२२ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

धरानको बजेट १ अर्ब ७१ करोड

धरान उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०८०/८१ को लागि १ अर्ब ७१ करोड बजेट ल्याएको छ।

आइतबार सुरु भएको नगर सभामा उपप्रमुख अइन्द्रबिक्रम बेघाले कुल १ अर्ब ७१ करोड बराबरको बजेट पेश गरेका हुन्।

दिउँसो १ बजे नगर सभा भनिए पनि कार्यपालिका बैठकबाट नीति तथा कार्यक्रम र बजेटबारे सहमति जुट्न ढिलाई हुँदा साँझ ५ बजेतिर मात्र नगर सभा सुरु भएको थियो।

उक्त बजेटले पहिलो प्राथमिकतामा खानेपानीलाई राखेको छ भने दोस्रोमा पूर्वाधार विकास, तेस्रोमा पर्यटन, चौथोमा कृषि, पाँचौंमा शिक्षा, स्वास्थ्य तथा सामाजिक विकास र छैटौँ प्राथमिकतामा विपद् व्यवस्थापनलाई राखेको छ।

वडागत बजेटतर्फ २० वटै वडाको प्रशासनिक, कार्यक्रम तथा पुँजीगत तर्फ आन्तरिक स्रोतबाट कुल २१ करोड विनियोजन गरिएको छ भने शहरी योजना तथा भौतिक पूर्वाधार विकासतर्फ सशर्त अनुदानतर्फ ७ करोड ४ लाखसमेत कुल ४३ करोड ५१ लाख १५ हजार विनियोजन गरिएको छ। शिक्षा, युवा तथा खेलकुदतर्फ कुल ४७ करोड १३ लाख विनियोजन गरिएको छ। त्यसमध्ये सशर्त अनुदान ४५ करोड ७३ लाख रहेको छ।

यस्तै, स्वास्थ्यतर्फ ४ करोड ९ लाख, सामाजिक विकासतर्फ २ करोड ८६ लाख, आर्थिक विकासतर्फ कुल ३ करोड ४८ लाख ५० हजार बजेट विनियोजन गरिएको छ भने वन वातावरण ऊर्जा तथा विपद् व्यवस्थापनतर्फ १ करोड २५ लाख बजेट रहेको छ।

पर्यटनतर्फ मात्र १० लाख विनियोजन गरिएको बजेटमा सूचना तथा सञ्चारतर्फ २५ लाख ५० हजार, साहित्य कला र संस्कृतितर्फ ५ लाख, अव्यवस्थित बसोबास तथा सुकुम्वासी व्यवस्थापन कार्यको लागि आन्तरिक स्रोतबाट २३ लाख बजेट विनियोजन गरिएको छ।

यसैगरि, नगर क्षेत्रभित्रका सार्वजनिक जग्गा र जलाधार संरक्षण र उपयोगको लागि ४५ लाख रहेको छ भने प्रमुख कोषमा १ करोड ७५ लाख, उपप्रमुख कोषमा ७५ लाख विनियोजन गरिएको छ। यस्तै, आकस्मिक कोषमा ५ लाख, विपद् व्यवस्थापन कोषमा २० लाख, कार्यालय सञ्चालन तथा प्रशासनिक लगायत अन्य खर्चमा ४१ करोड ८४ लाख ५० हजारसमेत विनियोजन गरिएको छ।

खर्च व्यहोर्ने स्रोतमध्ये आन्तरिक राजश्वबाट ४२ करोड ७२ लाख ६ हजार, संघीय सरकार अनुदानबाट ९० करोड २ लाख, प्रदेश सरकार अनुदानबाट ४ करोड १ लाख ९२ हजार, संघीय राजश्व बाँडफाँडबाट २० करोड १३ लाख १२ हजार, प्रदेश राजश्व बाँडफाँडबाट १४ करोड १० लाख ९० हजार प्राप्त हुने अनुमान गरिएको छ।

प्रकाशित: १० असार २०८० १६:३५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App