१२ मंसिर २०८१ बुधबार
image/svg+xml
राजनीति

जनघनत्व र विकासबीचको सम्बन्ध सुदृढ गर्न रणनीतिक दृष्टिकोण आवश्यक: प्रधानमन्त्री

.

.

प्रधानमन्त्री केपी शर्मा ओलीले जनघनत्व र विकासबीचको सम्बन्धलाई मजबुत बनाउँदै सीमान्तकृत तथा विपन्न समुदायको जीवनस्तर उकास्न सरकारको प्रयास जारी रहेको बताएका छन्।

छैटौँ एसियाली जनसङ्ख्या सम्मेलनको बुधबार भर्चुअल उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले जनसङ्ख्याका मुद्धालाई आर्थिक, सामाजिक र राजनीतिक दृष्टिकोणबाट रणनीतिक रुपमा अघि बढाउनुपर्ने आवश्यकता औंल्याए।

प्रधानमन्त्री ओलीले हालै काठमाडौं मेडिकल कलेज अस्पतालमा जन्मिएका शिशुका आमासँग संवाद गर्दै सम्मेलनको सुरुवात गरेका थिए। उनले समानता र समावेशी नीतिका माध्यमबाट धनी र गरीबबीचको खाडल मेटाउँदै आत्मसम्मानसहितको मानव अधिकार सुनिश्चित गर्न जोड दिए।

उनले दिगो विकास, सुशासन र जलवायु परिवर्तनका चुनौती सामना गर्न विश्वव्यापी सहकार्यलाई प्राथमिकता दिनुपर्ने धारणा व्यक्त गरे। साथै, ‘समृद्ध नेपाल, सुखी नेपाली’ को आकाङ्क्षा पूरा गर्न देखिने खालका उपलब्धि हासिल गर्नेतर्फ सबै पक्ष एकजुट हुनुपर्नेमा उनले जोड दिए।

प्रकाशित: १२ मंसिर २०८१ १५:१८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App