६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
राजनीति

गठबन्धनले आफ्ना कार्यकर्ता परिचालन गरेर प्रहरीमाथि लाठीचार्ज गराएः केपी ओली

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ गठबन्धन आफैंले आफ्ना कार्यकर्ता परिचालन गरेर प्रहरीमाथि लाठीचार्ज गराएको आरोप लगाएका छन्।

अध्यक्ष ओलीले प्रहरीमाथि प्रर्दशनकारीहरुले ढुंगा प्रहार गर्दा पनि, बाटो भत्काउँदा पनि केही नगर्न प्रहरीलाई किन आदेश दिएको भनेर गृहमन्त्री बालकृष्ण खाँणलाई प्रश्न समेत गरे। सोमबार काठमाडौंको दहचोकस्थित काजी कालु पाँडेको समाधिस्थलमा आयोजित एक कार्यक्रममा बोल्दै उनले आफूले त्यस सम्बन्धमा गृहमन्त्री खाँणसँग फोन संवाद गरेको उल्लेख गर्दै सत्ताधारी गुटले आफ्ना कार्यकर्तालाई सडकमा ढुंगा हान्न पठाएर दोहोरो चरित्र देखाएको बताए।

अध्यक्ष ओलीले आन्दोलनको नाममा सडकमा इँटा हान्ने, तोडफोड गर्ने तर केही पनि नगर्नु भनेर सत्तारुढ दलहरुले नै आदेश दिएको भन्दै आक्रोश व्यक्त गरे। उनले एमसीसी सम्झौंता गर्ने, त्यसलाई संसदमा टेवल गर्नेमाथि सडकमा आन्दोलन गर्नेहरुले विरोध समेत नगरेको चर्चा गर्दै आपत्ति जनाए। 

एमसीसी संसदमा टेवल गर्न समेत सत्तारुढ दलहरुले षडयन्त्र गरेको अध्यक्ष ओलीको दावी थियो। उनले एमसीसीबारे सत्तारुढ दलहरुले दोहोरो–तेहोरो चरित्र देखाईरहेको पनि दोहो¥याए। उनले सत्तारुढ नेकपा (एकीकृत समाजवादी)मा आवद्ध विद्यार्थी संगठन अनेरास्ववियू क्रान्तिकारीको नामै लिएर बाटो भत्काउनेहरुलाई क्रान्तिकारी भन्न नमिल्ने बताए।

त्यस अवसरमा अध्यक्ष ओलीले काजी कालु पाँडेजस्ता पूर्वजहरुले नेपालको एकीकरणमा महत्वपूर्ण योगदान दिएको उल्लेख गर्दै उनीहरुको बुद्धि विश्लेषण, बहादुरी र वीरताको सदा सम्मान गर्ने बताए। उनले नेपालको एकीकरणमा पृथ्वीनारायण शाहको योगदान उल्लेखनीय रहेपनि कीर्तिपुरमाथिको आक्रमणको क्रममा गल्ती गरेको दावी गरे। अध्यक्ष ओलीले इतिहासको तथ्यलाई स्मरण गर्दै राष्ट्र निर्माणको अभियानमा आफूहरु प्रतिवद्ध भएर लागिपर्ने पनि बताए। 

प्रकाशित: ९ फाल्गुन २०७८ ११:१८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App