५ आश्विन २०८१ शनिबार
image/svg+xml
समाज

विपदमा सँगसँगै मधेस–पहाड

सिसवनी(लहान)–  ०७२ वैशाख १२ गत्ते गएको भूकम्पबाट प्रभावित पहाडी जिल्लावासीलाई तराईका जिल्लाबाट राहत गयो। अहिले तराई–मधेसमा शीतलहरले आजित भईरहँदा पहाडबाट राहत आइरहेको छ।

शनिबार पहाडी जिल्ला गोरखाबाट सिरहा र सप्तरीका शीतलहर पीडितका लागि न्यानो कम्बल वितरण गर्न भरत श्रेष्ठ सहित चारजना आएका छन्। श्रेष्ठ सहितको उक्त  टोलीले त्यहाँ(गोरखा)को समाजिक परिवारसँग मधेसका शीतलहर पीडितका लागि रकम संकलन गरेर न्यानो कम्बल वितरण गरेका हुन्। सिरहा र सप्तरीका १ सय २२ अती विपन्न परिवारलाई न्यानो कम्बल वितरणपछि श्रेष्ठले भने,‘गरीवीको अत्यासलाग्दो दृश्य देख्दा मनै रोयो ।’ उनले भने,‘शीतलहरको सिरेटो भन्दा पनि गरीवीका कारण यहाँ विपन्नहरु ज्यान गुमाउनु पर्दो रहेछ।’

महाभूकम्प जाँदा विल्लीबाँठ हुँदा मधेसका सामाजिक परिवारबाट नुनदेखि चामल सम्म हामीलाई पुर्‍याइयो श्रेष्ठले भने । पहाडलाई दुख्दा मधेसबाट मलम ओईरिन्छ, मधेसलाई दुख्दा पहाड र हिमालबाट उनले भने,‘नेपाली समाजमा मधेस पहाड र हिमालबिच कायम सदभावको मियो विपदमा झन कसिलो बन्दै गएको छ।’

विपदमा जहिल्यै मधेस–पहाडबीच सदभाव र समर्पण देखिएको छ श्रेष्ठले भने। पहाडका भूकम्प पीडितका लागि जुटेको सहयोगी हातहरु होस वा बाढी र शीतलहर पीडित मधेसका जनताका लागि जुटेको सहयोगी हातहरु यसले नेपालको जातीय, क्षेत्रीय गठजोरलाई अझ मजबुत पारिदिएको लहानका बुद्धिजीवी दुर्गाप्रसाद महतोले बताए।

लहान नगरपालिका १२ मसहरी टोलका २२ घर अती विपन्न परिवारलाई शनिवार वडा अध्यक्ष वद्रीप्रसाद चौधरीको संयोजनमा गोरखा समाजिक परिवारले न्यानो कम्बल वितरण गरेको छ। कम्बल वितरण गर्न गोरखाबाट आएका सामाजिक परिवारलाई धन्यवाद दिँदै वडा अध्यक्ष चौधरीले भने,‘ शीतलहरको विपदले आजित मधेसी जनताको दुःखमा मलम लगाउन आउने सहयोगी हातहरुलाई सलाम छ।’ तपाईहरुको यो पहलकदमीले हिमाल पहाड तराई कोई छैन पराई भनाईलाई चरितार्थ गरिदिएको छ चौधरीले श्रेष्ठको टिमलाई धन्यवाद दिए।

 

प्रकाशित: १३ माघ २०७४ १०:३६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App