८ वैशाख २०८१ शनिबार
विचार

रूपावासी सर र अधिकारीद्वय

गुरु बालकृष्ण पोख्रेललाई हामी ‘रुपावासी’ सर भन्थ्यौँ। विराटनगरमै बसी भाषा र साहित्यको साधना गर्ने गुरु आज हामीबीच रहनुभएन। आजभन्दा चार दशकअगाडि विराटनगरको महेन्द्र मोरङ कलेजमा म नेपाली साहित्यको विद्यार्थी थिएँ रूपावासी सरको। अर्थशास्त्र प्रमुख विषय लिएर सहायकमा नेपाली साहित्य लिएका कैयन् विद्यार्थीमध्ये म पनि एक शिष्य थिएँ स्नातक पढ्दा रूपावासी सरको। विषयगतरूपमा हेर्दा यो अलि अनमेल जोडी थियो। तर बेजोड हुनुहुन्थ्यो रूपाबासी सर।

विराटनगरतिर नेपाली साहित्य हामी युवाबीच खासै लोकप्रिय थिएन। वास्तवमा प्रवेशिका परीक्षामा केही गद्य र पद्य जाँचका लागि पढ्नुबाहेक म जस्तासँग नेपाली साहित्यको परिचय नै थिएन भन्दा पनि हुन्छ। विराटनगरको मात्र नभएर मलाई लाग्छ तिनताका सम्पूर्ण तराईको नै समस्या थियो यो। हामीलाई वंगला र रुसी लेखकका साहित्य हिन्दीमा पढ्ने वातावरण विराटनगरमा सहज थियो। त्यस्तै हिन्दीका सामाजिक र जासुसी उपन्यासहरू पढ्न कुनै पैसा चाहिँदैनथ्यो। यस्ता पुस्तकको एउटा ‘चेन’ नै निर्माण भएको थियो र एउटा पुस्तक कैयन् युवाको आँखाबाट गुज्रन्थ्यो।

रूपावासी सरले भवानी भिक्षु र गोविन्दबहादुर मल्लसँग हामीलाई परिचय गराउनुभयो यी लेखकका पुस्तकमार्फत। त्यस्तै बिपी कोइराला र रमेश विकल पनि हाम्रा लागि अपरिचित रहेनन्। बिपी राजनीतिकमात्र होइन, साहित्यका बेजोड व्यक्तित्व हुन् भन्ने संक्षिप्त परिचय मैले रूपावासी सरबाटै पाएँ। छोटो समयमा रूपावासी सरले हामीलाई नेपाली साहित्यको ढोका यसरी उघार्नुभयो कि म जस्ता कैयन् विद्यार्थी स्नातक उत्तीर्ण गर्दा÷नगर्दै हिन्दीका जासुसी र वकवास प्रेम कथामा आधारित उपन्यासबाट नेपाली साहित्यको पाठक बन्न पुगे।

भिआइपीहरू निजी हेलिकप्टरमा सरकारी टिम लिएर उड्दा त्यस्ता उडान विवादास्पद र शंकाको घेरामा रहन्थे। गिरिजाप्रसादकोभिआइपीहरू निजी हेलिकप्टरमा सरकारी टिम लिएर उड्दा त्यस्ता उडान विवादास्पद र शंकाको घेरामा रहन्थे। गिरिजाप्रसादको उडान पनि विवादमुक्तमात्र होइन, कैयन् पटक खतरापूर्ण पनि थिए।  उडान पनि विवादमुक्तमात्र होइन, कैयन् पटक खतरापूर्ण पनि थिए।

रूपावासी सरले बडो मेहनतसाथ लेखेको खस सभ्यताको पुस्तक मैले उहाँबाटै प्राप्त गरेँ। तर यो पुस्तक पढ्न मलाई कठिन भयो। कैयन् पटक यो पुस्तक पढेँ, पढ्दैछु। तर अझै छेउ टुप्पो समात्न सकेको छैन। यो पुस्तक पढ्दा झण्डै गणितको अप्ठ्यारो हिसाव समाधान गर्न बसेजस्तो लाग्छ। पुस्तक बुझ्न भन्दा पनि यसलाई समातेर दिमागमा वसाउन अनेकन् युक्ति अझै गर्दैछु। संभव भएको छैन।

तराईमा जन्मे÷हुर्केका म जस्ता कैयन् अरुचिकर विद्यार्थीलाई आज नेपाली साहित्यको उत्सुक पाठक बनाउने रूपावासी सर हामीबीच आज रहनुभएन। म उहाँप्रति ऋणी छु र शोकसन्तप्त परिवारप्रति दुःख व्यक्त गर्छु। भरतमोहन अधिकारीको मृत्युुसँगै नेपालको कम्युनिस्ट आन्दोलनले एउटा होनहार नेता गुमाएको छ। पूर्वअर्थमन्त्री अधिकारीलाई हामी विराटनगरवासी भरतमोहन दाइ भन्थ्यौँ। पेशाले वकिल भए पनि भरतमोहनदाइको पहिचान भने सधैँ राजनीतिज्ञको रह्यो। विराटनगर शहरमा कम्युनिस्ट नेता मनमोहन अधिकारीे परिवारका अधिकांश सदस्य बस्थे। अधिकारी परिवारका सबै सदस्य२०४६ सालपहिले विराटनगरको सडकमा ‘विन्दास’ भएर हिँडेका अहिले सम्झना गर्दा पनि मन रोमाञ्चित हुन्छ। भरतमोहनदाइ विराटनगरको सडकमा खुट्टामा छालाको स्यान्डिल र हाफ सर्ट भिरेर विन्दास भएर हिँडेको स्मरण नगर्ने हाम्रो पुस्ता कमै होला। अझ कम्युनिस्ट नेता कमल कोइराला र भरतमोहन अधिकारीको जोडी विराटनगरमा तिनताका‘हिट’ थियो।
भरतमोहन अधिकारी आफ्ना दाजु मनमोहन अधिकारीझैँ विराटनगर बजारका चिया पसल, पत्रिका पसल, माल अड्डा, अदालत र राजनीतिक जमघटमा भेटिनुहुन्थ्यो। हामी मौका छोपी उहाँसँग देशको समसामयिक राजनीतिबारे जहाँ भेट्यो, त्यहीँघण्टौँ कुराकानी गथ्र्यौँ। किन हो २०४६ सालपहिलेको मालेका कम्युनिस्ट कार्यकर्ताभन्दा उहाँ हामी लोकतन्त्रवादीहरूसँग बढी कुराकानी गर्न रुचाउनु हुन्थ्यो। झापाली कम्युनिस्टहरूले मनमोहन अधिकारीलाइनका कम्युनिस्टलाई गद्धार भनी ‘सफाया’ गर्नेसम्मको कार्बाही अगाडि बढाएका थिए भनी तिनताका चर्चा थियो विराटनगरमा। संभवतः त्यसैले हुनसक्छ, भरतमोहन दाइ हामीसँंग र हामी उहाँसंग ज्यादै नजिक भयौँ। झापाली ‘सफाया र कार्वाही अभियान’ को सत्य के हो प्रम खड्ग ओली नै जानून्।

किन आङछिरिङ मन्त्री अधिकारीको टोलीमा थिए ? किन प्रमका स्वकीय सचिव आफ्नो काम छाडी पर्यटन मन्त्रीको स्वकीय सचिवझैँ संँगै हेलिकप्टरमा थिए ? कैयन् प्रश्न छन् जसको सही उत्तरमा नै राज्यको कमजोरी र चरित्र बुझी त्यसमा सुधार गर्न सकिन्छ।

आज भरतमोहन दाइ हामीबीच रहनुभएन। कसरी सम्झने त इतिहासले उहाँलाई ?कसरी उहाँको जीवन मूल्यांकन गर्ने ? यो गम्भीर प्रश्न छ। भरतमोहन दाइअत्यन्त प्रतिकूल समय, परिस्थिति र परिवेशमा नेपालको राजनीतिमा सक्रिय हुनुभयो। सन् साठीको दशकमा देशमा निरंकुश राजतन्त्र थियो। प्रजातन्त्रको हरण भएको समय थियो। युवा भरतमोहनले तिनताका वैकल्पिक राजनीतिको बाटो समातेर अगाडि बढ्ने निर्णय गर्नु आरामको जीवनबाट राज्यसँग विद्रोह गर्ने बाटो रोज्ने काम गर्नुभयो। यो बाटो तत्कालीन परिस्थिति र परिवेशमा पक्कै पनि सहज थिएन होला उनका लागि। सन् साठीको आसपास विराटनगरमा पढे÷लेखेका युवाको लगाव परिवार र आफ्नो सुख समृद्धिभन्दा राजनीतिक विचार, देश प्रेम र वैचारिक बहसमा बढी देखिन्छ। विराटनगरको कोइराला परिवारमात्र होइन, त्यहाँको माटोबाट त्यस्ता अनेकन् परिवार र युवा राष्ट्रिय राजनीतिमा उदाए जसले सन् साठीको दशकमा तत्कालीन निरंकुशताविरुद्ध वैचारिक अभियान नै चलाएका थिए संगठितरूपमा। भरतमोहन दाइ त्यस्तै वैचारिक अभियानको एउटा अभियन्ता हुनुहुन्थ्यो।

विराटनगरमा सन् साठीको दशकको आसपास राजाको निरंकुशताविरुद्ध ‘इलिट क्लब’ खुल्यो। त्यही एलिट क्लबमा सक्रिय कैयन् व्यक्ति नेपालको राजनीति र कूटनीतिको नेतृत्व गर्न पुगे कालक्रममा। शैलेन्द्रकुमार उपाध्याय, आमोद उपाध्याय, भरतमोहन अधिकारी, गोपालप्रसाद शर्मा जस्ता कैयन् गरिमामय व्यक्तित्वहरूले एलिट क्लबमार्फत तिनताका देशको वैकल्पिक राजनीतिलाई जीवन्तमात्र बनाएनन् एलिक क्लबलाई समेत गरिमामय बनाएका थिए। एलिट क्लब विराटनगरमा कांग्रेस र कम्युनिस्ट विचार वोक्नेहरूको संगमस्थलमात्र थिएन। नेपाली समाजलाई आधुनिकता र प्रगतिशील बाटोका लागि विचार प्रवाह गर्ने केन्द्र पनि थियो तिनताका। राष्ट्रिय राजनीतिमा शीर्ष स्थान बनाएकाहरू पनि यो प्लेटफर्ममा आफूलाई उभ्याउँदा गौरवान्वित अनुभव गर्थे। बिपी कोइरालालगायत कैयन राष्ट्रिय नेताले २०३६ सालको जनमत संग्रहको घोषणापछि एलिट क्लबको प्लेटफर्मबाट प्रेषित विचारहरूको ध्वनि नेपाली राजनीतिमा अझै पनि कम्पन गरिरहेको बुझ्न सकिन्छ।

२०४६ सालपछि भरतमोहन दाइ वैकल्पिक राजनीतिबाट सत्तावादी राजनीतिको अंग हुनुभयो। यसै क्रममा उहाँ वकालत पेशाको पृष्ठभूमिबाट आएकाले अर्थमन्त्री हुँदाधेरैले जिव्रो टोकेका थिए। तर छोटो समयको अर्थमन्त्रीकालमा पनि भरतमोहन दाइले जुन अमिट छाप र प्रभाव छाड्नुभयो त्यो पदचिह्नमा आजसम्म पनि देश चलिरहेकै छ। कम्तीमा छोटो समयका लागि अर्थमन्त्री हुँदा उहाँले सामाजिक न्याय र असमानताविरुद्ध उठाउनुभएका पाइला  स्मरणयोग्य छन्। गिरिजाप्रसाद कोइराला भरतमोहन दाइलाई ‘ए भरत यसो गर, उसो गर’ भनिरहनुहुन्थ्यो मन्त्री हुँदा रनहुँदा पनि। देशको राजनीतिमा यी दुईको संवादले कैयन् पटक नयाँ मोड लिएको छ जसको म साक्षी छु। भरतमोहन दाइ अत्यन्त आज्ञाकारी जस्तो गिरिजा दाइको कुरा पूरा गर्नुहुन्थ्यो। नेपालको राजनीतिमा एलिट क्लबबाट उठेको सहिष्णुताझैँ गिरिजादाजु र भरतमोहन दाइबीचको सहिष्णुताको संस्कार आज राजनीतिमा ‘डिफिसिट’ भएको छ।

भरतमोहन दाइलाई देश निर्माणको हड्बडी थियो। उहाँको आनीबानीमा हतारो धेरैपहिलेदेखिनै मैले देख्थेँ। कुराकानी गर्दा बडो हड्बडीमा भएजस्तो गरी अनेकन विषय एकैसासमा भन्न खोज्नुहुन्थ्यो। मोरङ समाजको काठमाडौँमा भेला भइरहन्थ्यो। भरतमोहन दाइको उपस्थितिले त्यो भेलालाई अविभावकत्व प्रदान गथ्र्यो। अत्यन्त सरल, मृदुभाषी र सडकमा रमाउने भरतमोहन दाइ हामीबीच रहनुभएन। उहाँप्रति श्रद्धाञ्जली अर्पण गर्छु। जब जब देशमा आमनागरिकझैँ को मन्त्री थियो भनी स्मरण गर्नुपर्ने अवस्था आउँछ, भरतमोहन अधिकारीको ‘इमेज’ आँखाअगाडि निसन्देह आउँछ।

विराटनगरका यी दुई हस्ती रूपावासी सर र भरतमोहन दाइभन्दा धेरै कनिष्ठ थिए पर्यटन मन्त्री रवीन्द्र अधिकारी। उनको हेलिकप्टर दुर्घटनामा मृत्यु भयो। मैलै व्यक्तिगतरूपमा रवीन्द्रसँग जम्मा एकपटक होटल सांग्रिलामा कुराकानी गर्ने अवसर पाएँ केही हप्ताअगाडि। उनी हड्वडीमा थिए त्यहाँ पनि। तर पनि परिचयमात्र भएन, कुराकानी राम्रै र लामै भएको थियो। मैले उनलाई चिन्ने उनको सार्वजनिक जीवनबाट हो। र, त्यस आधारमा चिन्दा नेपालले एउटा संभावनायुक्त युवा कम्युनिस्ट नेता गुमाएको छ। रवीन्द्र अधिकारी र उनको टोली निजी हेलिकप्टरबाट उडे। यस्तै उडानमा म गिरिजाप्रसाद कोइराला प्रम हुँदा र नहुँदा पनि दर्जनौँ पटक उडेको अनुभव छ।  भिआइपीहरू निजी हेलिकप्टरमा सरकारी टिम लिएर उड्दा त्यस्ता उडान विवादास्पद र शंकाको घेरामा रहन्थे। गिरिजाप्रसादको उडान पनि विवादमुक्तमात्र होइन, कैयन् पटक खतरापूर्ण पनि थिए।

प्रम हुँदा किन निजी हेलिकप्टरमा उडेको ? यो प्रश्न उठ्थ्यो। अर्को जानुपर्ने गन्तव्यमा पुग्नुअगावै अन्यत्र किन आकाशमै हेलिकप्टर मोडियो? यो प्रश्न दुई दशकअगाडि पनि उठ्थ्यो। आज पनि छ। आज देशमा एउटा होनहार युवानेता रउनीसंँगैको टोलीको दुर्घटनामा मृत्युपछि पनि तिनै प्रश्न उठेका छन्। सरकार यस्ता प्रश्नमा हिजो गम्भीर भएन अब गम्भीर हुनुपर्ने बेला आयो। सरकार, निजी क्षेत्र र प्रशासक निजी हेलिकप्टरमा उडेर एउटा सरकारी काम पूरा गरी अर्को निजी काममा उडान भर्ने क्रममा हेलिकप्टर दुर्घटना भएको छ। हेलिकप्टरभित्र बस्ने सबै ‘क्रोनी पुँजीवाद’ का पक्षधर नहोलान् तर देखियो त्यस्तै। दुर्घटनाको जाँच गरिएको टिमले हेलिकप्टर दुर्घटनाको तत्कालीन कारणतिर नगएर राज्यको चरित्रतर्फ ध्यान दिएमा यस्ता गम्भीर दुर्घटना निम्ताउने कारण पत्ता लगाउन सकिन्छ भन्ने मेरो सल्लाह हो। किन आङछिरिङ मन्त्री अधिकारीको टोलीमा थिए ? किन प्रमका स्वकीय सचिव आफ्नो काम छाडी पर्यटन मन्त्रीको स्वकीय सचिवझैँ संँगै हेलिकप्टरमा थिए ? कैयन् प्रश्न छन् जसको सही उत्तरमा नै राज्यको कमजोर र चरित्र बुझी त्यसमा सुधार गर्न सकिन्छ।

नेपालमा ‘हेलिकप्टर एप्रोच’ बाट तथाकथित ‘आश्वासन विकास मोडल’ मात्र अगाडि आएको छैन, क्रोनी पुँजीवादको अत्यन्तै भयाबह सञ्जाल पनि निर्माण भएको छ। यो अवस्था वर्तमान प्रमको पालामा मात्र हुर्के÷बढेको होइन। विगत तीन दशकदेखि राज्यको यो चरित्र सुरु भएको हो र अहिले यसको विकृत रूपमात्र अगाडि आएको हो। अब त सामान्य नेता, धनवली र बाहुबली पनि हेलिकप्टर एप्रोचमा गएको देखिन्छ आफ्नो प्रभाव बिस्तार गर्न। अन्तमा, बितेको दुई हप्ता नेपालमा तीन राष्ट्रिय हस्ती बिते। उमेर पुगेका दुई हस्तीबाट नेपाली समाजले प्रशस्तै गुन पाएको छ। पर्यटन मन्त्री रवीन्द्र अधिकारीको असामयिक मृत्युले परिवारजनमा ठूलै शोक निम्ताएको छ। यो मृत्यु सामान्य होइन।राज्यले यसबाट शिक्षा लिनुपर्छ। साथै राज्यको चरित्र फेर्न पनि यही घटनाबाट प्रारम्भ गर्न सकिन्छ। रवीन्द्र अधिकारीप्रति त्यही नै सही श्रद्धाञ्जली हुनेछ।

प्रकाशित: २१ फाल्गुन २०७५ ०३:५३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App