२३ असार २०८१ आइतबार
image/svg+xml
राजनीति

वडाध्यक्ष हारेका सुनार कार्यपालिका सदस्य निर्वाचित

वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनमा नेकपा एमालेबाट वीरेन्द्रनगर नगरपालिका–१ को वडाध्यक्षमा पराजित गंगाराम सुनार कार्यपालिका सदस्यमा निर्वाचित भएका छन्।

बुधबार सम्पन्न भएको कार्यपालिका सदस्य निर्वाचनमा उनी दलित समुदायबाट निर्वाचित भएका हुन्। वडाध्यक्षमा नेपाली कांग्रेसबाट उम्मेदवार बनेका दिनेश खत्रीसँग सुनार पराजित भएका थिए। पराजित सुनारलाई कार्यपालिका सदस्यमा एमालेले उम्मेदवार बनाएको थियो।

सुनारसहित नगर कार्यपालिकाका पाँचै जना सदस्य एमालेबाट निर्वाचित भएका छन्। बुधबार भएको मतदानमा एमाले उम्मेदवारले समान ५४ मत प्राप्त गरेका थिए भने कांग्रेस उम्मेदवारले २८ मत प्राप्त गरेका थिए।

कार्यपालिका सदस्यमा महिलातर्फ टीका गुरुङ, तृप्ती विक, यमुना नेपाली, सिता चौधरी र लक्ष्मी चौधरी निर्वाचित भए। दलित कार्यपालिका सदस्यतर्फ सुनार र रचना बाठा निर्वाचित भए भने अल्पसंख्यकतर्फ नवराज गुरुङ निर्वाचित भए।

प्रकाशित: १८ जेष्ठ २०७९ ११:५१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App