२७ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

सामाजिक सद्भाव कायम राख्न हर्क साम्पाङको आह्वान

फाइल तस्बिर

धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङले सामाजिक सद्भाव कायम राख्न धरान नगरवासीहरूमा अपील गरेका छन्।

शुक्रबार अपिल जारी गर्दै साम्पाङले सामाजिक सद्भाव कायम राख्न धरान नगरवासीहरूमा अपील गरेका हुन्।

उनले धरानमा केही दिनदेखि धार्मिक तथा सामाजिक विवादले यस क्षेत्रलाई अति संवेदनशील बनाइरहेको पनि बताएका छन्।

अपिल पत्रमा लेखिएको छ, ‘हाल देखिएको अशान्तिमय वातावरणमा सबैले संयमित र संवेदनशील भएर सबै पक्ष, समुदाय र हरेक नागरिकका भावना प्रतिविम्बित हुने गरी आपसी सद्भाव, भाइचारा र एकता कायमका लागि सम्पूर्ण धरान नगरवासीहरूमा हार्दिक अपिल गर्दछु।,’ 

प्रकाशित: ८ भाद्र २०८० ०९:०३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App