४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

भूकम्प प्रभावित क्षेत्रका जापानी नागरिकलाई नेपालीले खाना खुवाउनुका साथै शौचालय प्रदान गरे

एनआरएनए जापानले भूकम्प प्रभावित क्षेत्रका जापानी नागरिकलाई खाना खुवाउनुका साथै शौचालय प्रदान गरेको छ।

महिला सीपलाई व्यावसायिक बनाउन प्रदर्शनी

नेपालगञ्जस्थित बागेश्वरी मन्दिर परिसरमा सञ्चालित लुम्बिनी प्रदेशस्तरीय आठौं प्रदर्शनीको मुख्य मञ्चअगाडि कलात्मक सामग्री लहरै राखिएका छन्।

लगानी सम्मेलनअघि नै लगानीमा बाधा हुने नीति नियम सच्याऔँ: अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले सरकारले आगामी लगानी सम्मेलनअघि नै लगानी गर्न बाधा पर्ने नीति नियममा सुधार गर्न जरुरी रहेको बताएका छन्।

भित्तो जगाउने अभियानकर्मी

पर्खाल र भित्ता, मात्र भित्ता होइनन्, ती त जीवित इतिहास हुन्। ठुलाठुला पर्खाल जति कलात्मक भए, त्यो सभ्यता उति सभ्य र वैभवपूर्ण हुन्छ। जुन समाजका पर्खाल र भित्ताहरू खुला अभिव्यक्तिको माध्यम बन्छन्, त्यो समाज कलासम्पन्न मानिन्छ।

अपांगता भएका व्यक्तिका लागि ‘बोल्ने कला’

इलामका २२ वर्षे आलोक अपांगता भएका व्यक्ति हुन्। ह्विलचेयरमै संघर्ष गरी उनले सदरमुकामको महेन्द्ररत्न बहुमुखी क्याम्पसबाट स्नातक उत्तीर्ण गरे।

शिक्षण विधिमा विद्यार्थीको भविष्य

यसो हुनुमा नेपालमा भएका शैक्षिक संस्थाहरूको शैक्षिक कार्यक्रममा अवलम्बन गरिएको शिक्षण विधिमा आएको फितलोपनलाई प्रमुख कारणका रूपमा लिन सकिन्छ।

राष्ट्रिय विभूति अरनिको स्मृति दिवसमा कलाकार र कला लेखकहरू सम्मानित

राष्ट्रिय विभूति अरनिको स्मृति दिवसका अवसरमा कलाकार र कलालेखकहरू सम्मानित तथा पुरस्कृत भएका छन्।

ट्रंकलाइन तथा डेडिकेटेड विवाद छानवीन समितिमार्फत दीर्घकालीन रुपमा अन्त्य होस्ः महासंघ

निजी क्षेत्रको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघले सरकारले ट्रंकलाइन तथा डेडिकेटेड लाइनको बक्यौताको विषयमा सर्वोच्च अदालतका पूर्व न्यायाधीशको नेतृत्वमा छानबिन समिति गठन गर्ने निर्णयलाई स्वागत गरेको छ।

राज्यको लापरबाहीले खोसियो परिवारको एक्लो सहारा

अस्पतालको स्तरोन्नतिको विवादमा प्रहरीले चलाएको गोली टाउकोमा लागि २७ वर्षीय जयशंकर साहको मृत्युको खबरसँगै साह परिवारमा सन्नाटा छाएको छ। छोरा मारिएपछि परिवारजन सम्हालिन सकेका छैनन्।

डेडिकेटेड र ट्रंकलाइन विवाद चाँडै टुंगिन्छः अर्थमन्त्री

अर्थमन्त्री डा. प्रकाशशरण महतले डेडिकेटेड र ट्रंकलाइन विवाद सरकारले चाँडै टुंग्याउने बताएका छन।

‘बिनायो र मुर्चुङ्गा’को धुनले जगाएको जिजीविषा

काष्ठमण्डपमा बजेको धिमे होस् वा रोदीघरमा धन्केको मादल अनि विवाह मण्डपमा बजेका पञ्चेबाजा हुन्, यी सबैले हाम्रै संवेदना बोलिरहेका हुन्छन्। कोकिल कण्ठ सुन्न हामीले वसन्त नै कुरिरहनुपर्दैन, यिनै लोकबाजाले बाह्रै महिना त्यसको झल्को दिइरहन्छन्।

चीनसँग केही खेलबाट सहकार्य गर्ने चाहना

राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव टंकलाल घिसिङले झेजियाङ खेलकुद ब्युरो, चीनका निर्देशक एवं १९औं एसियाली खेलकुद आयोजक कमिटीका उप–सचिव झेङ याउसँगको भेटमा सुरुआतमा केही निश्चित खेलबाट सहकार्य गर्न चाहेको बताएका छन्।

यु-१९ विश्वकपमा सुखद प्रदर्शनको आशा

नेपाली युवा टोलीले आगामी माघ ५ गतेदेखि दक्षिण अफ्रिकामा हुने आइसिसी यु–१९ विश्वकप खेल्दै छ। यस विश्वकपमा नेपाल समूह ‘डी’ मा छ। उक्त समूहमा अफगानिस्तान, पाकिस्तान र न्युजिल्यान्ड छन्।

मन्त्री निवासलाई खेलाडी आवास बनाउने प्रस्ताव

पुल्चोकस्थित हरिहर भवनमा रहेको मन्त्री निवासलाई खेलाडी आवासका लागि प्रयोग गर्ने गरी प्रस्ताव गरिने भएको छ।नेपाली खेलकुदको कार्यकारी निकाय राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले हरिहर भवनमा रहेको मन्त्री निवासलाई खेलाडी आवासका लागि प्रयोग गर्ने गरी प्रस्ताव गर्ने निर्णय गरेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्