सुरसा-मुखमा पस्दै स्वास्थ्य सेवा
स्वास्थ्य क्षेत्रको मुख्य चुनौती भनेको जनशक्तिको विदेश पलायन हो। यस्तो हुनुको कारण विदेशमा पाइने हरियो घाँसको तुलनामा नेपालको घाँस सुकेको लाग्नु हो।

स्वास्थ्य क्षेत्रको मुख्य चुनौती भनेको जनशक्तिको विदेश पलायन हो। यस्तो हुनुको कारण विदेशमा पाइने हरियो घाँसको तुलनामा नेपालको घाँस सुकेको लाग्नु हो।
प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को आकारलाई करिब करिब पूर्णता दिएपछि राष्ट्रवासीका सामु परम्परागत मानसिकताबाट मुक्त भएर अघि बढ्ने आँटिलो सोच प्रस्तुत गरेका छन्। उनको प्रस्ट अभिव्यक्तिसँगै सार्वजनिक जीवनका सबै क्षेत्रमा नयाँ अपेक्षा जागृत हुनु स्वाभाविक छ।
भण्डारीलाई उम्मेदवार बनाउन पार्टीभित्रै उत्पन्न तनाव अनि त्यहीबमोजिम उनलाई सर्वसम्मत रूपमा अघि बढ्न नदिने प्रयत्नका साथै प्रतिपक्ष कांग्रेसको असहमतिले गर्दा उनका निम्ति यो प्राप्तिको महत्व झनै बढेको हुनुपर्छ । वास्तवमा पार्टीभित्र र सार्वजनिक राजनीतिमा समेत निरन्तरको प्रतिस्पर्धा उनको परिचायक नै बन्न पुगेको छ ।
काँग्रेस सभापति शेरबहादुर देउवाकै पुस्ताका वरिष्ठ नेता रामचन्द्र पौडेलले अतीतमुखी होइन, भविष्यमुखी कांग्रेस आजको आवश्यकता रहेको ठहर्याएका छन् । भर्खरैको निर्वाचनमा पराजित भएर आएका पौडेलको सूत्रको सुनुवाइ होला कि नहोला भन्न सजिलो छैन ।
सवा दुई महिनाअघि सम्पन्न आमनिर्वाचनमा संयुक्त रूपमा बहुमत हासिल गर्ने देशका दुई ठूला कम्युनिस्ट पार्टीहरू एक भएका छन् । यो एकतासँगसँगै एकीकृत नेपाल कम्युनिस्ट पार्टीका तर्फबाट नेपालको प्रधानमन्त्री पदमा पुगेर केपी ओलीले नयाँ इतिहासको रचना गरेका छन्।
राज्य सत्ताबाहेक अरू सबै भ्रम हो भन्दै दीर्घकालीन सशस्त्र संघर्षको थालनी गर्ने पुष्पकमल दाहाल नेतृत्वको पार्टीले अन्ततः आफ्नो जनयुद्धको तेइसौँ वार्षिकोत्सवकै हाराहारीमा नेपालमा माओवादको कुशलतापूर्वक अवतरण गरेको छ । आफ्नो पार्टीबाहेक अस्तित्वमा रहेका अन्य सबै कम्युनिस्ट पार्टीलाई दक्षिणपन्थी अवसरवादको हिमायती ठहर गर्दै बाइस वर्षअघि दाहालले नयाँ जनवादी क्रान्ति सम्पन्न गर्ने लक्ष्यसाथ दीर्घकालीन जनयुद्ध सुरु गरेका थिए ।
मधेस मात्र होइन, यतिखेर अन्य छ वटा प्रदेशहरूमा पनि नयाँ ऊर्जाशील राजनीतिक नेतृत्वको उदय भएको छ । नेपालको संविधान २०७२ को कार्यान्वयनसँगै समयक्रममा देखिँदै जाने यस्तै सकारात्मक प्रभावहरूले नै यसको स्वीकार्यता अझै बढाउँदै जानेछ । यही संविधानअनुसार भएको प्रदेशसभा निर्वाचनले नै मधेसमा स्वर्णीम क्षण ल्याएको छ र अपूर्व सम्भावनाको द्वार उघारेको छ।
माघ महिनाको उत्तरार्धका केही तिथि–मितिले नेपाली राजनीतिका पुराना स्मृतिलाई ताजा गराउने गर्छन् । केही स्मृति सुखानुभूति गराउने प्रकृतिका छन् । केही झस्काउने किसिमका छन् । पात्रोका पाना पल्टिँदै जान्छन् । तर विगतका स्मृति सबै सहजै हराउँदैनन्, बरू त्यस्ता स्मृतिले भविष्यको आँकलन गर्न सघाउ पु¥याउँछन्, आवश्यक सर्तकता अपनाउन निर्देशित गर्छन्।
सामाजिक न्यायलाई प्राथमिकताका साथ स्थापित गर्दै वि.सं. २०९९ सम्म नेपाललाई समुन्नत राष्ट्रको स्तरमा पु¥याउने आफ्नो निर्वाचनकालीन वाचा नबिर्स, दुवैको बाटो साँचो अर्थमा अवश्य एउटै हुनेछ ।
सार्वजनिक महत्त्वका सवालमा निर्भीक र निडर भएर सरकार, न्यायालय वा जुनसुकै शक्तिविरुद्ध शान्तिपूर्ण आन्दोलनमा ओर्लिन सक्ने डा. केसीले राजकीय शक्तिमा नरहेर पनि शक्तिको नमुना देखाएका छन्, अर्थात् नागरिक शक्तिको उच्चतम दृष्टान्त प्रस्तुत गरेका छन् ।
प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि दोस्रो चरणमा भोलि ४५ जिल्लामा हुन लागेको मतदानका लागि अस्ति मध्यरातदेखि मौन अवधि सुरु भइसकेको छ । उम्मेदवार र दलहरूले आआफ्ना तर्फबाट भन्नुपर्ने जति भनिसके ।
कुनै पनि काम गर्दा राम्रो सुरुवात हुन सक्यो भने आधा कार्य सम्पन्न भएको मान्ने गरिन्छ । प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको निर्वाचनका लागि गएको आइतबार ३२ जिल्लामा भएको पहिलो चरणको मतदान आमरूपमा शान्तिपूर्ण र उत्साहवर्धक रूपमा सम्पन्न भएपछि यसपटकको आमनिर्वाचन अब आधा मात्र बाँकी रहेको मान्न सकिन्छ । निर्वाचनलाई स्वच्छ, स्वतन्त्र र विश्वसनीय रूपमा सम्पन्न गराउने क्रममा निर्वाचन आयोगका सामु अझै चुनौतीहरू अवश्य छन् ।
यो संविधानको पालना गर्दै यसैअन्तर्गत निर्वाचनमा भाग लिइरहेका दलमध्ये खासखासले जिते भनेमात्रै लोकतन्त्रको भविष्य बाँकी रहनेछ भन्ने प्रचार गर्नु आरोप र दोषारोपणको वैशाखी टेक्नु हो ।
नेपाली कांग्रेस आउँदो निर्वाचनलाई लोकतान्त्रिक र साम्यवादी शासन व्यवस्थामध्ये एउटा रोज्ने अवसरका रूपमा प्रचारित गर्दैछ ।
२०५५ सालतिरको एक अपराह्न, नेपाल पत्रकार महासंघ केन्द्रीय समितिको टोली बालुवाटार पुगेको थियो । प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले तत्कालीन सभापति किशोर नेपालको नेतृत्वमा पुगेका पत्रकारलाई चारैतिर राखेर नेपाली राजनीतिबारे विस्तारपूर्वक व्याख्या गरे । तर त्यस दिन उनले त्यो प्रतिनिधिमण्डल सबै विचार वा पक्षका पत्रकारको साझा संस्था पत्रकार महासंघको नभएर कांग्रेसको भातृ संगठन नेपाल प्रेस युनियनकै ठानेका रहेछन् ।
