६ आश्विन २०८१ आइतबार
image/svg+xml
राजनीति

एमाले सचिवालय बैठक आज दिउँसो ३ बजे बस्दै

नेकपा एमालेको सचिवालय बैठक आज बस्दै छ। अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा दिउँसो ३ बजे बैठक बस्ने भएको हो। बैठकमा केन्द्रीय कमिटी र पोलिटब्युरो बैठकको मिति र एजेण्डा तय गर्नेबारे छलफल हुने पार्टी उपाध्यक्ष युवराज ज्ञवालीले जानकारी दिए।

दुबै बैठक स्थानीय तह निर्वाचन केन्द्रित विषयमा छलफल गर्न बोलाउन लागिएको उनले जानाकारी दिए। स्थानीय निर्वाचन आउन मुश्किलले दुई महिना बाँकी छ।

निर्वाचन अभियान आक्रमक ढंगले  सञ्चालन गर्न दुबै तहको बैठकबाट थप निर्णय गरेर अघि बढ्ने उपाध्यक्ष ज्ञवालीले बताए।

प्रकाशित: १ चैत्र २०७८ ०३:२९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App