२३ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

भागरथीको अन्त्यष्टि अझै भएन

भागरथी हत्या प्रकरण

बैतडी दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी १७ वर्षीया किशोरी भागरथी भट्टको बलत्कार पछि हत्या भएको डेढ साता बितेको छ । हत्यारा पत्ता नलागेसम्म शव नबझ्ने आफन्तको अडान लिएपछि उनको अझै अन्त्यष्टि हुन सकेको छैन । उनको शव जिल्ला अस्पतालको शव गृहमा राखिएको छ । दोषीले उन्मुक्ती पाएर भागरथीले न्याय पाउँदिनन् भनेर आफन्तले अपराधी पक्राउ नपरे सम्म शव नबुझ्ने अडान लिएका हुन् । हिन्दू संस्कार अनुसार मृत्यु भएकाको बिधिपुर्वक अन्त्यष्टी गरेर १३ दिनमा काज किरियाको काम गरि सिध्याईने गरिन्छ । हत्यारा पत्ता लाग्न नसकेको कारण भागरथीको हत्या गरिएको १४ दिन सम्म पनि अन्त्यष्टिसमेत हुन सकेको छैन् । भागरथीको बलत्कार र हत्या गर्ने व्यक्तीको वारेमा प्रहरीले ठोस प्रमाण फेला पारि नसकेकाले अझै भागरथीको शव कति दिन सम्म अस्पतालमै रहन्छ र उनको अन्त्यष्टि कहिले हुन्छ भन्ने कुरा अन्यौल नै रहेको छ । प्रहरीले अनुसन्धानमा लापरवाही नगरोस र जसरी पनि दोषी पत्ता लगाओस भनेर आफन्तले शव नबुझ्ने अडान लिएको बताएका छन । ‘निर्मलाको न्यायका लागी त्यतीधेरै अवाज उठेर पनि न्याय पाएन्, हामी अरु के गर्न सक्छौं, छोरीको हत्यारा कुनै हालतमा पनि उन्मुक्ती नपाओस भनेर शव नबुझेका हौं’भागरथीका काका शंकरदत्त भट्टले भने ।

माघ २१ गते विद्यालय गएकी भागरथी साँझ घर नफर्केपछि खोजी गर्दा दोश्रो दिन माघ २२ गते साँझ ५ बजे लवलेक सामुदायिक बनमा कच्चीवाट वाट ५० मिटर तल उनको शव फेला परेको थियो । माघ २३ गते उनको शव जिल्ला अस्पताल बैतडी लगिएको थियो । उनको पोष्टमार्ट रिपोर्टमा बलत्कार पछि घाँटी थिचेर हत्या गरिएको अनुसन्धानले देखाएको छ ।

‘अपराधी पक्राउ नपरेसम्म छोरीको आत्माले कसरी शान्ती पाउलाँ रु मेरो आत्मालाई पनि शान्ति हुँदैन । अपराधी नउम्कियोस भनेर शव नुझेका हौं’भागरथीको आमा द्रौपतीले भनिन् । भागरथीको आमा द्रौपतीका आँखा ओभाएका छैनन् । यतिबेला छोरीको बियोगमा बिलौना गर्छिन् । दुई महिना अघि मात्र उनका श्रीमानको मृत्यु भएको थियो । श्रीमानको वियोगमा रहेकी उनलाई भागरथीको घटना बज्रपात भएर आयो । ‘अपराधी पक्राउ परेको खवर सुनेमा आमाको पिडा केहि कम हुन्थ्यो कि ?’भागरथीको दिदी पार्वती भट्टले भनिन् ।

शव राख्न समस्या

सुदूरपश्चिम प्रदेशमा नै आधुनिक स्वास्थ्य उपकरण लगायतको सुविधाको अभाव छ । त्यसैमा पहाडी जिल्ला सवैको अवस्था अझ कमजोर छ । अपराधी पत्ता नलागेसम्म शव नबुझ्ने भागरथीका आफन्तको अडानका कारण उनको शव सुरक्षित राख्न समस्या भएको अस्पातलका चिकित्सकले बताएका छन । ‘अहिले काठको वाकसमा राखेका छौं, प्रत्येक दिन आईस हाल्ने गरिएको छ’ अस्पताल प्रमुख डा.वसन्तराज जोशीले भने, ‘चिसो तापक्रममा शव राख्ने हामीसँग कुनै व्यवस्था नहुदाँ समस्या भएको छ ।’ पोष्टमार्टमा गरेको शव अझ बढी छिटो सड्ने गर्छ । अवको एकसाता पछि यहि अवस्थामा शव पुरै बिग्रने उनको नभइ छ ।  ‘अबको एकसाता सम्म पनि शव बुझेनन् यहि शवसुरक्षित रहदैन’, उनले भने ।

आफन्तलाई शव बुझ्न आग्रह गर्दा पनि बुझ्न नमानेको प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले बताएका छन्। घटनाको छानबिनको लागि आवश्यक रिपोर्ट चिकित्सकले लिइसकेकाले शव बुझ्न आग्रह गरेको उनले बताए । आफन्तले शव बुझ्न नमानेपछि प्रमुख जिल्ला अधिकारीले जिल्लास्थिति राजनीतिक दलहरुसँग समन्वय गरिदिन आग्रहसमेत गरेका छन् । तर पनि आफन्तले शव नबुझ्ने अडान कायम राखेका छन् ।

बलत्कार र हत्या भएको दुईसाता सम्म निर्मला पन्त जस्तै भागरथीको हत्या पनि रहस्यमै रहेका अपराधीले उन्मुक्ती पाउने कुरामा आफन्त र स्थानिय निराश बनेका छन् । छिट्टै दोषीलाई कानुनी दायरामा ल्याउने बिश्वासमा रहेका आफन्त भागरथीको बलात्कारपछि हत्यामा संलग्न दोषी दुईसाता सम्म पक्राउ नपर्दा निरास भएका छन ।  

कञ्चनपुरकी निर्मला पन्तकै अवस्था दोहोरिने चिन्ता आफन्तले गरेका छन् । प्रहरीले अनुसन्धान सकरात्मक तर्फ अघि बढेको बताएपनि अहिले सम्म हत्यारा पत्ता लगाउने ठोस प्रमाण प्रहरीले पाउन सकेको छैन । नेपाल प्रहरी सुदूरपश्चिम प्रदेशका प्रवक्ता  वरिष्ठ प्रहरी उपरिक्षक मुकेश सिंहले शुरु देखि नै प्रहरीले ठिक प्रक्रियावाट ठिक ट्रयाकमा अनुसन्धान थालेकाले सकरात्मक रुपमा अघि बढेको र केही दिनमा अपराधी पत्ता लाग्ने बताए । ‘हामीले केहि व्यक्तीलाई शंकाको घेरामा राखेर निरगानीमा राखेका छौं’, उनले भने,‘तथ्य र प्रमाणले अहिले सम्म पुष्टि भैसकेको छैन, पुष्टि हुने बित्तिकै पक्राउ गरेर कारवाही अघि बढाउन्छौं ।’ २ सय भन्दा बढी व्यक्ती सँग सोधपुछ गरिसकेपनि अहिले सम्म कसैलाई पक्राउ नगरेको उनी बताउँछन् । 

प्रकाशित: ४ फाल्गुन २०७७ ११:३८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App