बुद्धको मन्दहास
ठ्याक्कै ठिक त कहिल्यै हुन्न, तैपनि भन्छु म ‘ठिकै छु’ ठिक छु भन्ने विश्वास दिन,सबसित हाँस्दै पनि हिँड्छु।

ठ्याक्कै ठिक त कहिल्यै हुन्न, तैपनि भन्छु म ‘ठिकै छु’ ठिक छु भन्ने विश्वास दिन,सबसित हाँस्दै पनि हिँड्छु।
खै, पहिलेका मानिस बुद्धिमान भनूँ वा अहिलेका? पहिला पहिला मानिसले घर बनाउँदा भँगेरा–परेवाका लागि प्वाल राख्थे। बाल्यकालमा ती प्वालबाट चरा भित्र–बाहिर गरिरहेको हेरिरहन्थें। चरा चिर्चिर, घुर्घुर गर्दै बस्थे। हेर्न मजा लाग्थ्यो। बुढाबुढीहरू भन्थे– ती प्वाल राखिएन भने हामी पन्छी योनीमा जन्म लिँदा बास पाइँदैन। हामी चौरासी लाख योनीमा विश्वास गर्नेहरू। भनौं अन्धविश्वासका कुरा !
विगतका वर्षहरूमा युक्रेन एक्लैले विश्वका झण्डै ४० करोड मानिसलाई पुग्ने खाद्यान्न आपूर्ति गर्दै आइरहेको थियो। गहुँ र सूर्यमुखीको मुख्य उत्पादन हुने युक्रेनका दक्षिणपूर्व, मध्य, दक्षिण र पश्चिमी भागहरूमा हाल लडाइँ चर्किरहेको छ।
राज्य संयन्त्रमा विपद्का बेला जनधन क्षति भएरै छाड्छ भन्ने मानसिकता रहेका कारण पनि प्रदेश २ मा धेरै नागरिकले अनाहकमा ज्यान गुमाउनुपरेको छ भने देशकै कूल गार्हस्थ्य उत्पादन वृद्धिमा टेवा पु¥याउने यो क्षेत्रमा अर्बौंको क्षति भएको छ।
वैष्णव जन तो तेने रे कहिए जे पीड पराई जाणे रे पर दुःखे उपकार करे तोये, मन अभिमान ना आणे रे अर्थात् सच्चा वैष्णव उही हो जो अर्काको पीडा बुझ्छ, जब अर्काको दुःखमा उपकार गरेपछि पनि आफ्नो मनमा कुनै अहंकार आउन दिँदैनन्।
कतिपय गाउँ तथा सहरहरूमा जताततै विभिन्न रोगव्याधी सजिलै निको पार्ने विज्ञापन पोतिएको हामी देख्छौं। घर, पर्खाल, सत्तल, पाटी आदिमा लेखिएका यी विज्ञापन लोभलाग्दा हुन्छन् ।
अविरल वर्षा र बाढीका कारण तराई मधेसका विभिन्न नदीका तटबन्ध भत्केका समाचार प्रायः आइरहन्छन् । पानीको तीव्र प्रवाह चारैतिर पसारिन थालेपछि तटबन्ध भत्केर बाढी मानव बस्तीमा पस्ने जोखिम पनि उत्तिकै रहन्छ यसबेला ।
वनविनाश, बसोबास, पूर्वाधार निर्माण, चरिचरनजस्ता क्रियाकलापका कारण चुरे क्षेत्रको पारिस्थतिकीय प्रणालीमा प्रतिकूल असर परेको छ। जसले गर्दा तुलनात्मक रूपमा नयाँ कमलो चुरे पहाड दिनानुदिन नाङ्गो हुँदैछ, भासिँदै छ। रूखबिरुवाको अभावमा यो क्षेत्रमा मनसुनको पानी सोस्ने क्षमता पहिले जस्तो रहेन। लगातार बर्खा हुँदा पानी सञ्चित नभएर दक्षिणी भागमा हवात्तै पसारिन्छ। प्राकृतिक नदीहरूको सतह पनि चुरेबाट बगेर आउने गिटी, ढुंगा र बालुवाका कारण अग्लिएको छ। ती नदी चौडा भएका छन् । करिबकरिब खेत र नदीको सतह समान भएको छ।
अंग्रेजको औपनिवेशिक शासनको उत्पीडनविरुद्ध संगठित विदोह र जातीय कट्टरता, धार्मिक संस्कारसँग जोडिएका कुरीति तथा निरर्थक पारम्परिक एवं धार्मिक कृत्यजस्ता घरेलु समस्याबाट आजित भारतीय समाजमा जागरणको दृष्टिले १९ औं शताब्दीलाई अत्यन्त महत्वपूर्ण कालखण्ड मानिन्छ । अंग्रेज शासकविरुद्ध निष्कर्षविहीन तर प्रेरक सिपाही विद्रोह र राजा राममोहन राय, हेनरी विवियन डेराजियो, देवेन्द्रनाथ ठाकुर, ईश्वरचन्द्र विद्यासागर, स्वामी रामकृष्ण परम्हंस, स्वामी विवेकानन्दजस्ता धार्मिक एवं सामाजिक सुधारका प्रवर्तकहरूको युग हो यो शताब्दी।
मैथिली नाट्य परम्पराको समृद्ध र प्रभावशालीअतीत छ । तर, रंगकर्मप्रति बहुसंख्यकव्यक्तिमाविद्यमान संकीर्ण दृष्टिकोण, व्यवहारिक सीमा र समस्याकाकारण यस विद्यालाई बहुमुखी र बहुआयामिक बनाउन नसकिएको साँचो हो ।
दुर्गानन्द र काशीदेवी व्यक्ति होइनन्, सिंगो युगको एउटा कथा हो । जहाँ तकलीफदायी संघर्षको ओइरो छ । हरेक युगमा यसको पुनरावृत्ति हुन्छ । पात्रमात्र परिवर्तित हुन्छन् । शासकको कोपभाजनमा परेका हरेक काशीदेवी कालान्तरमा शासक हुँदैनन् । र, काशीदेवीको उत्पीडन अहिले कहाँ सकिएको छ र ? इतिहासलाई सम्झँदा आँसु र रोदनमात्र होइन, गौरवबोध भइरहने दिन आउन अझै बाँकी छ।
स्थानीय तह निर्वाचन हुने ठाउँठाउँमा ठूल्ठूला भोज आयोजना गरिँदैछ । मतदानका दिनसम्म त नियमित भोजनको प्रबन्धन छँदैछ । माइजन (जातीय समूहका नाइके) लाई पैसा वितरण गर्ने योजना बुनिँदैछ । प्रचारप्रसारमा खटिने कार्यकर्ताका लागि इन्धन र मदिरालयको कुपन वितरण सुरु भइसकेको छ ।
ठूला दलका नेता चुनावी चटारोमा भएका बेला राजपाका स्थानीय नेता जनकपुरको चन्दु चिया पसलमा बसेर गजडी गफमात्रै कसरी फलाक्न सक्छन्? पान चपाएर गरिने राजनीतिक संवादमा सधैँ देखिने उनीहरूको रवाफ कसरी कायम रहन सक्छ? राजपा नेतृत्वले चिन्तन गर्नु जरुरी छ।
सीमावर्ती क्षेत्रमा खाँडो नदीको प्रवाह थुनिएको छ। जसले गर्दा पनि नेपाली बस्ती डुबानमा पर्ने गर्छन्। जसको एउटा कारण भारतीय पक्षले दसगजाको समानान्तर बाँध बनाउनु हो।
