coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्तर्राष्ट्रिय

देशमा किसान आन्दोलन चर्किरहेका बेला भारतीय गृहमन्त्रीलाई किसानकै घरमा मेजमानी

मिदनापुरका किसान सनातन सिंहको घरमा खाना खाँदै भारतीय गृहमन्त्री अमित शाहलगायत। तस्बिर : एएनआई

देशमा किसान आन्दोलन चर्किरहेका बेला भारतीय गृहमन्त्री अमित शाहले मिदनापुरका एक किसानकै घरमा मेजमानी पाएका छन्।

भारतीय समाचार संस्था एएनआईले जनाएअनुसार गृहमन्त्री शाह, बंगाल भारतीय जनता पार्टीका अध्यक्ष दीलीप घोष, कैलाश विजयवर्गीसहितको समूहले किसान सनातन सिंहको घरमा खाना खाना खाएको हो।  

नयाँ कृषि कानुन खारेजी माग गर्दै नयाँ दिल्लीआसपास २४ दिनदेखि यो चिसोमा किसानले आन्दोलन गरिरहेका बेला गृहमन्त्री शाहले पश्चिम बंगाल, मिदनापुरका एक किसानको घरमा खाना खाएका हुन्।  

गृहमन्त्री शाहलाई भात, दुई प्रकारका दाल, आलु भाजी, परवल भाजा, खजुरको रसगुल्ला र खीर दिइएको थियो।  

भारतको बंगाल राज्यमा सन् २०२१ मा कुल २९४ सिटका लागि विधान सभा चुनाव हुँदै छ।

प्रकाशित: ४ पुस २०७७ ११:२२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App