१६ आश्विन २०८१ बुधबार
image/svg+xml
कला

मूढता

कविता

बुद्धले भने-ध्यान गर।

मान्छेहरूले बनाए-ध्यान गरिरहेको बुद्धको मूर्ति।

बुद्धले भने-आफ्नै शरणमा जाऊ।

मान्छेहरू बुद्धको शरणमा गए, बुद्धलाई ढोगे।

बुद्धले भने-त्याग गर्न सिक।

मान्छेहरूले दानदिए। बुद्धको मूर्तिमा सुन चढाए।

चोरले बुद्धको मूर्तिमा आँखा लगाए।

मान्छेहरू मूर्तिको सुरक्षार्थ खटे।

अहिलेसम्म खटि नै रहेका छन्।

प्रकाशित: १६ वैशाख २०८० ०४:३२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App