१६ वैशाख २०८१ आइतबार
image/svg+xml
राजनीति

एमसीसीलाई समर्थन गर्नेहरू राष्ट्रिय गद्दार हुन्: भीम रावल

नेकपा एमालेका नेता भीम रावलले अमेरिकी सहायता परियोजना (एमसीसी) राष्ट्रघाती भएको भन्दै प्रतिनिधिसभाबाट अस्वीकार गर्न आग्रह गरेका छन्। आइतबारको प्रतिनिधिसभा बैठकमा सैद्धान्तिक छलफलमा भाग लिँदै उनले नेपालको स्वातन्त्रता, राष्ट्रयता र स्वाधिनतामा आघात पुग्ने भन्दै यसलाई पास गर्न नहुने बताए।

प्रतिनिधिसभामा होहल्लाका बीचमा एमसीसी सम्झौता पेश हुनु आपत्तिजनक भएको उनले बताए। 'एमसीसीलाई संसद्‍मा पेस गर्नु नै देशको अपमान हो। देश र जनताप्रति धोका हो। यसमा जजसले समर्थन गर्छन् उनीहरू राष्ट्रिय गद्दार हुनेछन्,' नेता रावलले भने।

एमसीसी राष्ट्रघाती भएको भन्दै एमसीसी सम्झौतालाई संसद्‍बाट अस्वीकार गरियोस् भनी उनले सबै समक्ष आह्वान समेत गरेका थिए।

प्रकाशित: १५ फाल्गुन २०७८ ०९:५३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App