६ आश्विन २०८१ आइतबार
image/svg+xml

संसद्मा पार्टी नीतिविपरीत रावल

‘राष्ट्रिय स्वाधीनता, भौगोलिक अखण्डता पार्टीभन्दा माथिका विषय हुन्। यो विषयमा बोल्दा पार्टीसँग अनुमति लिइरहनुपर्दैन।’

अहिलेको सरकार जरा बिनाको मुला हो: केपी ओली

पूर्व प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिलेको सरकारलाई बालुवामा राखेको नक्कली मुलाको संज्ञा दिएका छन्।

चुनाव चिन्ह हरियो स्वीकार्य छैन, रातो बनाउनुपर्छ: ओली

ओलीले हरियो चिन्ह हुँदैमा रुख नव्यूँतने भए पनि आफूहरूलाई हरियो चिन्ह मान्य नरहेको स्पष्ट पारे। ‘काँग्रेस जिताउन चुनाव चिन्ह हरियो बनाउने प्रयास गरिंदैछ‘ उनले भने, 'हरियो चिन्ह हामीलाई मान्य छैन चुनाव चिन्ह रातो बनाउनुपर्छ।’

एमसीसीलाई समर्थन गर्नेहरू राष्ट्रिय गद्दार हुन्: भीम रावल

आइतबारको प्रतिनिधिसभा बैठकमा सैद्धान्तिक छलफलमा भाग लिँदै उनले नेपालको स्वातन्त्रता, राष्ट्रयता र स्वाधिनतामा आघात पुग्ने भन्दै यसलाई पास गर्न नहुने बताए।

गठबन्धनले आफ्ना कार्यकर्ता परिचालन गरेर प्रहरीमाथि लाठीचार्ज गराएः केपी ओली

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ गठबन्धन आफैंले आफ्ना कार्यकर्ता परिचालन गरेर प्रहरीमाथि लाठीचार्ज गराएको आरोप लगाएका छन्।

एमसिसीमा सभामुखको भूमिका ‘अस्वाभाविक’

यतिबेला सभामुख अग्निप्रसाद सापकोटाको भूमिकामाथि प्रश्न उठिरहेको छ। उनी संसद्को कार्यकारी अधिकार आफूमा निहित रहेको प्रतीत हुनेगरी प्रस्तुत भइरहेका छन्। प्रधानमन्त्री शेरबहादुर देउवाले एमसिसीको प्रस्ताव सदनमा राख्न खोज्दा सबैभन्दा बढी बाधक सभामुख देखिएका छन्।

अब हामी जनअदालत चलाउँछौं : ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अब सर्वोच्च अदालत नभइ जनअदालतको निर्णयमा नेकपा एमाले जाने बताएका छन्।

नेताहरुको प्रतिक्रियाः एमसीसी संशोधनबिना संसदबाट पारित गर्न नदिने, गठबन्धन टुट्नु अनिवार्य

एमसीसी सम्झौता केवल करार सम्झौता मात्रै भएकाले नेपालको संसदले अनुमोदन गर्नु आवश्यक नरहेको उनले बताए।

एमसीसीबारे सत्तारूढ गठबन्धनको ठोस धारणा आउनुपर्छः वरिष्ठ नेता पोखरेल

स्थानीय तह निर्वाचनलाई लक्षित गरी आजदेखि जनकपुरधाममा सुरु भएको नेकपा एमालेको मधेश प्रदेशस्तरीय प्रशिक्षण तथा अभिमुखीकरण कार्यक्रममा उनले गठबन्धनमा रहेका दलहरूको एमसीसीबारे फरक–फरक धारणा आइरहेकाले एउटा ठोस धारणा आउनुपर्ने बताए।

झुटो बोलेको भन्दै एमालेले माग्यो स्वास्थ्यमन्त्री खतिवडाको राजीनामा

एमालेको विज्ञप्तिमा भनिएको छ, 'यति झुट बोल्ने व्यक्ति नैतिक रुपमा मन्त्री पदमा बसिरहन अनुचित हुने भएकाले तत्काल राजीनामा गर्न हाम्रो पार्टी माग गर्दछ। साथै, आफ्ना मन्त्रीको यस्तो गैरजिम्मेवार अभिव्यक्ति र व्यवहारप्रति संवेदनशील हुँदै उहाँलाई मन्त्री पदबाट बर्खास्त गर्न प्रधानमन्त्रीको गम्भीर ध्यानाकर्षण गराउँछौँ।'

एमाले सांसदको हस्ताक्षर संकलन

एमाले संसदीय दलले सांसदहरूको हस्ताक्षर संकलन गरेर राखेको हो। ‘हामीले सोमबार ६ ठाउँमा हस्ताक्षर गरेका छौं। जहाँजहाँ उपयुक्त हुन्छ, त्यहाँत्यहाँ प्रयोग गर्ने नेतृत्वलाई अधिकार पनि दिएका छौं,’ एक सांसदले भने। दलको बैठकले आवेशभन्दा पनि सोचविचार गरेर अघि बढ्नुपर्ने भन्दै त्यसबारे निर्णय गर्ने सबै अधिकार शीर्ष नेतृत्वलाई दिएको हो।

‘काउन्टर’ प्रस्ताव ल्याउने तयारीमा एमाले

सचिवालय बैठकमा अध्यक्ष ओलीले एमालेमाथि गम्भीर षड्यन्त्र भएको र यसले लोकतन्त्रलाई नै कमजोर बनाउने भएकाले चार न्यायाधीशलाई महाभियोग लगाउनुपर्ने बताएका थिए। बैठकमा सहभागी सदस्यले प्रधानन्यायाधीशलाई महाभियोग लगाउँदा न्यापालिकामाथि कार्यपालिका हाबी भएको भन्दै आपत्ति जनाएका थिए।

प्रधानन्यायाधीशका पक्षमा एमाले, महाभियोग प्रस्तावको प्रतिवाद गर्ने सचिवालयको निर्णय

बैठकले सत्ता गठबन्धनले नेपालमा नियन्त्रित अस्थिरता सिर्जना गर्ने उद्देश्यबाट महाअभियोग प्रस्ताव ल्याएको आरोप लगाएको छ।

एमालेले निष्कासन गरेका माधव नेपालसहित १४ सांसदको कारबाही रिटमा आज सुनुवाइ

माधव नेपालसहित १४ सांसदलाई कारबाहीको माग गर्दै सर्वोच्च अदालतमा परेको रिट निवेदनमा आज सुनुवाइ हुँदैछ।

प्रचण्डले एमसीसीबारे झिल्केमिल्के कुरा गरेर देशलाई गम्भिर नोक्सान पुर्‍याउने गरे: ईश्वर पोखरेल

पूर्वउपप्रधानमन्त्री समेत रहेका वरिष्ठ उपाध्यक्ष पोखरेलले जनतालाई अलमल्याउने गरी एमसीसीबारे झिल्केमिल्के कुरा गरेर देशलाई गम्भिर नोक्सान पुर्‍याउने काममा अध्यक्ष दाहाल लागि परेको बताएका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्