४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
समाज

संविधान दिवसको कन्सर्टमा प्रधानमन्त्री, भने ‘इन्जेय गर्नुस्’

संविधान दिवस तथा राष्ट्रिय दिवस, २०८१ का अवसरमा काठमाडौंको दरबारर्गस्थित सडकमा आयोजित ‘नेसनल डे कन्सर्ट’ मा प्रधानमन्त्री केपी शर्मा ओली सहभागी भएका छन्।

नागरिकस्तरबाट आयोजित विशाल कन्सर्टमा कलाकार र सहभागीलाई उत्साहित तुल्याउन प्रधानमन्त्री ओली कार्यक्रमस्थलमा पुगेका हुन्। हातमा राष्ट्रिय झण्डा बोकेर फहराउँदै कन्सर्टको स्टेजजमा प्रधानमन्त्री ओली पुग्दा सहभागीहरुले तालीको गडगडाहटबाट स्वागत गरेका थिए।

सुमधुर साँझमा कलाकारहरुको प्रस्तुतीका बीच प्रधानमन्त्री ओलीले संक्षिप्त शुभकामना दिँदै ‘हामी यस भव्य कन्सर्टको आनन्द लिइरहेका छौं। अत्यन्त उल्लासका साथ कार्यक्रम भइरहेको छ। दिवसलाई भव्य ढङ्गले मनाउन आग्रह गर्छु। इन्जेय गर्नुस्। धेरै धेरै धन्यवाद।’’ भनेका थिए। उक्त कन्सर्ट आज दिउँसो ४ बजेदेखि सञ्चालित छ।

प्रकाशित: ३ आश्विन २०८१ १९:३९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App