५ आश्विन २०८१ शनिबार
image/svg+xml

मधेसमा चुनावी सरगर्मी बढ्यो

मौसम चिसिदै गर्दै प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको महोलमा गर्मी बढ्दो छ। पर्सा जिल्लामा आफ्नो दलको बर्चश्व कायम गर्न चाहेका दलहरुभित्र नै उम्मेदवार बन्न चाहेका आकाँक्षीहरुको माग र दावीहरुले चुनावी सरगर्मी बढेको छ।

कांग्रेस र मधेस

नेपालमा वाम एकता भएपछि प्रजातान्त्रिक शक्तिमा एक प्रकारको त्रास एवं चिन्ता देखिएको छ भने वामहरूमा एक प्रकारको उत्साह छ । २०१५ सालको संसदीय निर्वाचन परिणामबाट कम्युनिस्टहरू लगभग शून्यप्रायः रहे पनि २०४६ सालदेखिको अभ्यासमा नेपाली संसद्मा लगभग ६८ प्रतिशत वाम शक्तिहरू देखापरेका छन् । तर पनि ३२ प्रतिशतकै समर्थकले कांग्रेस ठूलो दल मात्र बन्दै आएको छैन, प्रायः सरकारको नेतृत्व गर्दै आएको छ । यसको एक कारण हो, वाम दलहरूबीच एकता नहुनु।

राजनीतिक ध्रुवीकरणले मधेसवादीलाई फाइदा

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनलाई लक्षित गरेर दलहरूका बीचमा चुनावी गठबन्धन र पार्टी एकीकरणको लहर नै देखिएको छ । एमाले र माओवादी केन्द्रजस्ता ठूला वामपन्थी शक्तिहरू एकातिर चुनावी गठबन्धन गरेर वाम एकताको बाटोमा अघि बढिरहेका छन् भने मधेस केन्द्रित मानिने नेपाल फोरम लोकतान्त्रिक कांग्रेसमै विलय भइसकेको अवस्था छ । लोकतान्त्रिक धारका अन्य दलसमेत कांग्रेससँग सहकार्यका लागि तम्तयार देखिन्छन् ।

फोरम-राजपा तालमेलले मधेसमा उत्साह, आधार क्षेत्र प्रस्ट नहुँदा अलमल

प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनका लागि संघीय समाजवादी फोरम नेपाल र राष्ट्रिय जनता पार्टी नेपालबीच साझा उम्मेदवारी दिने सहमति भएपछि समाजवादी फोरमका केन्द्रीय सदस्य राजकुमार गुप्ताले आफ्नो फेसबुक वालमा लेखे, ‘आजको दिन मधेसका लागि ऐतिहासिक ।’ उनी पार्टीबाट सिरहा निर्वाचन क्षेत्र नं. १ ‘ख’ बाट प्रदेशसभा सदस्यको उम्मेदवारका लागि सिफारिस भएका छन् ।

मधेसका दुईतिहाइ क्षेत्रमा मिलेर उम्मेदवारी

संघीय समाजवादी फोरम, नेपाल र राष्ट्रिय जनता पार्टी, नेपालले तराई–मधेसका २० जिल्लाका दुईतिहाइ निर्वाचन क्षेत्रमा आफूहरूले उम्मेदवारी दिने र बाँकी एकतिहाइ क्षेत्र लोकतान्त्रिक गठबन्धनलाई छाड्ने रणनीति बनाएका छन् ।

मधेसमा सबैलाई जनाउ घन्टी

स्थानीय निर्वाचनका अघिल्ला चरणका मतपरिणाममा पहिलो हुँदै आएको नेकपा (एमाले)ले मधेसमा आफ्नो अग्रता कायम गर्न सकेन । तर मधेसका मतदाताले चुनावी मैदानमा ओर्लिएका सबै दललाई पाठ पढाएका छन् । एमाले मात्र अपवाद भएको छैन ।

कांग्रेस खुम्चिँदै, मधेस केन्द्रित दल प्रभाव बढाउँदै

तेस्रो चरणको स्थानीय तह निर्वाचनमा मधेस केन्द्रित दलहरू उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम नेपाल र महन्थ ठाकुर नेतृत्वको राष्ट्रिय जनता पार्टी नेपालले आफ्नो प्रभाव र पकड कायम गरेका छन् । ती मधेस केन्द्रित दलले वर्चस्व कायम गर्दा प्रदेश नम्बर २ मा परम्परागत शक्ति मानिँदै आएको कांग्रेसको स्थिति कमजोर हुँदै गएको तथ्यांकले देखाएको छ ।

सुनेको मधेस, देखेको मधेस

‘हामी कुन धारणा लिएर मधेस आएका थियौँ, मधेसमा यस्तो हुन्छ, उस्तो हुन्छ, कति झगडा पर्ने हो, के हुने हो ? हामीलाई के नजरले हेर्लान् ? तर, मधेस र मधेसीहरू यति अनुशासित, यति सौम्य देख्यौँ कि हाम्रो धारणा बदलिएको छ ।’ काडमाडौँबाट खटिएका ती प्रहरीले यसो भनेथे ।

सहरमा मधेसवादी, गाउँमा कांग्रेस–एमालेकै प्रभाव

प्रदेश नम्बर २ को मुख्य सहर हो जनकपुर । विभिन्न चरणमा भएका मधेस आन्दोलनलाई ‘ब्याकअप’ दिने जनकपुरले मधेस राजनीतिलाई नयाँ दिशा दिँदैछ ।

मधेसमा राजपाले खाता खोल्यो, हंसपुरको मेयर-उपमेयरमा विजयी

धनुषाको हंसपुर नगरपालिकामा मेयर र उपमेयर दुवै पदमा राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका उम्मेदवार क्रमशः रामज्ञान मण्डल र रेणुदेवी झा विजयी भएका छन्। मेयरमा मण्डलले ३ हजार ३ सय २० र उपमेयरमा झाले ३ हजार २ सय ७६ मत प्राप्त गरेका छन्। मण्डलका निकटतम प्रतिद्वन्दी नेपाली काँग्रेसका प्रदिपकुमार यादवले ३ हजार २ सय २९ र उपमेयर झाकी निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसकै रामकुमारी कामतले ३ हजार २७ मत पाएकी छन्।

समृद्ध मधेसको अपेक्षा

प्रदेश २ मा सोमबार सम्पन्न स्थानीय तह चुनावमा ७७ प्रतिशतभन्दा बढी मत खसेको निर्वाचन आयोगको तथ्यांक छ । आयोगले मतदान उत्साहपूर्ण रुपमा सम्पन्न भएको जनाएको छ । तीनतीनपटक सरेर भएको चुनावमा मतदाताको सहभागिता उत्साहजनक रहेको यो तथ्यांकले पुष्टि गर्छ।

मधेस : स्वदेश कि परदेश ?

देशभर कम्प्युटरको सर्भरले काम नगरेर जग्गासम्बन्धी सबै काम ठप्प भएको रहेछ केही दिनदेखि । भिडको बीचमा घेरिएर थकित मुद्रामा विराटनगर माल अड्डाका कार्यालय प्रमुख काठमाडौँमा हाकिमसाबहरूको देल्हीमा कुरा भएको छ, ‘देल्हीबाट प्राविधिक आएर सर्भर बनाएपछि काम चाँडै होला’ भनी आश्वासन दिइरहेका थिए । प्रत्येक दिनजसो जग्गासम्बन्धी काम लिएर माल अड्डा धाउने नेपाली देल्हीबाट कम्प्युटर प्राविधिक नेपाल आए÷नआएको सोधपुछ गर्थे ।

काँग्रेस नेतृत्वद्वारा मधेसलाई संविधान संशोधन र बाढी नियन्त्रणको आश्वसन

नेपाली काँग्रेसले आफ्नो सम्पूर्ण शक्ति दुई नम्बर प्रदेश केन्द्रित गरेको छ। पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा.शशांक कोइराला लगायतका दर्जनभन्दा बढी नेताहरु मधेश दौडामा रहेका छन्।

मधेसमा चुनावको सन्देश

मधेसको मर्म राज्यको नीतिनिर्माण तहमा बस्नेले बुझ्न जरुरी छ । सामाजिक, आर्थिक र राजनीतिक अवस्थाको गहिरो जानकारीविना मधेसको समस्याको पहिचान हुँदैन र समाधानको उपाय निस्कँदैन । केही मधेसी नेतालाई मन्त्री बनाउँदैमा र राजनीतिक नियुक्ति दिँदैमा समस्याको समाधान निस्कँदैन ।

मधेसमा संविधान संशोधन कि समृद्धि ?

२०७३ सालको मधेस आन्दोलनपछि यतिखेर पहिलो पटक तराई–मधेसमा ठूला दलहरू खुला–खुलस्त राजनीतिक संवादमा ओर्लिएका छन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्