देशका विभिन्न भागबाट लागू पदार्थसहित नौ जना पक्राउ गरेका छन्। केन्द्रीय प्रहरी समाचार कक्षकाअनुसार इलाम, झापा, सुनसरी, नवलपरासीपूर्व र कैलालीबाट उनीहरु बुधबार पक्राउ परेका हुन्।
अभियुक्तहरुबाट खैरो हेराइन, गाँजा, चिकित्सकको सिफारिसमा मात्र पाइने औषधिसहित उनीहरु पक्राउ परेका हुन् । सम्बन्धित जिल्ला प्रहरी कार्यालयले नियमित रूपमा सञ्चालन गरेको गस्तीका क्रममा शङ्का लागेर जाँच गर्दा उनीहरुबाट प्रतिबन्धित पदार्थ बरामद भएका हुन्।
प्रकाशित: १४ फाल्गुन २०८२ १३:१८ बिहीबार





