coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

महासचिव प्रियंका गान्धीसहित भारतीय कांग्रेस नेतालाई दिल्ली प्रहरीले नियन्त्रणमा लियो

भारतीय कांग्रेस नेतालाई प्रहरीले नियन्त्रणमा लिएर जाँदै। तस्बिर : एएनआई

भारतमा राष्ट्रपतिलाई ज्ञापनपत्र बुझाउन गएका त्यहाँका कांग्रेस नेतालाई दिल्ली प्रहरीले नियन्त्रणमा लिएको छ। जसमा पार्टीका महासचिव प्रियंका गान्धीसमेत छन्।  

कांग्रेस नेतृ गान्धीले मोदी सरकारले आफ्नाविरुद्ध कुनै पनि असहमतिलाई आतंककारी तत्वका रूपमा लिने गरेको उल्लेख गर्दै आफूहरूले गरेको संघर्ष केवल किसानको आवाज भएको बताइन्।  

भारत लोकतान्त्रिक मुलुक भएकाले निर्वाचित सांसदलाई राष्ट्रपति भेट्ने अधिकार हुने र विपक्षी दल हुनुको नाताले किसानको आवाज उठाउनु आफ्नो पार्टीको कर्तव्य भएको जिकिर उनले गरिन्।  

प्रियंका गान्धीले भनिन्, ‘जुन नामले उनीहरू (भारतीय जनता पार्टीका नेता र समर्थक) ले किसानलाई सम्बोधन गरिरहेका छन्, त्यो पाप हो। किसानलाई राष्ट्रविरोधीको संज्ञा दिने सरकार पापी हो।’ 

प्रकाशित: ९ पुस २०७७ ०८:०४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App