६ आश्विन २०८१ आइतबार
image/svg+xml

उखु किसान र सरकारबीच सहमति, २१ दिनभित्र बक्यौता पाउने

उखु किसानलाई २१ दिनभित्र बक्यौता दिने सहमति भएको छ। सोमबार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा आन्दोलनरत किसानसँग भएको वार्तापछि बक्यौता रकम हस्तान्तरण गर्ने सहित ४ बुँदे सहमति भएको हो।

विकसित राजनीतिक घटनाक्रमले उखु किसानको आन्दोलन अन्योलमा

किसानले मूल्य माग्दै बसेको त्यही माइतीघर सडकमा शुक्रबार भने फरक दृश्य देखियो। जुन सरकारसँग उखु किसानले मूल्य माग गरेका थिए, त्यही सरकारका शीर्ष नेताहरू राजनीतिक मूल्य खोज्दै सडकमा ओर्लिए। राजीतिक मुद्दामा अठ्ठिएको सरकारबाट गरिब अब किसानले मूल्य कसरी पाउलान् ?

चिनी उद्धोगको दादागिरीले आजित किसान, बरु खेत बाँझै राख्छौं उखु लगाउँदैनौ

नवलपरासीको प्रतापपुर ७ सुर्यपुराका सुरेन्द्र यादवले पोहोर एक बिगाहाको उखु मासेर अन्नबाली लगाए। यसपाली थप एक बिगाहाको उखु मासेर केरा लागाउने तयारीमा छन्।

महासचिव प्रियंका गान्धीसहित भारतीय कांग्रेस नेतालाई दिल्ली प्रहरीले नियन्त्रणमा लियो

भारतमा राष्ट्रपतिलाई ज्ञापनपत्र बुझाउन गएका त्यहाँका कांग्रेस नेतालाई दिल्ली प्रहरीले नियन्त्रणमा लिएको छ। जसमा पार्टीका महासचिव प्रियंका गान्धीसमेत छन्।

देशमा किसान आन्दोलन चर्किरहेका बेला भारतीय गृहमन्त्रीलाई किसानकै घरमा मेजमानी

गृहमन्त्री शाह, बंगाल भारतीय जनता पार्टीका अध्यक्ष दीलीप घोष, कैलाश विजयवर्गीसहितको समूहले किसानको घरमा पुगेर खाना खाएको हो।

उपेक्षामा उखु किसान

कवि दैवज्ञराज न्यौपानेका कवितांशलाई उखु किसानको दुःखमा घोलेर मिसाएको नारासहितको ब्यानर लिएका उखु किसानको तस्बिरले मलाई चसक्क छोयो । जनवादी सरकारमा किसान होइन, माफिया अटेपछि चोर व्यापारीलाई ल्याएर किन थुन्दैन सरकार ? तिम्रा साम्यवादका पर्दा अब यिनै किसानले च्यात्नेछन्।

उखु किसानको पैसा नतिरेपछि हितेश गोल्छा, विशाल अग्रवाल लगायतलाई पक्राउ पूर्जी

रौतहटका उखु किसानहरुले रौतहटको गरुडास्थित श्री राम सुगर मिल्स लिमिटेडका सञ्चालकहरुले उखुको रकम भुक्तानी नगरेको भन्दै जिल्ला प्रहरी कार्यालय रौतहटमा उद्योगका सञ्चालकरुविरुद्ध ठगी मुदा दर्ता गराएका छन्।

सरकारलाई उखु किसानको जवाफ : भुक्तानी निश्चित नहुँदासम्म सडकमै बस्छौं

उखु उत्पादक किसानले बक्यौता रकम भुक्तानी गर्ने सुनिश्चित नभएसम्म आफूहरू वार्तामा नबस्ने बताएका छन्।

मन्त्रीले विचौलिया भनेपछि उखुको बिलसहित किसान धर्नामा (फोटो फिचर)

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले माइतीघर मण्डलामा आन्दोलन गर्ने किसान नभई बिचौलिया भएको चिनी उद्योगीले बताएको प्रतिक्रिया दिएपछि किसानले चिनीको बिलसहित धर्नामा बसेका छन्।

उखु किसान भन्छन् : सरकारले किसानलाई पैसा दिएर मिल मालिकसँग उठाए हुन्छ

माईतीघरमा आन्दोलनरत उखु किसानले आफ्नो बक्यौता रकम पाउने ग्यारेन्टी गर्न सरकारलाई आग्रह गरेका छन्।

‘हलो/कुटो/कोदालो नचिन्नेहरू माइतीघर पुगेर गोहीको आँशु झार्नु विडम्बनापूर्ण’

चिनी उद्योगीले उखु किनेबापतको रकम नदिएपछि समस्यामा परेका किसान अहिले काठमाडौंमा आन्दोलनरत छन्।

जब चिनीले रुवाउँछ...

गत वर्ष यहीबेला उखु किसान काठमाडौं आएका थिए। उनीहरुको एउटै मात्र माग थियो, 'हाम्रो उखु किन्ने पैसा दिनुपर्यो।' मिलका मालिकले किसानको उखु पेलेर चिनी निकाले, चिनी बेचेर नाफा पनि निकाले।

भारतका किसानको समर्थनमा अमेरिकामा प्रदर्शन गर्दा महात्मा गान्धीको प्रतिमामा क्षति

भारतमा भइरहेको किसानको आन्दोलनको समर्थनमा शनिबार अमेरिकाको वासिङ्टनमा गरिएको प्रदर्शन क्रममा त्यहाँस्थित भारतीय राजदूतावासअगाडि राखिएको महात्मा गान्धीको प्रतिमामा क्षति पुगेकाे छ।

उखुको मूल्य बढाउन किसानको माग

जिल्लाका किसानले अघिल्ला वर्षभन्दा बढाएर उखुको मूल्य कायम गर्न माग गरेका छन्। जिल्लाका उखु किसानका चार सङ्गठनले जिल्ला प्रशासन कार्यालय सर्लाहीमार्फत कृषि तथा पशुपक्षी विकास मन्त्रालयलाई ज्ञापनपत्र बुझाउँदै यस वर्ष उखुको मूल्य प्रतिक्विन्टल ६ सय १७ रुपैयाँ कायम गर्न माग गरेका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्