७ जेष्ठ २०८१ सोमबार
image/svg+xml
अर्थ

डेडिकेटेड र ट्रंकलाइन विवाद चाँडै टुंगिन्छः अर्थमन्त्री

अर्थमन्त्री डा. प्रकाशशरण महतले डेडिकेटेड र ट्रंकलाइन विवाद सरकारले चाँडै टुंग्याउने बताएका छन।

काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले उद्योगीहरुको विद्युत लाइन काटेको कुरालाई सरकारले चाँडै टुंगो लगाउने बताएका हुन।उनले विद्युतको लाइन काट्ने कुराले धेरै उद्योग, व्यवसाय प्रभावित भएको गुनासो आइरहेकाले यसको चाँडै समाधान निकाल्ने बताए। 

उनले डेडिकेटेड र ट्रंकलाइन विवादलाई इज्जतको प्रश्न बनाउनु नहुने बताए।उनले डेडिकेटेड र ट्रंकलाइन विवादको विषय थप अन्योल बनाउनु नहुने पनि धारणा राखे।अर्थमन्त्री महतले अर्थतन्त्र बिस्तारै चलायमान भइरहेकाले थप सकारात्मक कुराहरुको आवश्यकता रहेको स्पष्ट पारे।  

प्रकाशित: २१ पुस २०८० ०७:१५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App