२० वैशाख २०८१ बिहीबार
image/svg+xml
कला

२०२४ मा विवाह गर्दै छन् सविन र अनु !

लामो समयदेखि प्रेम सम्बन्धमा रहेका कलाकार सविन श्रेष्ठ र अनु शाह यो वर्ष विवाह गर्दै छन्।

अनुले मिडियासँग कुरा गर्दै आफूहरु सन २०२४ मा विवाह गर्ने बताएकी छिन्। लामो समयदेखि प्रेम सम्बन्धमा रहेको र यो वर्ष विवाह गर्ने योजना रहेको उनले बताएकी छिन्। विवाह कहिले गर्ने भन्ने मिति भने तय नभएको उनले बताएकी छिन्।

उनले भनेक छिन, ‘हुन त विवाह जहिले जुर्छ, त्यहीले गर्ने हो। तर हाम्रो हकमा चाहिं धेरै ढिला भएको महसुस भएको छ। यहि वर्षमा नै हामी विवाह गर्ने तयारीमा छौं।,’

सविन श्रेष्ठ र अनु शाह लामो समयदेखि प्रेम सम्बन्धमा रहेका छन्। उनीहरुले खुलेर नै प्रेम अभिव्यक्त गर्दै आएका छन्। उनीहरु धेरैजसो भ्लगमा संगै देखिने गर्दछन्। 

प्रकाशित: १९ पुस २०८० ०९:१६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App