१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

सांसदका कुण्ठा

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसद योगेश भट्टराईले ७० वर्ष नाघेपछि चुनाव लड्न नपाउने व्यवस्था गर्ने कुरा फेरि दोहोर्‍याएका छन्। उनले २०७४ सालको प्रतिनिधिसभाको निर्वाचनअघि पनि यही कुरा बताएका थिए।

बुधबार प्रतिनिधिसभाको बैठकमा मन्त्रालयगत बजेटमाथिको छलफलमा भाग लिँदै उनले ७० वर्ष नाघेपछि राज्यका कुनै पनि निकायमा चुनाव लड्न नपाउने व्यवस्था गर्नुपर्ने बताए। ५८ वर्षमा कर्मचारीले अवकाश पाउने प्रणाली बनाएको उल्लेख गर्दै उनले भने, ‘७० वर्षपछि राज्यका कुनै पनि निकायमा चुनाव लड्न नपाउने व्यवस्था किन नगर्ने ?’

उनको यो भनाइलाई विश्लेषकहरूले त्यति सकारात्मक रूपमा लिएका छैनन्। नयाँ राजनीतिज्ञ उत्पादन नै खराब स्कुलिङबाट भएकाले युवा राजनीतिक नेताहरूले पनि देशलाई सही दिशामा लैजानेमा आशंका व्यक्त गरेका छन्।

यता, सत्तारुढ कांग्रेसका सांसद अमरेशकुमार सिंहले उपसभामुख पद खारेजीको माग राखेका छन्। प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले उपसभामुख पद आवश्यक नभए खारेज गर्नु उपयुक्त हुने बताएका हुन्। उपसभामुख राख्दा राज्यको धेरै खर्च हुन्छ भने त्यो पद किन राख्ने भन्दै उनले खारेज गर्न माग गरे।

गत २०७६ माघ १२ देखि उपसभामुख पद खाली छ। एमाले सांसद खगराज अधिकारीले त्रिभुवन विश्वविद्यालयमा लामो समयसम्म तालाबन्दी हुनुमा गृहमन्त्री दोषी भएको आरोप लगाएका छन्। उनले गृहमन्त्रीको ठाडो निर्देशनमा त्रिविमा तालाबन्दी गरिएको आरोप लगाए।

प्रकाशित: २६ जेष्ठ २०७९ ०५:०८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App