१२ मंसिर २०८१ बुधबार
image/svg+xml

विपन्न,असहाय, बेवारिसे बिरामीकाे निशुल्क उपचार नगर्ने निजी अस्पताललाई कारबाही गर्ने : बालेन

कुल शय्याको दश प्रतिशत शय्या विपन्न, असहाय, बेवारिसे बिरामीका लागि छुट्याइ निशुल्क उपचार नगर्ने निजी अस्पताललाई काठमाडौ महानगर पालिकाले कारबाही गर्ने भएको छ।

उपचारमा चौधरी आँखा अस्पतालको अग्रसरता

सगरमाथा चौधरी आँखा अस्पताल लहानले मधेस प्रदेशमा कार्यरत सशस्त्र प्रहरी परिवारलाई उपचारमा छुट दिने भएको छ।

नीति तथा कार्यक्रमले जनतालाई सम्बोधन गरेको छ: मन्त्री ज्वाला

भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले सरकारको नीति तथा कार्यक्रममा जनतालाई सम्बोधन गर्ने किसिमका कार्यक्रमहरु समावेश रहेको बताएका छन्।

आफैंलाई आगो लगाएकी महिलाको उपचारका क्रममा मृत्यु

काठमाडौंको चन्द्रागिरि नगरपालिका-९ स्थित मच्छेगाउँमा आफैंलाई आगो लगाएर गम्भीर घाइते भएकी ३६ वर्षीय शान्ति श्रेष्ठको उपचारका क्रममा आज बिहान मृत्यु भएको छ।

‘अस्पतालहरूले उपकरण हुँदाहुँदै खरिद गरेको पाइयो’

स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले अस्पतालहरूमा प्रयोग नभएका र आवश्यकताभन्दा बढी भएका उपकरण तथा स्वास्थ्य सामग्री संकलन गर्ने र बिग्रिएका भए मर्मत गरी अन्य अस्पताल पठाउने तयारी भएको बताए।

अस्पताल निर्माण गर्न हिमालयन बैंकको आर्थिक सहयोग

हिमालयन बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत हेपाली हाइट बुढानीलकण्ठस्थित काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थलाई बाल अस्पताल निर्माण गर्नका लागि बीस लाख रूपैयाँ आर्थिक सहयोग गरेको छ।

२ सय ४० जनालाई उद्यमशिलता तालिम दिँदै पोखरा महानगर

पोखरा महानगरपालिकाले २ सय ४० जनालाई विभिन्न सीप तथा व्यवसायिक उद्यमशिलता तालिम प्रदान गर्ने भएको छ। महानगरपालिकाको आर्थिक विकास महाशाखा अन्तरगतको व्यावसाय प्रवद्र्धन केन्द्र (बिपिसी) को आयोजनामा विभिन्न १० क्षेत्रका २ सय ४० जनालाई सीप तथा व्यवसायिक उद्यमशिलता तालिम प्रदान गर्न लागिएको हो।

अवैधरूपले सञ्चालित म्यानपावरमा तालाबन्दी

वैदेशिक रोजगार विभागले सुनसरीको इटहरीमा सञ्चालित म्यानपावर कम्पनीहरूमा अनुगमन गरेको छ। विभागका निर्देशक कृष्णप्रसाद भुसालको नेतृत्वमा विराटनगरको श्रम तथा रोजगार कार्यालयका केही पदाधिकारीसहितको टोलीले विभिन्न म्यानपावर कम्पनीको शाखा कार्यालयमा छापा मारेर केही कम्पनीमा तालाबन्दी गरेको छ।

मधेसमा दर्ताबिनाका अस्पतालले जनताको ज्यान जोखिममा

विद्याका श्रीमान् दिलीपका अनुसार विद्यालाई ३१ पोका रगत चढाउँदा पनि स्वास्थ्य अवस्थामा सुधार आएन, झन् बिग्रिँदै गयो। चिकित्सकले पाठेघर फाटेकाले रक्तस्राव भएको र त्यसलाई रोक्न पाठेघर नै काटेर हटाइदिएको दिलीपलाई बताएका थिए।

उपभोक्तालाई जस्ता वितरण

त्रियुगा नगरपालिका १६ को सरस्वती सामुदायिक वन उपभोक्ता समूह बेलदोभानले सेवा क्षेत्र भित्रका गरिब तथा बिपन्न उपभोक्तालाई घरको छाना छाउने जस्तापाता वितरण गरेको छ।

पूर्वमन्त्री र सचिव नै मानव तस्करीमा!

नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने गिरोहमा ‘हाइप्रोफाइल’ का नेताहरूको संलग्नता देखिएपछि अनुसन्धानमा राजनीतिक नेतृत्वबाट हस्तक्षेप हुने आशंका छ।

पर्यटकीय गन्तव्य बन्दै ‘बराह ताल’

गाडी र पैदल सहजै पुग्न सकिने हुँदा बराह तालप्रति आन्तरिक पर्यटक आकर्षित हुने गरेका छन्। ताललाई थप व्यवस्थित गरेपछि यसको सुन्दरता बढेको पाइन्छ।

नारायणी अस्पतालको आईसीयु अझै बन्द

वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले गएको आइतबार देखी संचालन गर्न भनिएको २३ बेडको आईसीयु अझै बन्द अवस्थामा छ।

मनहरी अस्पतालमा ८ बजेबाटै ओपिडी सेवा

सर्वसाधारणको सहजताको लागि मकवानपुरको मनहरी अस्पतालमा विहान ८ बजेबाटै ओपिडी सेवा सञ्चालन हुँदै आएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्