६ आश्विन २०८१ आइतबार
image/svg+xml
राजनीति

उखु किसान भन्छन् : सरकारले किसानलाई पैसा दिएर मिल मालिकसँग उठाए हुन्छ

माईतीघरमा आन्दोलनरत उखु किसानले आफ्नो बक्यौता रकम पाउने ग्यारेन्टी गर्न सरकारलाई आग्रह गरेका छन्।

किसानहरुलालाई उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले बार्ताका लागि प्रस्ताव राखेपछि रकम पाउने ग्यारेन्टी गर्न भनेको उखु किसान संघर्ष समितिका संयोजक सरोज मिश्रले बताए। 'मन्त्रालयबाट सहसिचव ज्यूले फोन गर्नु भएको थियो', उनले भने, 'सरकारले एक पटक रकम दिने भनेर ठगिसकेको छ। अब केको लागि वर्ता गर्नु पैसा दिने ग्यारेन्टी गर्नुपर्छ।'

पैसा कहिले दिने सरकारले त्यसको मिति दिन सक्नुपर्ने मिश्रले बताए। किसानले सरकारलाई एउटा अप्सन दिनएको बताए। 'सरकारले हामीलाई पैसा दियोस्, मिल मालिकसँग उसले उठाओस्', उनले भने, 'यो सर्तामा वार्ता हुन सक्छ र यो नै सरकारका लागि सजिलो बाटो हो।'

विउ तथा मल केन्द्र स्थापना गर्ने सहमति पनि सरकारले कार्यान्वयन नगरेको उनले बताए।

गत वर्ष सरकारसँग भएको वर्तामा २०७६ माघ ७ गते भित्र किसानको बक्यौता उद्योगले दिइसक्ने सहमति भए पनि एक वर्षसम्म त्यो कार्यान्वयन हुन सकेको छैन। गत वर्ष आन्दोलनमा उत्रिएका किसान माग सहमति कार्यान्वयन नभएपछि पुन : काठमाडौं आइपुगेका छन्।  

 

 

प्रकाशित: २९ मंसिर २०७७ ०८:२२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App