५ आश्विन २०८१ शनिबार
image/svg+xml

प्रधानमन्त्रीले भने: हाईड्याम बनाएर मधेसलाई डुबानवाट जोगाउँछौ

दुई नम्बर प्रदेशमा असोज २ गते हुने स्थानीय तह निर्वाचनलाई केन्द्रीत गर्दै काँग्रेसको केन्द्रीय प्रचार अभियान मंगलबार सप्तरी सदरमुकाम राजविराजवाट प्रारम्भ भएको छ। पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले काँग्रेसको प्रचार अभियानको औपचारिक प्रारम्भ गरेका हुन्।

मधेस आन्दोलनको उद्गमस्थलमा प्रतिष्ठाको लडाइँ

मधेस आन्दोलनको उद्गमस्थल लहान नगरपालिकाको नयाँ नेतृत्वका लागि राजनीतिक दलका नेताहरु मैदानमा उत्रिएका छन्। नेपली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी, संघीय समाजवादी फोरम, नेपाल लोकतान्त्रिक फोरम, राष्ट्रिय जनता पार्टी नेपाल, नेपाल मजदुर किसान पार्टी र स्वतन्त्र सहितका १५ जना मेयरका उम्मेदवार छन्।

चुनाव प्रभावित पार्न मधेसमा सारी बाँडियो: अध्यक्ष दाहाल

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले तराईमा आफुहरुको पार्टी पहिलो बन्ने सम्भावना रहेको बताएका छन्। 'पहिलो बन्छनै भन्न अहिलेनै सक्दिन किनकी चुनावी परिणामले देखाउने कुरा हो', दाहालले भने 'तर पहिलो बन्ने संभावना तर्फ लागेको छ।'

कांग्रेस मधेसको पहिलो पार्टी बन्नेछ : महत

दुई प्रदेशको एकमात्र महानगर वीरगञ्जमा यतिबेला केन्द्रीय नेताहरुको दौडधुप बाक्लिन थालेको छ । समेबार नेपाली कांग्रेसका नेता प्रकाशशरण महतले दुई नम्बर प्रदेशको अधिकांश सिट नेपाली कांग्रेसले जित्ने दाबी गरेका छन् ।

मधेसमा संविधान स्वीकार्नेको संख्या बढ्यो : गच्छदार

उपप्रधानमन्त्री विजयकुमार गच्छदारले मधेसवादी दलहरु निर्वाचनमा सहभागी भएपछि मधेसमा संविधानको स्वीकारोक्तिमा वृद्धि भएको बताएका छन्।

मधेसी दलबाट पहाडी मुलका उम्मेदवार

मधेसमा मधेसकै राजनीति गर्ने दलहरुले स्थानीय तहको निर्वाचनमा पहाडी मुलका उम्मेदवार उठाएका छन्।

दुई नम्बर प्रदेशको निर्वाचन मधेस पक्षधर र विरोधीबीचको जनमतसंग्रह: नेता लेखक

नेपाली कांग्रेसका नेता तथा केन्द्रीय प्रचार प्रसार समन्वय उपसमितिका संयोजक रमेश लेखकले २ नम्बर प्रदेशमा हुन लागेको स्थानीय तह निर्वाचन मधेसको पक्षधर र मधेस विरोधीबीचको जनमत संग्रह भएको बताएका छन्।

मधेसमा चुनाव : द्रव्य र जातको खेल

स्थानीय तह निर्वाचन हुने ठाउँठाउँमा ठूल्ठूला भोज आयोजना गरिँदैछ । मतदानका दिनसम्म त नियमित भोजनको प्रबन्धन छँदैछ । माइजन (जातीय समूहका नाइके) लाई पैसा वितरण गर्ने योजना बुनिँदैछ । प्रचारप्रसारमा खटिने कार्यकर्ताका लागि इन्धन र मदिरालयको कुपन वितरण सुरु भइसकेको छ ।

वर्दिवास नगरपालिकामा मधेसवादी दलले उम्मेदवारै पाएनन्

६ महिने मधेस आन्दोलनको क्रममा बन्दको कुनै पनि प्रभाव नपरेकाले वर्दिवास नगरपालिका प्रमुख राजनीतिक दलको प्रमुख रोजाईको केन्द्र बन्न पुग्यो। त्यही भएर वर्दिवास नगरपालिकाको नेतृत्व आफ्नै दलले नेतृत्व गर्नुपर्ने भन्दैं प्रमुख दलबीच धपेरी नै चलेको छ।

‘कांग्रेस मधेसमैत्री छैन, माओवादी संघीयताविरोधी’

एमालेलाई संघीयता  र समावेशीकरणका मामिलामा ढुलमुले चरित्र बोकेको मधेसप्रति अनुदार पार्टीको रूपमा व्याख्या गरिएको छ ।

मधेसवादी दलप्रति बाढीपीडित आक्रोशित

सप्तरीको तिरहुत गाउँपालिकाअन्तर्गत पर्ने मैनाकडेरी बस्तीको छेउमै रहेको चन्द्र नहरको डिलमा अझै पनि पनि पाल टाँगेर बनाइएका सयभन्दा बढी अस्थायी टहरा छन्, जहाँ ८५ परिवारका ५ सयभन्दा बढी बाढीपिडित ओत लाग्दै आएका छन् ।

टिकट माग्दै मधेसी नेता काठमाडौंमा

प्रमुख दलका शीर्ष नेताहरू भोट माग्न मधेस गएका बेला राष्ट्रिय जनता पार्टी नेपालका स्थानीय कार्यकर्ता भने स्थानीय तहको निर्वाचनमा टिकटका लागि लबिङ गर्न काठमाडौं आएका छन् । दुई नम्बर प्रदेशमा उम्मेदवारको टुंगो लगाउन गठित उच्चस्तरीय समितिका सदस्यहरू उम्मेदवार चयन नगरी काठमाडौं फर्केका छन् ।

तराई–मधेसमा लैंगिक भ्रूण हत्यास : अव्यक्त पीडाका अकथित कथा

आमाको पेटबाट नजन्मिदै छोरीको भ्रूण अवस्थामै हत्या गर्ने परिपाटी भारतको बिहारसँग जोडिएका तराईका जिल्लामा बढ्न थालेपछि यसका अनेक दुश्प्रभाव देखिन थालेका छन् । ‘२०६८ को राष्ट्रिय जनगणनाको तथ्यांकले समेत देखाएको लैंगिक असन्तुलनको पृष्ठभूमिमा तराई–मधेसमा सामाजिक स्तर, आमाहरुको स्वास्थ्य र महिलाको समग्र जीवनमा देखिएका असरले विभिन्न खाले खतराको संकेत दिन थालेको छ,’ तराईको जनसंख्यामा लैंगिक असन्तुलनबाट चिन्तित जनसंख्या विज्ञ सुष्मा तिवारी द्विवेदीले भनिन्, ‘तराईको मधेसी समुदायका लागि र समग्रमा समाज र राज्यकै लागि यो गम्भीर विषय हो, यसको सूक्ष्म विश्लेषण गरेर हेर्ने हो भने चिन्तित हुने अवस्था छ ।’

मधेसी नेताहरूको दल बदल तीव्र

आगामी असोज २ मा हुने तेस्रो चरणको निर्वाचनलाई लक्षित गरेर दुई नम्बर प्रदेशका मधेसी दलका नेताहरूको पार्टी बदल्ने क्रम तीव्र भएको छ । एउटा पार्टीले टिकट नदिनेबित्तिकै अर्को पार्टीमा प्रवेश गरी टिकट लिने प्रवृत्ति अहिले २ नम्बर प्रदेशका जिल्लामा देखिएको छ ।

मधेस फकाउन दलका अजेन्डा

दुई नम्बर प्रदेशमा असोज २ गते हुने स्थानीय तहको चुनावमा पहिलो पार्टी बन्ने तयारीसाथ प्रमुख चार दलले मधेसको भोट आफूतिर तान्न थरीथरीका अजेन्डा मतदातामाझ लैजाने भएका छन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्