५ आश्विन २०८१ शनिबार
image/svg+xml

मधेसमा जन्मेका थिएनन् बुद्ध

‘नेपालको राष्ट्रिय गान’लाई सम्पूर्ण नेपालीहरूले आजसम्म बडो श्रद्घा, आस्था, सम्मान र सर्वसम्मत रूपले राष्ट्रिय गौरव, राष्ट्रिय स्वाभिमान, राष्ट्रिय अखण्डता, सार्वभौमिकता, राष्ट्रिय एकता र प्रतिष्ठाका रूपमा स्वीकार गरेर हामी नेपालीहरूले हाम्रो राष्ट्रिय झण्डासामु उभिएर राष्ट्रिय गीत गाउँदै राष्ट्रलाई सलामी दिँदै आएका छौं, त्यो गानमा उल्लेख गरिएको छ, ‘ज्ञानभूमि शान्तिभूमि तराई, पहाड र हिमाल’।

हुलाकी राजमार्गसँग जोडिएको मधेसको समृद्धि

संसदीय र स्थानीय तह निर्वाचनमा उम्मेदवारहरुको आकर्षक नारा थियो– हुलाकी राजमार्ग निर्माण । उक्त राजमार्गसँग जोडिएको मधेसी जनताको आर्थिक समृद्धिको चुनावी नारा खुबै बिक्यो।

मधेस प्रदेश र हिन्दीलाई सम्पर्क भाषा राख्न प्रस्ताव आउँदै

प्रदेश २ को नामकरण र सम्पर्क भाषाको विषयमा प्रदेश सभाका सांसदहरूबीच विवाद उत्पन्न भएको छ। प्रदेश सरकारले भने आगामी असार १० गतेदेखि बस्न लागेको प्रदेशसभा बैठकमा प्रदेश २ को नाम मधेस प्रदेश र हिन्दी भाषालाई सम्पर्क भाषा बनाउन प्रस्ताव ल्याउने तयारी गरेको छ। विधेयकको मस्यौदासमेत तयार भएको मन्त्रीहरूले बताएका छन्।

नाम मधेस र भाषा हिन्दी अस्वीकार्य

नेपाली कांग्रेस संसदीय दलका नेता रामसरोज यादवले प्रदेश २ को नामकरण र सरकारी कामकाजको भाषा अविलम्ब टुंगो लगाउन माग गरेका छन्। सरकारले प्रदेशको नामकरण र भाषा तोक्ने सवालमा बहस गर्न डराइरहेको उल्लेख गर्दै यादवले आइतबार जनकपुरमा मैथिली विकास कोषले आयोजना गरेको ‘प्रदेशको नामकरण तथा भाषा’ सम्बन्धी बहसमा बोल्दै यस्तो माग गरेका हुन्।

मधेस मुद्दाको सिंढीमा उपेन्द्र यादवको सत्तारोहण

२०६८ सालमा तत्कालिन मधेसी जनअधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले पहिलो पटक उपप्रधान एवं परराष्ट्र मन्त्रीको रुपमा सत्तारोहण गरे। सात वर्षपछि (१८ जेठ ०७५) दोस्रो पटक सत्तारोहण गर्दैगर्दा उपेन्द्र यादवले नेतृत्व गरेको दलको नाम र मन्त्रालय फेरिएपनि उनको सत्ताको सिंढी उही छ–‘मधेस मुद्दा’।

संविधान संशोधन र मधेस

सोझै विषय प्रवेश गरौँ । संविधान संशोधन र मधेसबारे केही विचार–विमर्श यहाँ बहसका लागि बुँदागत रूपमा प्रस्तुत गरेको छु: संसदीय निर्वाचन क्षेत्र जनसंख्याको आधारमा पुनर्निर्धारणः संविधानको धारा २८६ बमोजिम संसदीय निर्वाचन क्षेत्र निर्धारण आयोग गठनको व्यवस्था गरिएको छ ।

तराई मधेसमा ‘झुमकी’

बलात्कार पीडित महिलाको कथामा आधारित पत्रकार अनिलकुमार कर्णको झुमकी तराई मधेशका आठ जिल्लामा प्रदर्शन गरिने भएको छ । सडक नाटकको स्वरूपमा प्रदेश २ का सप्तरीदेखि पर्सासम्मका विभिन्न १६ ठाउँ र प्रदेश १ को इटहरीमा प्रदर्शन हुने सो नाटकको प्रायोजन सामाजिक उत्तरदायित्वअन्तर्गत एडभान्स ग्रुपले गर्नेछ।

मधेसले के पायो?

गणतन्त्र कार्यान्वयनपछिको दश वर्ष तराई/मधेसका लागि सबैभन्दा ठूलो उपलब्धी संघीयताको कार्यान्वयन हो। यो दश वर्ष मुलुकको राजनीतिक मधेसको अजेन्डा, मधेस आन्दोलन र तराई मधेस केन्द्रित दलसँगको वार्ता र संवादमै रहिरह्यो।

तराई–मधेसको बुलुन्द उपस्थिति

गणतन्त्रवादी नेता रामराजाप्रसाद सिंहले जनआन्दोलन–२ सफल भएलगत्तै शान्तिनगरस्थित डेराको एक भेटमा पंक्तिकारसँग भनेका थिए, ‘मधेस र मधेसी जनताको दुश्मन भनेको राजतन्त्र र राजसंस्था हो, त्यो नै अब नरहने भएपछि अब तराई जुर्मुराउँछ, मधेस र मधेसी जनता मुलुकमा ‘स्थापित’ हुने बाटो खुलेको छ ।’ अहिले आउँदा गणतन्त्रवादी नेता सिंहले भनेको कुरा ठीक रहेछ भन्ने महसुस हुन्छ । तराई–मधेस अब देशको मुलधारमा आइपुगेको छ। लोकतान्त्रिक आन्दोलनमा अग्रणी भूमिका खेलेर पनि राजनीतिलगायतका मूलधारमा आउन नसकेको तराई–मधेस १० वर्षपछि मूलधारमा छ । तराई–मधेसको उपस्थिति र सहमतिबिना मुलुक अघि बढ्न नसक्ने अवस्थामा छ।

सिंहदरबारले मधेसको विकास चाहेन : उपेन्द्र यादव

संघीय समाजवादी फोरम नेपालका केन्द्रीय अध्यक्ष उपेन्द्र यादवले सिंहदरबारले मधेसको विकास नचाहेको आरोप लगाएका छन्।

मधेसलाई अवमूल्यन गरे मुलुक अगाडि बढ्दैन : उपेन्द्र यादव

राज्यले अझै तराई/मधेसलाई पुरानै मानसिकताबाट दृष्टिगत गरी अवमूल्यन गर्न खोजे मुलुक अगाडि नबढ्ने संघीय समाजवादी नेपालका अध्यक्ष उपेन्द्र यादवले व्यक्त गरेका छन्।

मधेस आन्दोलनको नयाँ बाटो

राजनीतिक सुझबुझकै कारण उपेन्द्रले विगतमा पनि राजपाले जस्तो एमालेलाई निषेध गरेका थिएनन् । त्यही कारण पनि उनलाई सरकारमा सहभागी हुन केही सजिलो छ।

नागरिकता नहुँदा मधेसका बुहारी समस्यामा

जानकी गाउँपालिका ६ प्रिपहवाकी ४५ वर्षीय हसरतजहाँ दर्जीले विवाह गरेको २५ वर्ष भयो । उनका १९ र १६ वर्षीय दुई छोरी र १४ तथा ११ वर्षका दुई छोरा छन्।

मधेसी दल किन सरकारमा ?

राजनीतिमा चुनाव जित्नु र सत्ता प्राप्त गर्नु नेताको अन्तिम लक्ष्य भए पनि सत्ता प्राप्त गर्नु मात्र सफलताको आधार होइन। सत्ता प्राप्त गरेपछि जनचाहना अनुसारको आफ्नो कर्तव्य पूरा गर्नु नै सफलताको आधार हो । लामो बलिदानपछि मुलुकमा ७५३ वटा स्थानीय, ७ वटा प्रादेशिक तथा एउटा संघीय गरी तीन तहको संसद् र सरकार भएको संघीय गणतन्त्रातमक व्यवस्था कार्यान्वयन भएको छ ।

मधेसी दलसहित सरकारले एक/दुई दिनभित्र पूर्णता पाउँछ : अध्यक्ष दाहाल

पूर्वप्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले झण्डै छ दशकपछि दुई तिहाइको सरकार बन्न लागेको बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्