६ आश्विन २०८१ आइतबार
image/svg+xml

प्रधानमन्त्रीले राष्ट्रिय स्वाभिमानमाथि 'भद्दा मजाक' गर्नुभो: भट्टराई

नेकपा एमाले सचिव योगेशकुमार भट्टराईले औपचारिक विदेश भ्रमणका बेला कुनै एक पार्टीको कार्यालयमा गएर प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालको राष्ट्रिय स्वाभिमानमाथि ‘भद्दा मजाक’ गरेको बताएका छन्।

एमाले र राप्रपाबीच चुनावी तालमेल केन्द्रित छलफल

नजिकिँदै गरेको स्थानीय तहको चुनावसँगै त्यसभन्दा पछाडि हुने संघ र प्रदेशको चुनावका विषयमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री डा. धवलशम्शेर राणाबीच छलफल भएको छ।

एमालेको ‘काउन्टर’

एमाले अध्यक्ष ओलीसहितका केन्द्रीय नेताहरू पार्टी प्रवेश अभियानकै लागि देश दौडाहामा छन् भने केन्द्रीय सदस्यहरू आआफ्नो जिल्लामा सक्रिय छन्।

राजनीतिक परीक्षणमा स्थानीय चुनाव

२०७४ सालको भरतपुर महानगरपालिकाको निर्वाचनमा कांग्रेस र माओवादीको तालमेल भए पनि रेणु दाहालले चुनाव जितेकी होइनन्। धाँधली गरेर जिताइएको हो।

निर्वाचन आयोग सेटिङमा चलेको एमाले आशंका

बैठकमा निर्वाचन आयोग संवैधानिक निकाय भएकाले निष्पक्ष र स्वतन्त्र हुनुपर्नेमा सरकारको आदेशपालकजस्तो भएको आरोप लगाइएको छ। बैठकले निर्वाचन घोषणा भएपछि सरकारी कर्मचारी सरुवा गर्ने, प्रहरी प्रशासनलाई धम्क्याउनेजस्ता गतिविधिले निर्वाचनको काम प्रभावित हुनसक्नेतर्फ आयोगको ध्यान आकर्षित गराएको छ।

एमालेबाहेक अरु दल गैह्रकम्युनिष्ट हुन्ः नेता बस्नेत

नेकपा एमालेका पोलिटब्यूरो सदस्य महेश बस्नेतले स्थानीय तहको चुनावमा कुनै पनि वाम दलसँग सहकार्य नहुने बताएका छन्।

एमालेमा तालमेलको अधिकार स्थानीय कमिटीलाई

एमाले केन्द्रीय कमिटी बैठकले स्थानीय तहको निर्वाचनमा स्थानीयस्तरमै तालमेल गरेर अघि बढ्न निर्देशन दिएको छ। यसअनुसार एमालेसँग तालमेल गर्न चाहने दलहरूले स्थानीय तहका कमिटीसँग छलफल गर्नुपर्नेछ ।

स्थानीय तह निर्वाचनः एमाले एक्लैले ६० प्रतिशत जित्ने ब्रिफिङ

गत स्थानीय तहको निर्वाचनमा पहिलो पार्टी बनेको एमालेलाई विरासत जोगाउने चुनौती छ । तर बैठकमा नेताहरूले सत्ता गठबन्धन मिलेर अघि बढ्दा पनि एमाले पहिलो पार्टी बन्ने दाबी गरे । सचिवालय बैठक र पोलिटब्युरो बैठकमा पनि नेताहरूले एमालेको अवस्था कमजोर नभएको रिपोर्टिङ गरेका थिए।

ओलीका अपराधलाई जनतासमक्ष लैजान्छु: नेपाल

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीका साइबर सेनाहरुले झुटो प्रचार गर्दा आफ्नो र पार्टीका नेताहरुको निन्द्रा खराब भएको बताएका छन्।

सवारी दुर्घटनाको छानविन विषयमा एमाले रौतहट दुई खेमामा विभाजित

सवारी दुर्घटनामा परी गत हप्ता दुई जनाको मृत्यु भएको विषयलाई लिएर नेकपा एमाले रौतहट दुई खेमामा विभाजित भएको छ।

दलहरुको गठबन्धन जोडघटाउ

स्थानीय तहको निर्वाचन २०७४ लाई फर्केर हेर्दा यसपटक गठबन्धन नै नगरी दलहरू मैदानमा जाने हो भने नेकपा एमाले बलियो देखिन्छ। तर पाँचदलीय गठबन्धनका साझा उम्मेदवारसँग प्रतिस्पर्धा गर्ने हो भने एमालेको अवस्था कमजाेर हुने देखिन्छ। यो पाँच वर्षअघि दलहरूले प्राप्त गरेको मतलाई आधार मानेर गरिएको विश्लेषण हो।

हामी एक्लै चुनाव जित्छौंः ओली

‘गठबन्धन दलहरूलाई एक्लाएक्लै चुनावमा गए एमालेले कर्‍याककुरुक बनाउनेछ। एक्लाएक्लै आए भने त कर्‍याकमर्‍याक हुन्छन्। सबै पाँचै दल मिलेर आए पनि हामी कर्‍याककुरुक बनाउँछौं’, ओलीले भने।

एमाले सचिवालय बैठक आज दिउँसो ३ बजे बस्दै

बैठकमा केन्द्रीय कमिटी र पोलिटब्युरो बैठकको मिति र एजेण्डा तय गर्नेबारे छलफल हुने पार्टी उपाध्यक्ष युवराज ज्ञवालीले जानकारी दिए।

रणनीति बनाउँदै एमाले

पार्टी केन्द्रीय कार्यालयमा सोमबार बसेको बैठकमा पार्टीको सम्पूर्ण ध्यान आगामी निर्वाचनमा केन्द्रित गर्ने विषयमा छलफल भएको छ। ‘केन्द्रीय सचिवालय बैठकमा स्थानीय तहको निर्वाचनसम्बन्धी अजेन्डा बन्न सक्छ। अब पार्टीको ध्यान स्थानीय तहको निर्वाचनमा केन्द्रित हुनेछ’, प्रचार विभाग उपप्रमुख विष्णु रिजालले भने। महासचिव शंकर पोखरेलको अध्यक्षतामा बसेको बैठकमा स्थानीय तहको निर्वाचन तथा केन्द्रीय कमिटीको बैठकसम्बन्धी विषयमा छलफल भएको थियो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्