१३ आश्विन २०८१ आइतबार
image/svg+xml

सामाजिक सद्भाव कायम राख्न हर्क साम्पाङको आह्वान

धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङले सामाजिक सद्भाव कायम राख्न धरान नगरवासीहरूमा अपील गरेका छन्।

वराहक्षेत्र मन्दिर व्यवस्थित गर्न नगरपालिकाले योजना बनाउँदै

प्रख्यात तीर्थस्थल वराहक्षेत्रको विकासमा नगरपालिकाले योजना बनाउने भएको छ। वराहक्षेत्र मन्दिर नगरको सबैभन्दा विकट क्षेत्र १ नं. वडामा पर्छ ।यसको सरसफाई, भौतिक संरचनाको काम, थप विकास र अन्य सरोकारवाला निकायसँग सहकार्य एवम् समन्वय गरेर पर्यटकलाई थप आकर्षण गर्न नगरपालिकाले योजना बनाएर अघि बढ्ने वराहक्षेत्र नगरपालिकाका नगरप्रमुख रमेश कार्कीले बताए।

धरानका ल्याबहरू साउन ३२ सम्म दर्ता र नवीकरण गर्ने सहमति

धरानमा सञ्चालनमा रहेका ल्याबहरूले साउन मसान्तसम्म दर्ता र नवीकरण गर्नुपर्ने भएको छ।अनुगमनको क्रममा दर्ता पोलिक्लिनक तथा ल्याबहरू नवीकरण र दर्ता विना सञ्चालनमा रहेको खुलेको थियो।

सुनसरी उद्योग वाणिज्य संघमा पनि निःशुल्क डेंगु उपचार शुरु

अस्पताल तथा निजी क्लिनिकहरूमा डेंगुका बिरामीहरूको चाप थेग्न गाह्रो भएपछि सुनसरी उद्योग वाणिज्य संघ धरानले पनि निःशुल्क डेंगु उपचार सेवा शुरु गरेको छ।

धरानको पिउने पानीमा दिसामा पाइने ‘कोलिफर्म’ भएको पुष्टि

धरान खानेपानी व्यवस्थापन बोर्डमार्फत नगरवासीहरूको लागि वितरण भइरहेको पिउने पानीमा दिसाजन्य ब्याक्टेरिया कोलिफर्म मिसिएको पाइएको छ।

धरानमा डेंगुका बिरामीहरूलाई निःशुल्क उपचार

डेंगु महामारी आक्रान्त धरानमा बिरामीहरूको लागि उपमहानगरपालिकाले निःशुल्क उपचार केन्द्र सुरु गरेको छ।

धरानमा अवैध रुपमा पोलिक्लिनिक र ल्याब सञ्चालन

पछिल्लो समय भने धरानमा डेंगुको प्रकोप फैलिदा ल्याबहरुले चर्को मूल्य लिएर डेंगु ज्वरो परीक्षण गरिरहेको गुनासो बढेपछि उपमहानगरपालिकाले मेडिकल तथा ल्याबहरूको अनुगमन सुरु गरेको हो।

डेंगु नियन्त्रणमा सहयोग गर्न स्वास्थ्यकर्मीलाई मेयर साम्पाङको आग्रह

धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले स्वास्थ्यकर्मीहरुलाई सहयोग गर्न आग्रह गरेका छन्।

धरानमा डेंगु नियन्त्रण बाहिर, ८ जनाको मृत्यु

करिब दुई महिनादेखि फैलिएको डेंगुको प्रकोप धरानमा अझै नियन्त्रणमा आउन सकेको छैन। गएको जेठ तेस्रो साता यता डेंगु संक्रमित ८ जनाको मृत्यु भइसकेको छ।

धरानमा दोहोरिन सक्छ काठमाडौंमा देखिएको ‘जटिल डेंगी’

संक्रामक रोग विशेषज्ञ डा.शेर बहादुर पुन यस वर्ष धरानमा देखिएको डेंगु संक्रमण गत वर्ष काठमाडौं उपत्यकामा देखिएको जटिल डेंगीसंग मिल्न सक्ने बताउँछन्।

धरान-इटहरी सीमा विवाद समाधान गर्न समिति गठनको गृहकार्य

सीमा विवाद पुनः चर्किएपछि समाधानका लागि गृहकार्य थालिएको समन्वय समितिका सभापति राजन मेहताले बताए। अन्तरिक रूपमा गृहकार्य गरिरहेको र बुधबार बस्ने बैठकले एक समिति गठन गर्ने जानकरी उनले दिए ।

धरान र इटहरीको सीमा विवाद फेरि बल्झियो

धरान उपमहानगरपालिकाले सोमबार इटहरीको क्षेत्राधिकार भित्र बोर्ड राखेको भन्दै इटहरीको नगर प्रहरी टोलीले हटाइ दिएको छ।

धरानमा डेंगुको प्रकोप: वीपी प्रतिष्ठान जाँदैनन् बिरामी

डेंगुको प्रकोप बढ्दै गएपछि धरान उपमहानगरपालिकाले ईपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखालाई परीक्षण किट उपलब्ध गराउन पत्राचार गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्