१४ फाल्गुन २०८२ बिहीबार
image/svg+xml
समाज

अँधेरीको दुर्घटनामा दुई जनाको मृत्यु

दुर्घटनामा परेको गाडी<br>

मदन भण्डारी लोकमार्गको अँधेरीमा भएको दुर्घटनामा दुई जनाको मृत्यु भएको छ ।  

दिउँसो साढे तीन बजेको समयमा कटारीबाट गाईघाटतर्फ आउँदै गरेको बागमती प्रदेश ०६–०१ ख ०५०५ नं.को ट्रक अनियन्त्रित भई सडकबाट ५० मिटर तल अँधेरी खोलामा दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनामा गम्भीर घाईते भएका चालक र सहचालकको उपचार गर्न लैजाने क्रममा बाटैमा निधन भएको हो ।  

अस्पतालले पाँच बजे दुवैलाई मृत घोषणा गरेको थियो । जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार मृतक चालक र सहचालक दुवैको साँझसम्म सनाखत हुन सकेको छैन । उनीहरुको साथमा परिचय खुल्ने कुनै प्रमाण नभएको तथा गाडीमा अन्य यात्रु पनि नभएकाले सनाखत हुन नसकेको जिल्ला प्रहरी प्रवक्ता डिएसपी केदारमान दोङले बताए ।  

अन्दाजी ४७ वर्षका चालक सर्लाहीको तथा अन्दाजी ४२ वर्षीय सहचालकको ठेगाना सिन्धुली भएको खुले पनि उनीहरु नै हो भन्ने यकिन नभईसकेको उनले बताए । 

प्रकाशित: ४ माघ २०८२ २०:०८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App