५ असार २०८२ बिहीबार
image/svg+xml
पुरञ्जन आचार्य


पुरञ्जन आचार्यका लेखहरु :

लघुकथाकार पी.पी. काेइरालाकाे ‘डगल्यान्ड’ मा समयबिम्ब

कोइराला ‘डगल्यान्ड’ लघुकथाको पुस्तकले समग्रका गतिविधिमाथि सरल व्यङ्ग्य गर्छन्। कतिपय कथामा छोपेर लगिएको एक वस्तु उचित ठाउँमा खोलिएको छ भने कति ठाउँमा बिचैमा खोलिएको भेटिनेछ।

मौद्रिक व्यवस्थामा भूराजनीति र प्रविधि

विद्यमान भूराजनीतिक अवस्थामा विश्वव्यापी मौद्रिक तथा वित्तीय व्यवस्था चीनको पक्षमा जाने सुरुमा आकलन गरिएकामा अब आएर त्यसो नभई यो विकसित प्रविधिमा अधिक निर्भर हुने देखिएको छ ।

त्यो त्यही नैपाल हो

चूक पोखिएजस्तो चिन्ताको आकाश ओढिरहेका मनहरू, जो धागोबाट फुत्केर किनारा लागेको घुयँत्रोझैं हेर्दाहेर्दै अडेस लगाइरहेका छन् जिन्दगीलाई नै किनारमा।

कोरोना नियन्त्रण नीति : हिँड्दै छ पाइला मेट्दै छ भनेजस्तै भएको छ

कोरोना महामारीका बेला हाम्रो जन्मभुमिप्रतिको स्नेह बढदै छ । कुनै बेला त्यहीं गाउँलाई खाते गाउँ भन्दै सदाका लागि रंगीन शहरीया जीवन बिताउने सोचमा हानिएका हामीलाई महामारीकै बेला निर्लज्ज कोरोना लिएर गाउँ पस्न मन लाग्दैछ । कुनै बेला एक टुक्रा जमिन समेत नजोगाएर बिक्री गरेर हिँडेका हामीलाई महामारीका बेला त्यहीं गाउँ अति प्यारो किन ?

दलीय दलदलमा देश

कांग्रेस फुट्न सक्तैन, यो सत्य हो। कांग्रेस जुट्न पनि सक्तैन यो पनि तीतो सत्य हो। कांग्रेसमा जुट्न र फुट्न नसक्ने अवस्था १४औँ महाधिवेशनपछि पनि रहन्छ, यो सबैभन्दा ठूलो सत्य हो।

कांग्रेस महाधिवेशन रडाको

आज चारपल्ट प्रम भएका देउवा र अहिले कांग्रेस सभापतिमा म्याद थपेर टिक्न खोजिरहेका देउवालाई हिजोको पुस्ताले उनको कुन कर्मका लागि सम्झने ? छ कुनै ?

कांग्रेस को, कता र कस्तो ?

दुई साताअगाडि गैरआवासीय नेपालीको सम्मेलनमा सहभागी हुन आएका केही सदस्यसँग राजनीतिक कुराकानी गर्ने सन्दर्भमा मेरो भेटघाट भयो। कोही जिज्ञासु थिए– देशको अर्थ राजनीतिबारे। संस्थासँग आबद्ध पुराना तर अहिले सम्मेलनबाट टाढिएका केही मित्र, बडो गहिरो रुचिसाथ नेपालको भविष्य र त्यसमा भूराजनीतिको महत्वबारे छलफल गर्न आए। कोही कांग्रेस राजनीतिका विषयमा निराश देखिन्थे। धेरैजसोले पार्टी र नेताविरोधी विचार व्यक्त गरे।

अपराधको राजनीति

नेपाली कांग्रेसका सांसद मोहमद अफ्ताव आलम यतिखेर १२ वर्षअगाडि रौतहटको राजपुरमा भएको क्रूर, पाशविक र अकल्पनीय घटनाकोदोषी भई प्रहरी थुनामा छन्। आलमसँग नयाँ बानेश्वरस्थित उनको डेराअगाडि प्रातःभ्रमण गर्दा केही दिनअगाडि मेरो भेट भएको थियो। उनी बढो ढुक्क थिए। उनले कांग्रेस पार्टीलाई नयाँ ढंगले कसरी उठाउन सकिन्छ भनी मसँग भलाकुसारी गरे।

कांग्रेसलाई निःशुल्क सल्लाह

कांग्रेस आफ्नो मूल्य, पद्धति र इतिहासबाट विमुख भएकै हो त ? यसको छिनोफानो जरुरी छ। यो कांग्रेसको हितमा छ र छ, राष्ट्रको हितमा पनि।

मोदी जीतबाट सिक्ने कुरा

भारतमा लोकसभाको निर्वाचनमा पराजयपछि राहुल गान्धीले पार्टी अध्यक्षबाट नैतिक जिम्मेवारी लिँदै राजीनामाको प्रस्ताव राखेका छन् । देउवाबाट त्यो सामान्य लोकतान्त्रिक संस्कृति पनि प्रकट भएन।

भ्रष्टाचार

प्रधानमन्त्री केपी ओलीसँग देश विकासको दरो प्रतिबद्धता छ भनी शंकाको सुविधा दिन सकिन्छ। त्यस्तै प्रम देशबाट भ्रष्टाचार न्यून गर्न चाहन्छन् भनी विश्वास गर्ने आधार पनि भेटिन्छन्। दुईतिहाइको कम्युनिस्ट सरकारको नेतृत्वसँग माथिका दुई सोच हुनुपर्छ भन्ने बुझाइ सामान्य हो तर यो हुन्छ कसरी ?

बाँकी २५ वर्षमा केही होला ?

विक्रम संवत् २०७५ समाप्त भएर नयाँ वर्ष २०७६ प्रारम्भ भएको छ।नेपालीले २१औँ शताब्दीको ७५ वर्षको यात्रा तय गरेका छन्। विक्रम संवत्को क्यालेन्डरअनुरूप बितेको साँढे ७ दशकमा देशभित्र अनेकन् राजनीतिक उथलपुथल भए। पुराना प्रणाली र शक्तिको ठाउँमा नयाँ राजनीतिक प्रणाली र शक्तिकेन्द्र उदाए।

ओली सरकार देउवाको सुपर सरकार

प्रधानमन्त्री केपी ओली आफ्नो पूरा नाम ‘खड्गप्रसाद ओली’ सुन्न र लेख्न खासै मनपराउँदैनन् अरे। प्रमलाई आफ्नो संक्षिप्त नाम ‘केपी ओली’नै प्यारो छ।आफूप्रम निकटदावा गर्ने एकजना विराटनगरतिरका कमरेडले मलाई सुनाए। मलाई प्रमको नाम केपी ओली वा खड्ग ओली जे भए पनि मतलव हुनुपर्ने कुनै कारण छैन। तर मन नपर्ने नामबाट अब सम्बोधन नगरौँला भनी कामरेड मित्रलाई विश्वस्त पारे।

रूपावासी सर र अधिकारीद्वय

गुरु बालकृष्ण पोख्रेललाई हामी ‘रुपावासी’ सर भन्थ्यौँ। विराटनगरमै बसी भाषा र साहित्यको साधना गर्ने गुरु आज हामीबीच रहनुभएन। आजभन्दा चार दशकअगाडि विराटनगरको महेन्द्र मोरङ कलेजमा म नेपाली साहित्यको विद्यार्थी थिएँ रूपावासी सरको। अर्थशास्त्र प्रमुख विषय लिएर सहायकमा नेपाली साहित्य लिएका कैयन् विद्यार्थीमध्ये म पनि एक शिष्य थिएँ स्नातक पढ्दा रूपावासी सरको। विषयगतरूपमा हेर्दा यो अलि अनमेल जोडी थियो। तर बेजोड हुनुहुन्थ्यो रूपाबासी सर।

‘लुट्न सके लुट कान्छा’ को मर्म

फागुनको ४ गते शनिबार मध्याह्नको १२ः४५ भएको थियो। हामी बिपी मार्ग हुँदै विराटनगरबाट काठमाडौँ आउँदै थियौँ। तराईतर्फको यात्रा सकिएर सिन्धुलीको ‘सेल्फी डाँडा’ भनिने ठाउँ आइपुगेका थियौँ, असिना पर्न थाल्यो। फागुन महिनामा हुरी, बतास, पानी र असिना पर्नु सामान्य भए पनि सेल्फी डाँडाबाट उकालो चढ्दै गर्दा असिनाले व्यापक र कहालीलाग्दो रूप लियो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्