८ वैशाख २०८१ शनिबार
राजनीति

कर्णालीमा मन्त्री परिषद्ले पूर्णता पायो

कर्णाली प्रदेश सरकारले पूर्णता पाएको छ। बुधवार साँझ कर्णाली प्रदेश सरकारले मन्त्री मण्डललाई पूर्णता दिएको हो।  

पुषको २७ गते कर्णालीका प्रदेशका मुख्यमन्त्री नियूक्त भएका राजकुमार शर्माले बुधवार साँझ ७ सदस्यिय मन्त्री परिषद्लाई पूर्णता दिएका हुन्। मुख्यमन्त्री शर्माले १५ दिनपछि चार जना मन्त्री नियुक्त गरेर आफ्नो प्रदेश सरकारलाई पूर्णता दिएका छन्। यसअघि विना विभागिय दुई जना मन्त्री नियूक्तसंगै शपथ खाईसकेका थिए। नेकपा माओवादी केन्द्रबाट मुख्यमन्त्रीसहित चार र नेकपा एमालेबाट तिन जना गरि ७ जनाको मन्त्रीपरिषद्ले पूर्णता भएको हो। 

मुख्यमन्त्री शर्माले बुधबार थप चार जना सांसदलाई मन्त्रीमा नियुक्त गरेका हुन्। जसमा नेकपा एमालेबाट दुई र माओवादी केन्द्रबाट दुई जना रहेका छन्। नेकपा माओवादी केन्द्रबाट सल्यानका भीमप्रकाश शर्मा र सुर्खेतका कृष्णबहादुर जिसी रहेका छन् भने एमालेबाट मुगुका जितबहादुर मल्ल र जुम्लाका टेकराज पछाई मन्त्रीमा नियुक्त भएका छन्। मन्त्री नियुक्तसंगै शपथ र पदभार समेत ग्रहण गरेका छन्। पुस २८ गते एमालेबाट विना विभागीय मन्त्रीमा दैलेखका विनोदकुमार शाह र माओवादीका मुगुबाट मंगलबहादुर शाही नियूक्त भई शपथ खाईसकेका थिए।  

नेकपा एमालेबाट मन्त्री बन्नेहरुमा दैलेख विनोद कुमार शाह आर्थिक मामिला तथा योजना मन्त्री, जुम्लाका टेकराज पछाई सामाजिक विकास मन्त्री, मुगुका जीतबहादुर मल्ल उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री बनेका छन। यस्तै, नेकपा माओवादी केन्द्रबाट मन्त्री बनेका सुर्खेतका कृष्णबहादुर जिसी आन्तरिक मामिला तथा कानून मन्त्री, मुगुका मंगलबहादुर शाही भौतिक पूर्वाधार, उर्जा तथा जलस्रोत मन्त्री, सल्यानका भिमप्रसाद शर्मा भूमी, व्यवस्था, कृषि तथा सहकारी मन्त्री बनेका छन्। यसअघि मुख्यमन्त्रीसहित ८ मन्त्रालय रहेको थियो। खानेपानी, सिचाइ तथा उर्जा विकास मन्त्रालय भौतिकमा गाँभेर अहिले ७ मन्त्रालय रहेको छ। बुधवार साँझ शपथ ग्रहणसंगै मन्त्रीहरुले मन्त्रालयमा पदभार समेत सम्हालेका छन्।  

प्रकाशित: ११ माघ २०७९ १३:१८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App