३१ वैशाख २०८१ सोमबार
image/svg+xml
राजनीति

प्रधानमन्त्रीले राष्ट्रिय स्वाभिमानमाथि 'भद्दा मजाक' गर्नुभो: भट्टराई

नेकपा एमाले सचिव योगेशकुमार भट्टराईले औपचारिक विदेश भ्रमणका बेला कुनै एक पार्टीको कार्यालयमा गएर प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालको राष्ट्रिय स्वाभिमानमाथि ‘भद्दा मजाक’ गरेको बताएका छन्।

उनले प्रधानमन्त्री देउवाको यो कार्यबाट नेपालीहरुको स्वाभिमान गिरेको पनि बताए। भारत भ्रमणका रहेका प्रधानमन्त्री देउवाले भारतीय जनता पार्टीको कार्यालयमा गएको विषय अहिले निकै चर्चामा छ।

प्रतिनिधिसभाका सांसद समेत रहेका उनले एमाले ताप्लेजुङले शनिबार आयोजना गरेको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले कुटनीतिक मर्यादा बिर्सेर यो कार्यले मुलुकको स्वाभिमानमाथि गम्भिर आँच पुगेको बताए।

गठबन्धनका नाममा बनेको सरकार देश र जनताको शीर ठाडो पार्न नभएर निहुर्‍याउन लागि परेको उनको भनाइ थियो। भट्टराईले लोकतन्त्र र नेपाली स्वाभिमानको रक्षाका लागि एमाले फेरी शक्तिमा आउनु अनिवार्य रहेको भन्दै त्यसका लागि हिम्मत कसेर चुनावी मैदानमा जान अगुवा कार्यकर्तालाई आग्रह गरे।

गठबन्धनले सरकारको साँचो हातमा लिएदेखि नै मुलुकको अर्थतन्त्र डामाडोल बनेको, महंगीले चरम सीमा नाघेको, रेमिट्यान्स घटेको जस्ता आरोप समेत उनले लगाए।

कांग्रेससंग चुनावी समिकरण गर्न तयार देखिएको माओवादी केन्द्रप्रति लक्षित गर्दै उनले भने ‘के कांग्रेससंगको समिकरणले तपाईंहरुको समाजवादी यात्रा पूरा गर्छ? द्धन्दकालमा टाउकाको मूल्य तोक्नेसंग समिकरण गर्न तयार देखिदाँ तपाइँहरुले टाउकाको मूल्य पाइसक्नु भएको हो?' भट्टराईको थप प्रश्न थियो। भेलालाई पार्टी उपमहासचिव प्रदीप ज्ञवालीले समेत सम्बोधन गर्ने कार्यक्रम रहेको छ।

प्रकाशित: १९ चैत्र २०७८ १०:५७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App