५ आश्विन २०८१ शनिबार
image/svg+xml

शव व्यवस्थापनमा गम्भीर लापरबाही

मापदण्ड उल्लंघन गरेर मलामी गएकोबारे आलोचना भएपछि बिहीबार उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहतासहितको टोली मृतकको परिवारलाई भेट्न घर पुगेको थियो। प्रतिष्ठानका डाक्टरले सुरक्षा मापदण्ड अपनाएर शव लैजान भनेपछि परिवारले लगेको उनले बताए।

धरानमा संक्रमितको शव व्यवस्थापनमा लापरबाही, ५० भन्दा बढी गए मलामी

धरानमा कोरोना संक्रमित व्यक्तिको शव व्यवस्थापनमा लापरबाही भएको पाइएको छ। वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड १९ अस्पतालमा बुधबार राती मृत्यु भएका संक्रमितको शव अन्येष्टीमा प्रोटोकल उल्लंघन गरि ५० भन्दा बढी मलामी सहभागी भएको पाइएको छ।

बुटवलमा हत्या गरी बाग्लुङ लगेर गाडीयो शव

'शवसँगै भएको व्यावसायिक कागजातका आधारमा अनुसन्धान गर्दा व्यवसायमा साझेदारी गर्दै आएका ढोरपाटन–२ रिनाम घर भई बुटवलमा बस्यालसँगै व्यवसाय गर्ने मित्रलाल खनाललाई इलाका प्रहरी कार्यालय बुटवले बिहीबार पक्राउ गरेको छ, आर्थिक लेनदेनका कारण हत्या गरेको स्वीकार गरे पनि एक्लैले हत्या गरी शव बागलुङ ल्याउन मुस्किल हुन्छ, थप अनुसन्धान भइरहेको छ।'

पहिचान नखुलेका शवको कम्तीमा २० वर्ष अभिलेख राख्न निर्देशन

प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिले बेवारिसे वा पहिचान नखुलेका शवको कम्तीमा २० वर्षसम्म अभिलेख राख्न सरकारलाई निर्देशन दिएको छ।

खुट्टा बाँधेर गाडिएको अवस्थामा शव फेला

खोल्साको छेउमा खुट्टा बाँधेर ढुङ्गाले छोपेर जमिनमुनि गाडिएको अवस्थामा शव फेला परेको इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रमुख प्रहरी निरीक्षक जयराम वन्तले जानकारी दिए।

काठमाडौंको नयाँ बसपार्कको होटलमा युवकको शव भेटियाे

काठमाडौंको नयाँ बसपार्क नजिक मित्रनगरमा रहेकाे गोदावरी सन्तोषी गेष्टहाउसमा एकजना युवकको शव फेला परेको छ।

देशव्यापी प्रदूषणले सास फेर्नै गाह्रो

नेपालका ६० जिल्लामा लागेको डढेलो र अन्य कारणले राजधानी काठमाडौंमा मात्र होइन, कर्णालीको मुगुमा समेत प्रदूषण उच्च तहमा पुगेको छ। वातावरण विभागको तथ्यांकअनुसार रारा तालनजिकै राखिएको प्रदूषण मापन स्टेसनले गत २४ घण्टाको सरदर एक्युआई २१० पुगेको देखाएको छ। एक्युआई २०० देखि ३०० सम्म रहेको अवश्थालाई जनस्वास्थ्यमा पर्ने प्रभावका हिसाबले ‘अत्यन्त अस्वस्थकर’ मानिन्छ।

कर्णाली नदीमा बेवारिसे अवस्थामा शव फेला

‘शव चिन्न नसक्ने अवस्थामा छ,’ जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी निरीक्षक भिमदत्त जोशी भने, ‘कंकाल मात्र छ। शव कसको हो भन्ने एकीन हुन सकेको छैन।’

बेपत्ता बालकको शव फेला

रञ्जत शारीरिक अपांगता भएका बालक थिए। घरभन्दा करिब चार घन्टा टाढा रहेको अप्ठ्यारो भिरमुनि खोलामा भेटिएको हो। खोलामा शव फेला परेपछि स्थानीयले परिवारलाई पहिचानका लागि खबर गरेका थिए।

सेती नदीमा भेटिएको शवको पहिचान हुन सकेन

सेती नदीमा आइतबार भेटिएको शव पहिचान गर्न कठिन भएको छ। अन्दाजी ४०/५० वर्ष देखिने पुरुषको पहिचान हुन नसकेको इलाका प्रहरी कार्यालय बेलचौताराले जनाएको छ। स्थानीयवासीले नदी किनारमा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए।

कर्णाली नदीमा हामफालेर बेपत्ता भएका थप दुई शव फेला

कर्णाली नदीमा हामफालेर बेपत्ता भएका पाँच मध्ये थप दुईको शव फेला परेको छ। श्रीमानसँगको विवादका कारण दैलेखको आठबीस नगरपालिका–३ निमायलकी सुनिता बढुवालले चार छोराछोरीसहित साेमबार कर्णालीमा हामफालेकी थिइन्।

महिला दिवसकै दिन चार छोराछोरीसहित आत्महत्या, हात बाँधिएको अवस्थामा शव फेला

अन्तर्राष्ट्रिय महिला दिवस मनाइरहँदा दैलेखको आठबीस नगरपालिकाकी एक महिलाले घरेलु हिंसाका कारण चार छोराछोरीसहित कर्णाली नदीमा हामफालेर आत्महत्या गरेकी छन्। आठबीस नगरपालिका–३ निमायलकी ३५ वर्षीया सुनिता बडुवालले १५ वर्षीया छोरी कल्पना, १२ वर्षीया छोरी सरिता, १९ वर्षीय छोरा ललित र सात वर्षीया छोरी रजनीसहित कर्णाली नदीमा हामफालेर आत्महत्या गरेको आशंका प्रहरीको छ।

रुखमा झुण्डिएको अवस्थामा पुरुषको शव फेला

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक अमर गजमेरका अनुसार उक्त शव स्थानीयवासी ५० वर्षीय रामकृष्ण बलामीको रहेको बुझिएको छ।

भागरथी भट्टको शव आफन्तले बुझे

बलात्कारपछि हत्या गरिएकी दोगडाकेदार गाउँपालिका–७, चडेपानीकी १७ वर्षीया किशोरी भागरथी भट्टको शव आफन्तले बुझेका छन् । जिल्ला प्रशासन कार्यालय, बैतडीमा शुक्रबार भएको छलफलपछि आफन्तले जिल्ला अस्पताल, बैतडीको शवगृहमा रहेको शव बुझेका हुन् । उनको दशरथचन्द नगरपालिका–६ सेराको महाकाली नदीमा अन्तिम संस्कार गरिन लागेको भागरथीका दाई केशव भट्टले बताए ।

भागरथीको अन्त्यष्टि अझै भएन

बैतडी दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी १७ वर्षीया किशोरी भागरथी भट्टको बलत्कार पछि हत्या भएको डेढ साता बितेको छ । हत्यारा पत्ता नलागेसम्म शव नबझ्ने आफन्तको अडान लिएपछि उनको अझै अन्त्यष्टि हुन सकेको छैन ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्