१८ वैशाख २०८१ मंगलबार
image/svg+xml
अर्थ

अस्पताल निर्माण गर्न हिमालयन बैंकको आर्थिक सहयोग

हिमालयन बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत हेपाली हाइट बुढानीलकण्ठस्थित काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थलाई बाल अस्पताल निर्माण गर्नका लागि बीस लाख रूपैयाँ आर्थिक सहयोग गरेको छ।

सन् २०१७ मा स्थापना भएको काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थ, एक गैरनाफामूलक संस्थाका रूपमा सबै बालबच्चाहरूका लागि सुलभ मूल्यमा सहज ढंगले उच्च गुणस्तरको बाल स्वास्थ्य सेवा प्रदान गर्ने लक्ष्यका साथ अग्रसर रहेको छ। सो संस्थाले दमकमा पनि बाल अस्पताल सञ्चालनमा ल्याइ सेवा प्रदान गर्दै आएको जनाएको छ।

उक्त संस्थाको सत्कर्मलाई आत्मसात गर्दै बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत आर्थिक सहयोग प्रदान गरेको जनाएको छ।

बैंकका तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शमशेर राणाले उक्त संस्थाका अध्यक्ष प्रो.डा. भगवान कोइरालालाई उक्त रकम हस्तान्तरण गरेका छन्।

प्रकाशित: ५ जेष्ठ २०८० ०३:४५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App