकफास्ट सुविधा हुन्छ। माछा, खाना र लोकल कुखुराको मासु सेटको चार सय रूपैयाँ पर्छ। 

प्रकाशित: १४ माघ २०७९ ०४:०३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App