७ जेष्ठ २०८१ सोमबार
image/svg+xml
स्वास्थ्य

नारायणी अस्पतालको आईसीयु अझै बन्द

नारायणी अस्पतालको बन्द आईसीयु आइतबारदेखी सञ्चालमा आउने भनिए पनि आउन सकेन।

वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले गएको आइतबार देखी संचालन गर्न भनिएको २३ बेडको आईसीयु अझै बन्द अवस्थामा छ। संचालन गर्ने मिति भन्दा ५ दिन बिति सक्दा पनि २३ बेडको बन्द आईसीयु वार्ड अझै संचालनमा आउन सकेको छैन।

अस्पतालले अहिले ८ बेडको आईसियु बाट सेवाग्राहिलाइ सेवा दिइरहेको छ। यस अस्पतालमा सेवा लिनका लागी पर्साको ग्रामिण भेग देखी बारा, रौतहट लगायतबाट बिरामीहरु आउने गर्छन। तर अस्पतालमा आईसियु बेडको अभावले गर्दा बिरामीहरु अहिले निजि अस्पतालमा चर्को शुल्क तिर्न बाध्य छन्। 

यता, मेयर राजेशमान सिंहले यहि बैशाख २० गते बुधबार अस्पतालको अनुगमन गर्दै बन्द अवस्थामा रहेको आईसीयु वार्ड आउँदो बैशाख २४ गते देखी पूर्ण क्षमताका साथ सञ्चालनमा ल्याउनेका भनेका थिए। मेयर सिंहले सामाजिक संजाल मार्फत पनि बन्द आईसीयु वार्ड संचालन गर्ने जानकारी गराएपछि वीरगन्जवासी हर्षित भएका थिए।

तर बिहिबार नारायणी अस्पतालको बन्द आईसीयु वार्डमा पुग्दा ताल्चा लागेको भेटियो। वार्डको बरन्डामा बिरामीका कुरुवाहरु खाना खाएर बसेका थिए। मेडिकल सुपरिटेन्डेन्ट डा.चित्तरन्जन साहले विगत २÷३ वर्ष देखी बन्द रहेको आईसीयुलाई टेक्निकल जाँच बिना संचालनमा ल्याउन कठिनाइ रहेको बताए। उनले भने,'अहिले भेन्टिलेटर जडान गर्ने काम भइरहेको छ, टेक्निकल कामहरु सकिने बित्तकै हामी संचालनमा ल्याउछौ।'

उनले कक्षलाइ सञ्चालनमा ल्याउन पहिले जनशक्ति जुटाउन आवश्यक रहेको बताए। अस्पतालको आर्थीक अवस्था कमजोर भएकाले थप स्टाफ राख्न नसकिएने अवस्था रहेको उनले बताए। यसका लागी महानगरमा पहल गरिएको उनको भनाइ छ। महानगर र अस्पताल व्यवस्थापन समितिको बैठक बसी यस बारे चाडै टुङ्गो लगाउने उनले बताए।  

हाल बन्द अवस्थामा रहेको आईसियुका बेडहरु संचालनमा आए बिरामी अन्त रेफर गर्ने समस्या समाधान हुने मेसु साहको भनाइ छ। नारायणी अस्पतालमा आईसियु को सेवा अन्य निजि अस्पताल भन्दा आधि भन्दा सस्तो पर्छ। निजि अस्पतालमा ४ हजार देखी ५ हजार सम्म लाग्ने शुल्क नारायणी अस्पतालमा १५ सय सम्म लाग्ने गरेको उनले बताए। 'बन्द आईसियु संचालन भएदेखी अस्पतालको आम्दानीको श्रोत पनि बढ्छ, अचानक आउने इमरजेन्सिका बिरामीलाइ सहजै सेवा दिन सकिन्छ।' 

अस्पतालले पहिले निमाण गरेको ८ शैया र कोभिडको समयमा निर्माण गरिएको १५ सैया गरि पुर्ण २३ बेडको एचडियु र आईसीयु बेड संचालनमा ल्याउन बाकि रहेको अस्पतालका प्रवक्ता तथा सुचना अधिकारी डा. उदयनारायण सिंहले बताए। 'दिनहुँ अस्पतालमा २० देखी २५ जना गरिब असहाय बिरामीहरु निजि अस्पतालमा जान बाध्यछन्,‘ उनले भने, ‘यस्तो अवस्थामा २३ बेडको आईसीयु संचालनमा आए बिरामीहरु निजि अस्पतालको चर्को शुल्कबाट बच्न सक्छन।'

अस्पताल बिकाश समितिका सदस्य रमेश प्रसाद चौधरीका अनुसार थप स्टाफ राख्नु पर्ने भएकाले अहिले समस्या भएको बताए। यसका लागी महानगरका मेयर, प्रशासकिय अधिकृत तथा समितिकाका सदस्यहरुको साथमा शुक्रबार बैठक राखीएको उनले बताए। यस बिषयमा मेयर राजेश मान सिंहसंग कुरा गर्न खोज्दा सम्पर्क हुन सकेन।  

प्रकाशित: २८ वैशाख २०८० ११:४१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App