१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

कर्णाली नदीमा बेवारिसे अवस्थामा शव फेला

मुगुको मुगुमकार्मारोङ गाउँपालिका–५ लादेगाडास्थित कर्णाली नदीमा एकजनाको बेवारिसे अवस्थामा शव भेटिएको छ। महिला, पुरुष छुट्याउन नसकिने अवस्थामा शव भेटिएको प्रहरीले जनाएको छ। 

‘शव चिन्न नसक्ने अवस्थामा छ,’ जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी निरीक्षक भिमदत्त जोशी भने, ‘कंकाल मात्र छ। शव कसको हो भन्ने एकीन हुन सकेको छैन।’ केही पहिला एकजना हराएको भन्ने सूचना आएकाले भेटिएको शवको डिएनए परीक्षण गरिने उनको भनाइ छ।

प्रकाशित: २१ चैत्र २०७७ ११:२४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App