८ वैशाख २०८१ शनिबार
अन्तर्राष्ट्रिय

भारतका किसानको समर्थनमा अमेरिकामा प्रदर्शन गर्दा महात्मा गान्धीको प्रतिमामा क्षति

भारतमा भइरहेको किसानको आन्दोलनको समर्थनमा शनिबार अमेरिकाको वासिङ्टनमा गरिएको प्रदर्शन क्रममा त्यहाँस्थित भारतीय राजदूतावासअगाडि राखिएको महात्मा गान्धीको प्रतिमामा क्षति पुगेकाे छ। 

हिन्दुस्तान टाइम्समा प्रकाशित खबरअनुसार घटनास्थलमा ‘खालिस्तानको झन्डा’ पनि देखिएको थियो। 

यस किसिमको झन्डा डिसेम्बरको सुरुवातमा लन्डनस्थित भारतीय उच्च आयोगबाहिर गरिएको विरोध प्रदर्शनमा पनि प्रयोग गरिएको थियो।  

दुवै स्थानका प्रदर्शनकारीले दिल्लीमा जारी किसानका पक्षमा नारा लगाएका थिए।  

वासिङ्टनस्थित गान्धीको प्रतिमामा गत जुनमा अमेरिकी प्रहरीबाट मारिएका अश्वेत अमेरिकी नागरिक जर्ज फ्लोयडको समर्थनमा भएको विरोध प्रदर्शनमा पनि क्षति पुगेको थियो।   

प्रकाशित: २८ मंसिर २०७७ ०७:४२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App