६ आश्विन २०८१ आइतबार
image/svg+xml

एमाले बैठकका चार अजेन्डा

स्थानीय तहको निर्वाचनको समीक्षा गर्न सोमबार नेकपा एमालेको सचिवालय बैठक बस्ने भएको छ। स्थानीय तहको निर्वाचनपछि पहिलोपटक एमालेको औपचारिक रूपमा सचिवालय बैठक बस्न लागेको हो।

सांसदका कुण्ठा

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसद योगेश भट्टराईले ७० वर्ष नाघेपछि चुनाव लड्न नपाउने व्यवस्था गर्ने कुरा फेरि दोहोर्‍याएका छन्।

प्रक्रिया अघि बढाउन एमालेको माग

प्रमुख प्रतिपक्षी नेकपा एमालेले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्धको महाभियोग प्रस्ताव अघि बढाउन माग गरेको छ।

अन्तर्घातीलाई छाडेर भुसालमाथि कारबाही प्रपञ्च

स्थानीय तहको निर्वाचन सकिएपछि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेभित्र घातअन्तरघातको विषयमा अन्तर्विरोध चर्किएको छ।

बलात्कारको हदम्यादबारे संसद्मा दुईथरी मत

प्रतिनिधिसभाको सोमबारको बैठकमा यौन हिंसाविरुद्धका केही ऐनलाई संशोधन गर्न बनेको विधेयकमाथिको सैद्धान्तिक छलफलमा भाग लिँदै अधिकांश सांसदले बलात्कारको हदम्याद राख्न नहुने बताएका छन् भने केही सांसदले भने हदम्याद राख्नुपर्ने बताएका छन्।

आयात घटाएर राजस्व बढ्दैन: ज्ञवाली

नेकपा (एमाले) का सांसद प्रदीपकुमार ज्ञवालीले आयात घटाएर राजस्वमा वृद्धि गर्न नसकिने बताएका छन्।

वडाध्यक्ष हारेका सुनार कार्यपालिका सदस्य निर्वाचित

वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनमा नेकपा एमालेबाट वीरेन्द्रनगर नगरपालिका–१ को वडाध्यक्षमा पराजित गंगाराम सुनार कार्यपालिका सदस्यमा निर्वाचित भएका छन्।

निर्वाचनमा धाँधली भयो: ओली

नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तहको निर्वाचन स्वच्छ र भयरहित वातावरणमा हुन नसकेको बताएका छन्।

‘पार्टीभित्रैबाट अन्तर्घात भयो’

नेकपा एमालेले स्थानीय चुनावमा पार्टीभित्रैबाट अन्तर्घात भएको निष्कर्ष निकालेको छ। एमाले अध्यक्ष केपी शर्मा ओलीले संसदीय दलको बैठकमा स्थानीय निर्वाचनमा पार्टीभित्रबाटै नसोचेको अन्तर्घात भएको तर पार्टीलाई प्राप्त लोकप्रिय मत नघटेको बताएका हुन्।

विजय नगरपालिकामा दोहोरिए एमालेका अध्यक्ष र उपाध्यक्ष

कपिलवस्तुको विजयनगर गाँउपालिकामा नेकपा एमालेका अध्यक्ष र उपाध्यक्ष दोहोरिएका छन्। २०७४ को निर्वाचनमा समेत दुवैले जितेका थिए।

काठमाडौं महानगरमा ५ वटा वडामा एमालेले जित्यो, यी वडामा स्थापितले पाए आधा मत

काठमाडौं महानगरपालिकामा मतगणना सकिएको पाँच वटै वडामा नेकपा एमालेका वडा अध्यक्षका उम्मेदवारहरू निर्वाचित भएका छन्।

अन्ततः नौ महिनादेखिको एमालेको संसद अवरोध हट्यो

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले करिब नौ महिनाअघि संसदमा सुरु गरेको आन्दोलन फिर्ता लिने निर्णय गरेको छ।

कांग्रेसले भत्कायो एमालेको गड

दैलेखमा यसपटकको निर्वाचनमा मत परिणाम २०७४ सालको स्थानीय तह निर्वाचन भन्दा ठिक उल्टो आएको छ। एमालेले जितेको पालिकाहरुमा कांग्रेसले बाजी मारेका छन्। जसले गर्दा कांग्रेसका उम्मेदवारले एमालेको गड भत्काउँदै विजयी भएका हुन्।

विजयी घोषणा भएका वडा सदस्य हारेपछि...

आइतबार अपरान्ह साझ ४ बजे एमालेका गुलरिया नेकपा एमालेबाट नगरपालिका ४ का वडा सदस्य खुला सदस्यमा अजमेयर अलि नाउँ निर्वाचित भएको घोषणा भयो।

मेलौलीको मेयरमा माओवादीका चन्द र उपमेयरमा कांग्रेसका विष्ट विजयी

बैतडीको मेलौली नगरपालिकाको मेयरमा नेकपा माओवादी केन्द्रका भीमबहादुर चन्द (भुकम्प) विजयी भएका छन्। गएको स्थानीय तहको निर्वाचनमा कांग्रेसले जितेको नगरपालिकामा माओवादीका चन्दले जितेका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्