४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
समाज

आफैंलाई आगो लगाएकी महिलाको उपचारका क्रममा मृत्यु

फाइल तस्वीर

काठमाडौंको चन्द्रागिरि नगरपालिका-९ स्थित मच्छेगाउँमा आफैंलाई आगो लगाएर गम्भीर घाइते भएकी ३६ वर्षीय शान्ति श्रेष्ठको उपचारका क्रममा आज बिहान मृत्यु भएको छ।

रामेछापको मन्थली नगरपालिका-६ भलुवाजोर घर भएकी श्रेष्ठले शुक्रबार अपराह्न ३ बजे आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाएको प्रहरीले जनाएको छ। आगोले जलेर गम्भीर घाइते भएकी श्रेष्ठको आज बिहान कीर्तिपुरस्थित बर्न अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंका सूचना अधिकारी तथा प्रहरी उपरीक्षक सीताराम रिजालले बताए।

श्रेष्ठ चन्द्रागिरि-९ मा श्रीमानसँगै डेरामा बस्दै आएको प्रहरीले जनाएको छ। घटनाका विषयमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: ६ जेष्ठ २०८० ०६:५९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App