५ आश्विन २०८१ शनिबार
image/svg+xml
राजनीति

चुनाव प्रभावित पार्न मधेसमा सारी बाँडियो: अध्यक्ष दाहाल

सिन्धुली- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले तराईमा आफुहरुको पार्टी पहिलो बन्ने सम्भावना रहेको बताएका छन्। 'पहिलो बन्छनै भन्न अहिलेनै सक्दिन किनकी चुनावी परिणामले देखाउने कुरा हो', दाहालले भने 'तर पहिलो बन्ने संभावना तर्फ लागेको छ।'

तराईका विभिन्न जिल्लाको चुनावी सभामा सहभागि भएर काठमाडौं फर्कने क्रममा प्रेश सेन्टर नेपालले सिन्धुलीमा आयोजना गरेको पत्रकार भेटघाटमा पूर्व प्रधानमन्त्री समेत रहेका दाहालले ठूलो मिहिनेत पछि माओवादी मधेसी अधिकारका लागि लड्ने पार्टी हो भन्ने  तराईका जनतामा भएकाले त्यो मिहिनेतको फल मिठो नै हुने उनले बताए। मधेसी र पुराना पार्टीले रक्सी र मासुले चुनावको परिणाम के हुन्छ भन्ने अनुमानै गर्न नसकिने जनाए । 'प्रत्येक महिलालाई सारी र सारी भित्र एक हजार पैसा समेत बाडिएको खबर आएको छ,' उनले भने–‘यो विकृति हो, हामीले यस्तो विकृती नगर्न भनेका छौ ।’

मधेसमा माओवादी पार्टीमा प्रवेश गर्नेको लहर चलेको भन्दै उनलर् मधेसका जनतालाई राष्ट्रिय पार्टीसँग जोड्न सके देश विकासको गतिमा जाने जनाए । मधेसमा पहाड प्रतिको र पहाडमा मधेस प्रतिको सँधै आशंका हुने भएकाले त्यो गम्भिरता पुर्वक लिएर समाधान खोजिएको दाहालको दावी छ । 'पहाडमा भन्दा तराईमा चुनावी सरगर्मी धेरै देखियो', उनले भने, 'निर्वाचन त पहाडमा भन्दा तराईमा धेरै लागेको पाएँ।' इतिहासमै यो बर्ष चुनावी बर्ष भएको भन्दै, उनले प्रदेश र संघको चुनाव सफलता पुर्वक सम्पन्न हुने बताए।  

प्रकाशित: २६ भाद्र २०७४ १०:४९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App