४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
राजनीति

अखिल क्रान्तिकारीको २३ औं सम्मेलन असोज १० गते

अखिल क्रान्तिकारीको २३औं राष्ट्रिय सम्मेलन असोज १० गते काठमाडौंको प्रदर्शनी मार्गस्थित बाल्मिकी क्याम्पसमा हुने भएको छ। सम्मेलन पार्टीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले उद्घाटन गर्नेछन्।

उपाध्यक्ष एवं प्रवक्ता जीपी मैनालीले सम्मेलनलाई विद्यार्थी आन्दोलनको महोत्सवको रूपमा लिँदै भव्य उत्साहका साथ सफल बनाउन संगठनका सम्पूर्ण कमिटी र विद्यार्थीहरूलाई अपिल गरेका छन्।

सम्मेलनको कार्यतालिकाअनुसार असोज १० गते बिहान ११ बजे उद्घाटन समारोह हुनेछ। त्यसपछि, असोज ११ मा विधान प्रतिवेदन प्रस्तुत गरिनेछ भने असोज १२ मा निर्वाचन हुनेछ। अन्त्यमा, असोज १३ गते पत्रकार सम्मेलनको आयोजना गरिने छ।

प्रकाशित: ३ आश्विन २०८१ २०:४१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App