५ आश्विन २०८१ शनिबार
image/svg+xml

संशोधनमा प्रतिबद्धता खोज्दै मधेसी दल

प्रदेश २ मा संघीय समाजवादी फोरम नेतृत्वको मधेस गठबन्धन सरकारलाई वाम गठबन्धन (एमाले–माओवादी) ले समर्थनको मत दिएसँगै राजनीतिक सरगर्मी बढेको छ । केन्द्रमा वाम गठबन्धनको सरकारमा मधेसकेन्द्रित दललाई पनि सामेल गराउन कसरत भइरहेका बेला प्रदेश २ मा एमाले र माओवादीले सरकारका पक्षमा मत दिनुलाई अर्थपूर्ण रुपमा हेरिएको छ।

मधेसकेन्द्रित दल सरकारमा सहभागी हुने

प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको वाम गठबन्धन सरकारमा संघीय समाजवादी फोरम नेपालले सहभागी हुने संकेत देखाएको छ। उक्त दलले संविधान संशोधनको मूल मुद्दा सुनिश्चित भए वर्तमान सरकारमा सहभागी हुने आशय पनि व्यक्त गरेको छ। सरकारमा सहभागिताबारे पछिल्ला दिनमा चलिरहेका विभिन्न चरणका छलफल सकारात्मक भए पनि सहभागिताको अझै टुंगो लागेको छैन।

होमस्टेले जोड्यो पहाड र मधेस

होमस्टेले कसरी जोड्यो सम्बन्ध ! सुन्दा आश्चर्य लाग्न सक्छ । तर लमजुङको काउलेपानी होमस्टे र नवलपुरको अमलटारी मध्यवर्ती होमस्टेले पहाड र मधेस जोडेको छ।

पुरा भयो 'मधेस सरकार' को सपना

साढे छ दशकदेखि मधेसले देखेको सपना हो– संघीयता र संघभित्र ‘मधेस सरकार’। बलिदानीपूर्ण संघर्ष यात्राबाट संघीयता व्यावहारिक रुपमै संस्थागत भएर मधेसी जनताको मधेस सरकारको सपना समेत साकार भएको छ।

पूरा भयो मधेसको ‘संघीयता’ सपना

साढे छ दशकदेखि संघीयताका लागि संघर्षरत मधेसको सपना पूरा भएको छ । यस अवधिमा डेढ सयभन्दा बढी मधेसीले बलिदानी दिए । बलिदानीपूर्ण संघर्ष यात्राबाट संघीयता व्यावहारिक रुपमै संस्थागत भएपछि मधेसी जनता सपना साकार भएको अनुभूति गर्दैछन् ।

संविधान संशोधनमा वाम र मधेसी गठबन्धन नजिकिँदै

ताजा जनादेशपछि वाम गठबन्धन र मधेसी गठबन्धनबीच संविधान संशोधनका विषयमा समान धारणा बनाउने प्रयास भइरहेको छ। एमाले–माओवादी नेतृत्वको वाम गठबन्धन र संघीय समाजवादी फोरम नेपाल र राष्ट्रिय जनता पार्टी नेपाल आबद्ध मधेसी गठबन्धनबीच संविधान संशोधनबारे सहमति खोज्ने प्रयास भएको हो।

विपदमा सँगसँगै मधेस–पहाड

०७२ वैशाख १२ गत्ते गएको भूकम्पबाट प्रभावित पहाडी जिल्लावासीलाई तराईका जिल्लाबाट राहत गयो। अहिले तराई–मधेसमा शीतलहरले आजित भईरहँदा पहाडबाट राहत आइरहेको छ।

राष्ट्रियसभामा मधेसी दल र कांग्रेसबीच सहकार्य, कसलाई कति सीट?

मधेस केन्द्रीत दलले माघ २४ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनमा कांग्रेससँग सहकार्य गर्ने भएका छन्। मधेसी दलका नेताले मंगलबार साँझ प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा र कांग्रेसका शीर्ष नेतासँग बालुवाटारमा राष्ट्रियसभामा तालमेल गर्ने सहमति गरेका हुन्।

मधेसी दलले वाम गठबन्धनसँग तालमेल गर्ने

वाम गठबन्धन र मधेश केन्द्रित दल राष्ट्रियसभाको निर्वाचन, भावी सरकार गठनलगायत विषयमा सहकार्य गर्न सकारात्मक देखिएका छन्।

‘मधेस मुद्दा सत्ताको सिँढी’

‘मधेस मुद्दा उचालेर आन्दोलन गर्ने अनि त्यसलाई आफ्नो स्वार्थअनुसार सत्तामा पुग्ने भ¥याङ बनाउने प्रवृतिले गर्दा समस्याको निकास हुन नसकेको हो ।’

सेनाको डिपिआरमा काठमाडौं–तराईं मधेस द्रुत मार्ग

कहिले विदेशी त कहिले स्वदेशी ठेकेदार कम्पनीले निर्माण गर्ने भन्ने अन्योलमा रहँदै आएको काठमाडौं–तराईं–मधेस द्रुतमार्गको (फास्ट ट्रयाक) सुरुदेखि अन्तिमसम्मको निर्माण कार्य नेपाली सेनाले नै गर्ने भएको छ।

मधेस केन्द्रित दलका विधायकले काठमाडौंमा शपथ नलिने

राष्ट्रिय जनता पार्टी नेपाल र संघीय समाजवादी फोरम नेपालका प्रदेशसभा सदस्यले काठमाडौंमा शपथ नलिने घोषणा गरेका छन् । शेरबहादुर देउवा नेतृत्वको सरकारले प्रदेशको अस्थायी राजधानी नतोकी काठमाडौंमा नै प्रदेशसभा सदस्यलाई शपथ खुवाउने तयारी गरिरहेको छ ।

शीतलहरसँगै चिसियो मधेस

करिब एक सातादेखि चलेको पश्चिमी तेज हावाका कारण मैसम चिसिएर जाडो बढेपछि चिसोले सिरहामा तीनजनाको मृत्यु भएको छ । गोलबजार नगरपालिका–४ का शम्भु साहका ६ वर्षीय छोरा लभकुमार साह, ननगडीमाई नगरपालिका ७ कसहाका ५५ वर्षीय रामरतन महतो र गोलबजार २ लालपुरका ८० वर्षीय रामप्रसाद महतोको चिसोले मृत्यु भएको छ ।

कठ्यांग्रिएर मधेसमा ९ को मृत्यु

पूर्वी तराईमा शितलहरसँगै बढेको चिसोले कठ्यांग्रिएर एक साताको अवधिमा नौजनाको ज्यान गएको छ । यसरी ज्यान गुमाउनेमा ६ सप्तरीका र तीनजना रौतहटका छन् । दिउँसोमा हुस्सु र रातिमा शीतलहरले केही दिनयता तराई–मधेसको जनजीवन प्रभावित भएको छ । चिसोका कारण बालबालिका र वृद्ध बिरामी पर्न थालेका छन् ।

मधेसमा शीतलहरले सकस

दुई दिनयता पश्चिमी हावासँगै परेको शीतलहरले बढाएको जाडोले मध्यपूर्वी तराई–मधेसमा सर्वसधारणको दैनिकी कष्टकर बनेको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्